20161114

यसरी सम्पन्न भयो कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ !


- नातिबाबु भट्टबाट 
कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ शनिवार सम्पन्न भयो । नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटि नेपाल डटकमको संयुक्त आयोजनामा कोलोराडो स्थित बु्रमफिल नगरमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त सिने कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मिनेन्द्र  रिजालको प्रमुख
आतिथ्यतामा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममा फिल्म अवार्ड, पर्बतारोहीहरुलाई सम्मान तथा अभियान अर्वाड समेत वितरण गरिएको थियो ।  उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमा ग्राफर, उत्कृष्ट नायक, नायिका लगायत विभिन्न विधामा फिल्म अवार्डहरु वितरण गरी सिनेकर्मिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मिनिन्द्र रिजाल, स्थानीय बु्रफिल काउन्ट्रि मेयर रेन्डी एरेन्स लगायत विभिन्न अतिथि तथा प्रायोजकहरुबाट वितरण गरिएको अवार्डब्ँँट सम्मानित हुनेहरुमा बसुन्धरा भुषाल, गिहिन्द्र धिमाल, वसन्त श्रेष्ठ, शिव श्रेष्ठ, भुवन केसी, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, दिबांगत नायक श्रीकृष्ण श्रेष्ठ, आर पी पन्थ, पुरुषोत्तम प्रधान, सञ्जय लामा राजबल्लब कोइराला, नन्दिता केसी, शिबहरि पौड्याल लगायतका विभिन्न विधाका सिनेकर्मिहरु रहेका छन् । दिबांगत नायक श्रीकृष्ण श्रेष्ठको सम्मान ग्रहण पछि स्टेचमा बोल्दैगर्दा उनकी जीवन सङ्गिनी तथा नायिका श्वोता खड्का भक्कान्निए पछि केही समय हल स्तब्ध बनेको थियो । 1 त्यसै गरी सोही कार्यक्रममा विश्वको सर्बौच्च शिखर सगरमाथा १६ पटक सम्म चढ्ने दानुरु शेर्पा, १६ वर्षको सानै उमेरमा सगरमाथा चढेर गिनीज बुकमा नाम लेखाउन सफल तथा बाबु छोरी दुवै सगरमाथा चढेर किर्तिमान समेत राख्न सफल ङिमा छम्जी शेर्पा, ९ पटक सगरमाथा चढ्ने पासाङ्ग तेन्जिङ शेर्पा, ७ पटक सगरमाथा चढ्ने डिमाकर्म शेर्पा, ६ पटक सगरमाथा चढ्ने मिङ्मा ओङ्गेल शेर्पा, , सगरमाथा र केटु हिमालको सफल आरोहण गर्ने दावा याङजुम शेर्पालाई कार्यक्रमका प्रमुख अतिथि लगायत विभिन्न ब्यत्तित्वहरुबाट खादा पहि¥याई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । यसै गरी कार्यक्रममा देश बाहिर बसेर पनि सिनेमा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्धेश्यले कृष्ण मल्लबाट सुरु गरिएको अभियान अवार्ड पनि वितरण गरिएको थियो । यसरी अभियान अवार्डबाट सम्मानहरुमा लाक्पा शेर्पा, रोहीणी कुमार शर्मा, बिलोल पोख्रेल रहेका छन् । कार्यक्रममा बसुन्धरा भुषाल, शिव श्रेष्ठ, भुबन केसी, शम्भुजित बास्कोटा, सुनिल थापा, नन्दिता केसी, नारायण त्रीपाठी, शिबहरी पोड्याल, महादेब त्रीपाठी लगायतका कलाकारहरूले नाच,गान तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा फेशन सो, राष्ट्रभक्तिका गीत र कार्यक्रमा उपस्थित अतीथीहरुबाट संयुक्त रूपमा स्मारीकाको बिमोचन समेत गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा सम्पन्न स्वागत मन्तव्य कार्यक्रममा आºनो धारण राख्दै अथितीहरुले यस अवार्ड आयोजनाको महत्वबारे प्रकाश पार्दै आयोजकलाई धन्यवाद दिएका थिए । यसरी मन्यब्य राख्ने प्रमुख अतिथि, विशेष अतिथि तथा आयोजकहरुमा प्रमुख अतिथि मिनेन्द्र  रिजाल, बु्रफिल काउन्ट्रि मेयर रेन्डी एरेन्स, सङ्गीतकार शम्भुजित बास्कोटा, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, कार्यक्रमका नेपाल तर्फका संयोजक तथा ब्यवस्थापक मधुकुमार श्रेष्ठ, तथा अमेरिका तर्फका आयोजक अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ, नबराज श्रेष्ठ र बिआटि नेपाल डटकमका शैलेश पोखरेल रहेका थिए । अन्तर्राष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले कोलोराडोमा सम्पन्न "खुम्बु खोल्स्छ ग्लोबल फिल्म अवार्ड" समारोहमा भ्ब्यताका साथ सम्पन्न भएकोमा अायोजकहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।  कार्यक्रमको पहिलो सत्र जयप्रकास रिजालले सञ्चालन गरेका थिए भने दोस्रो सत्र सरोज र जिज्ञासाले संयूक्तरुपमा संंचालन गरेका थिए ।











No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक