20161111

प्रचण्डलाई देशकै प्रमुख कार्यकारी पदमा पुर्‍याउन लडेका पूर्वजनमुक्ति सेना अहिले बालबच्चा बोकेर सडक आन्दोलनमा उत्रिए !

प्रचण्डका आफ्नै लडाकुले यसरी दिएछन प्रचन्डलाई आत्मघाती हत्या गर्ने धम्की !

पूर्वलडाकू भन्छन्- हाम्रो विजोग भो ! 


काठमाडौं । जनमुक्ति सेनाका तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड यतिबेला प्रधानमन्त्री छन् । प्रचण्डलाई देशकै प्रमुख कार्यकारी पदमा पुर्‍याउन लडेका पूर्वजनमुक्ति सेना चाँहि अहिले बालबच्चा बोकेर सडक आन्दोलनमा उत्रिएका छन् । पार्टी र सरकारले आफूहरुलाई बेवास्ता गरेको भन्दै सोमबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा कब्जा गरेका उनीहरु विहीबार बानेश्वरको सडकमा देखिए । दूधे बच्चासहित
एभरेष्ट होटल अगाडि धर्नामा बसेकाहरु पूर्व लडाकूहरुले मुखमा र टाउकामा कालोपट्टी बाँधेका थिए । उनीहरुले आफ्ना बालबच्चालाई पनि कालोपट्टी बाँधिदिएका थिए ।
disqualified-maiost-combatant-1
disqualified-maiost-combatant-8
विभिन्न सातबुँदे माग राख्दै सोमबार रातभर माओवादी कार्यालय कब्जा गरेर बसेकाहरुलाई मंगलबार बिहानै प्रहरीले बल प्रयोग गरी हटाएको थियो । केहीलाई पक्राऊ समेत गरिएको थियो ।
आफूहरुको वाक स्वतन्त्रतामा रोक लगाइएकाले सांकेतिक विरोधस्वरुप मुखमा कालोपट्टी बाँधेर धर्नामा बसेको बहिर्गमित जनमुक्ति सेनाका लेनिन विष्टले बताए ।
disqualified-maiost-combatant-7
‘अयोग्य’को पदावली फिर्ता गरी गणतन्त्रका योद्दा घोषणा गर्न,  बहिर्गमनमा परेकाहरूलाई जनसेनाको सरह ब्यवहार गर्न, सरकार, तत्कालिन माओवादी नेतृत्व र सरोकारवाला पक्षले बाल सैन्य भर्तिबाट भएको अधिकारको उलंघनको जिम्मेवारी लिनुपर्ने, युद्धमा बाल अधिकारको उलंघन गर्ने राज्य र विद्रोही पक्षलार्इ घरेलु तथा अन्तराष्ट्रिय सिद्धान्तका आधारमा न्याय स्थापना गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
disqualified-maiost-combatant-3
यसैगरी बाल सैन्यहरुका लागि शिक्षा पाउने बिशेष अधिकार खोसिएकोले नेपाल सरकारले ब्यवहारिक चासो सम्बोधन हुने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक र आर्थिक कार्यकम बनाएर लागु गर्नुपर्ने, पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिनासर्त रिहा गर्नुपर्ने र घाइते, मानसिक रुपमा बिरामी र आघातमा परेकाहरु र अशक्त्तहरुलाई सरकारले तत्काल औषधि उपचार, मनोबैज्ञानिक परामर्श तथा बिशेष सहयोग कार्यक्रम लागू गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् - अनलाइन खबरका कबिन अधिकारी लेख्छन   ।








- onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक