20170218

प्रहरी महानिरीक्षक बढुवा सम्बन्धमा पूर्व शशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुर मोहन श्रेष्ठको तर्क यस्तो छ !

नलेखी रहन सकिन:..प्रसंग आईजी नियुक्ती र विगतको विचौलीयाको हरकत ...कृपया पढीदिनु होला कसैको विरोध वा समर्थन होईन यर्थात अनुभूति हो, नागरिको वहुमतको भोटवाट जितेका नेता र सरकारले गरेको निर्णय विरुध्द गएन तर मेरो कमजोरी होईन र नामर्दी पन होईन । जन्म घर त मेरो पनि सुपक्षे हो आज कीन सुपक्षेको नाम गासीयो अचम्मै लाग्यो ! सुरक्षा सेवा देशको हो राजनैतिक लाभका अर्थ र चर्चाको पनि अनुसन्धान हुन पर्दछ । सक्षम र सवल भएकोले एआजी हुदा सम्म घुष खुवाउनु परेन, मिर्ठाइ र हुस्की लीएर चाही गए वढुवा पछि । सवैै नेता, सवै प्रहरी वदमास छैनन तर उत्तरदायी विधिको सुशासनको खडेरी छ।अदालत कीन गईएन त्यसको वारेमा चर्चा पछि गर्ने छु समय सन्दर्भमा । यर्थात पस्किन भाषा शव्द केलाउनु नपर्ने महशुस गरेर लेखको रचनाक्रम पति ख्याल नगरी प्रस्तुत गरे आफ्नै फेशवुकमा किनकी ठूला पत्रिका छपाउन समय, सम्वन्ध, स्रोत र सेन्सर हुदो रहेछ । लेखाईएका खवर टिप्पिणी रातारात छापिन्छन । ईतिहास लेखि सकेको हुन्छ । यो आवेस वा कुण्ठा होईन । यि नै समय सन्दर्भका सुधारका सम्भावना पक्षका अर्को छुटुटै लेख एक दैनिक पत्रिकामा पठाएको छु, आशा छ छापी देलान ।प्रहरीहरुको मनोवल खस्कदा सार्वनजिक सुरक्षा र सिंगो समाजको सुरक्षामा प्रत्यक्ष अप्रत्यक्ष असर पर्दछ । खुल्लम खुल्ला हुने सौदावाजी राजनैतिक हस्तक्षप र विचौलियाहरुको मोलमोलाईले सुरक्षा सेवालाई तहस नहस पार्दै आएको छ । खान पाउने कुरामा एक मत हुने
प्रवृति व्यक्तिगत र राजनैतिक भाग भागवण्डामा कुरा नमिल्ल्दा वा नपाउदा वजारमा प्रस्तुत हुन्छ आफ्नो आफ्नो रणनीति, लक्ष र उद्देश्यले सवै छताछुल्ल ।
सुरक्षा फौज अव प्रयोगशाला नवनोस..रोक र उपचार मेलहुन पर्दछ ...सदै निएम संशोधन गरी कानूनको धजी उडाउनु देशको हीतमा हुदैन । समय सापक्ष र देशको आवश्यकतानुसार ऐनकानून संशोधन हुन पर्दछ रातारात होईन अन्तिम घडीमा होईन ३० वर्षे लागेको आज होईन २५ वर्ष अघि हो ..गल्तीमाथि गल्ती नगरौ । सरकारको सोही क्याविनेटको सशस्त्रको वारे निर्णय लागू भै सक्यो नेपाल प्रहरीमा सर्वोच्चमा विचाराधिन कही नभएको जात्रा ...प्राविधिकलाई निमित्त दिन मिल्छ भने किन उनैलाई वढुवा नगर्ने आखिर भत्केको घरको विग्रेको चाला । आशा राखौ सम्मानीत सर्वोच्च अदालतवाट दुवै प्रहरीका संगठन प्रमुखहरुको चयनका लागि दुवै प्रहरी निएमावलीमा उल्लेख गरेका विशेष योग्यता वारे कानूनी व्याख्या भई देशले निरन्तर योग्य र देश, नागरिक तथा मातहत अधिकृत र जवान प्रति उत्तरदायी संगठन प्रमुख पाईरहने उपयुक्त व्यक्तिको वढुवा हुने प्रणाली र व्यवस्था हुनेछ, राज्यको शासन व्यवस्थाको हरेक अंग र तहमा नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डता प्रति वफादार तथा विश्वास राख्ने योग्य सक्षम र ईमान्दार नेपाली नागरिक विधिवत पुग्न सकोस !
सम्पादकीयदेखी विस्तृत लेख रचना, अन्तवार्तामा वर्तमान नेपाल सरकारको निर्णय तथा सर्वोच्च अदालतको चर्चा परिचर्चा भई रहेका छन । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । आत्मअनुभति...संगठीत अपराधमा सवूद कांहावाट ल्याउनु...केवल आशा राख्दछु ...सत्य, न्याय नमरोस, देश घुष खोरी र अनुत्तरदायी अवस्थाले जर जर भएको छ ... अनुमान गर्नुहोस मेरो प्रतिस्पर्दी नै नभएको व्यक्तित्वलाई मानौ असम्भवलाई सम्भव वनाउनेले के कस्तो जादू टूना वा आर्थिकप्रलोभन ...गरे होलान...हो यही हो यथार्त संगठित अपराध र भ्रष्टाचारको सायद यो ठोस प्रमाण नहोला ।
विचित्र भएकै छ न्यायालयदेखी सवै निकायमा भागयण्डा । प्रहरी सेवावाट भगौडा प्रहरी निरीक्षक देशको सरकारी सेवामा शिर्ष स्थान तथा गृहमन्त्री वने, प्रधान न्यायाधीश र प्रधानमन्त्री कानून वुझे कै व्यक्ति भए, न्यायमूर्ति समेत वाट भएका लोकमानको नियुक्ती न्यायालय वाटै अयोग्य भयो तर जसले नियुक्ती दिलाए उनलाई कुनै कारवाही भएन ।राज्य सत्तामा रहेका जिम्मेवार सरकार तथा पदीय दायित्व काधमा लिएका मुख्य सचिव, गृह सचिवको सरेमोनिएल एसमेनको अवस्था विगतका केही दशकदेखी गर्दै आएका मनोमानी अन्याय र कुकर्मको घैला भरिएर आएको हो ।
आमने सामने लडेकालाई पनि सलाम ठोके अनुशासित भएर तर देशको यूनिर्फमा दिएको आदरको कदर भएन जनतालाई लडाएर, विकासका आधाशिला तहस नहस , विशेषतः देशको युवा र एक दशको वंश नै प्रभाति छ स्तरीय शिक्षा दिक्षा र संस्कारयुक्त हुन वात वन्चित जसको असर देशले आगामी ५० वर्ष सम्म भोगी रहनेछन समाजवाद र पूजीवादको फ्यूजन र नंया नेपालको नाममा देशमा विद्रोह ल्याई राष्ट्रियतालाई लत्राएर प्रजातन्त्रलाई नै जनतावाट टाढा र नागरिक सावभौमिकतालाई वन्दि वनाउने दलालहरुले गोहीको आशु खसाल्ने छन तर भावी नेपाली पिडीहरुले अशान्ति, अस्थिरता, अन्याय, असुरक्षा, र अशिक्षाको भारी वोकी रहनु पर्ने छ । राज फाले खै राष्ट्रियता र देशको अस्मिताको रक्षा र विकास उल्टै हरेक पार्टीमा भुरे टाकुरे खराव राजाका विम्व वढेको महशुस हुन्छ ।
प्रहरीमा नेतृत्व विहिनको आजको अवस्था एकै रातमा आएको होईन । यसका धेरै पाटा र कारक तत्वहरु छन अनुसन्धान हुने नै छ । जबजब प्रहरी सेवाहरुमा संगठनको नेतृत्व फेरवदल वा बढुवाको समय आउंछ तव देशका राजनीतिक शक्ति तथा प्रभावकारी व्यापारी, तस्करी समूह, आदि शक्तिकेन्द्रहरुमा वैध–अवैध तत्वहरु तथा सिमा वाहिरका शक्तिका नाममा प्रशस्तै विचौलियाका तरमार्न चम्किन्छन । सुरक्षा संगठनलाई दुनु गाई, आई।जी।पी।लाई एसमेन वनाउने खेलमा तछाड मछाड हुन्छ, व्यापार कमिशनमा दवदवा राख्न, रातारात करोडपति हुन । कमजोर ईमान्दार र माग भए वमोजिमको थैली वुझाउन नस्कन्ने र एसमेन हुन नचाहने उम्मेदावार हरेक पक्षवाट सक्षम हुदा हुदै पनि वाहिर घचेटिन्छन । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीका साख र पहिचानलाई गिराएको छ ।
आर्थिक भागवण्डामा एकमुख सर्वसम्मत हुने प्रवृति विशेषतः सरकारी र अरवौ कल्याण वजेको कारोवार तथा संगठित तस्करी, र अपराधीको जालो नै आई।जी।पी बढुवाको आकर्षण । राजनैतिक संक्रमणकालको नाममा गलत परम्पराले संरक्षण र मलजल हुन पाएको छ । देशका ठूला भ्रष्टाचारका मुद्धा किनारा लागि नसक्नु, अभियुक्तलाई राजनीतिक संरक्षण, अवैध नियुक्ति दिनेलाई कुनै दण्ड सजाय नहुनु, विगतका अनियमितताहरुलाई सुधारका पहल समय मै नहुन आदि कारक तत्व हुन ।
ईमान्दारहरुको धैर्यता तथा नवुझेकालाई पनि वुझाउन सकिन्छ साथै विशिष्ट मानिसले जानी जानी आचि खादैनन होला लागेकोले देशका प्राय १ देखी ५ सम्मका ठूला राजनीतिक दलका प्रमुख तथा विशेष व्यक्तित्वहरु, तत्कालीन सवै सुरक्षा निकायका चिफहरु, गृह सचिव, मुख्य सचिव सम्म यर्थात लगत सहित जानकारी गराउदा समेत सत्य तथ्यमा आखा चिम्लिएकाले एकला वृहस्पति झैको अवस्थामा अदालत समेतको सरणमा नगई, राजिनामा समेत नगरी तैनाथ रहे सुनुयोजित, षडयन्त्र तथा अपमान लाई सहेर पनि फौजमा स्वागत गरे तर दुध खाएर शर्पले विष वनाउदछ भने झै जिवनमा नसोचेको असम्भव झै रहेको जिम्मेवारी, शक्ति र मान सम्मान पाएर पनि पदीय गरिमा र आचरणमा नवसी फुक्का मत्ता हात्ति झै गलत हरकतमा लागि आज कोष राज वन्त सनत वस्नेत जस्ता सशस्त्रका आडम्वरी व्यक्ति विशेषका कारण फौजको मनोवल गिरेको छ । यो मेरो आवेस कुण्ठा होईन यर्थात हुन ।
पन्ध्र वर्ष र दशौ वर्ष अघिका अदालतमा विचाराधिन रहेका सुरक्षा अधिकारी संलग्न मुद्धामा समेत वर्षौदेखी निर्णयमा रहि रहनु, अख्तियारवाट मिसिल विशेष अदालतमा पुग्नु तर अभियुक्तहरुको घर दैलो एक वर्षसम्म पत्ता नलाग्नु आफू अनुकूल विशेष अदालतमा हाजिर भई धरौटीमा छुटी आउनु तिनै चेहरा गृह मन्त्रालयको आयोजनामा भएको सशस्त्र प्रहरीका नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षको दज्र्यानीचिन्ह शुसोभानमा उपस्थित हुन पाउनुले दिएको मेसेज कस्तो होला जनमानसमा ।
झुट्टा आश्वासन, पटक पटक घरखेत गराउने प्रयत्न तथा यस्ता गतिविधिमा सरिक रहन व्यवशायिक, ईमान्दरहरुको घाटी कसिदिने वाध्य पार्ने क्षण पनि आउछन, अन्ततोगत्वा हिमाल छुने मोलमोलाई । यति सम्मकी प्रहरीका तत्काली डी.आई.जी. एस.एस.पी. पूर्व मन्त्री, व्यापारी समेत व्यापारी नातेदारको संकेतमा मोलमोलाईको अफर लिएर आए कत्रो आट...शिर झुकाएर भागे, ठूला प्रभावकारीका श्रीमतीहरु तथा नातेदारहरुको गुट, झुण्ड र सिमापारको शक्ति केन्द्रको नाम र सम्वन्धमा खेती गर्ने नेता, चिकित्सक, संघ संस्था, व्यापारी, केही ठूला नेताका स्वकीय सचिव, शिक्षक तथा कलेजका मालिक, आदि आदि कतिपय अवस्थामा प्रहरी हेर्ने कुटनैतिक अहोदाका व्यक्तित्व समेतले भाग लिने अवस्था, सक्षम र सवललाई पाखा लगाउने स्थितिमा त चुलीभरीको माग र खेल हुदो रहेछ नगदमा विसौ करोड, लगानी व्यापारी (बिश्वास नै गर्न नसकिने ठूला नाम कहलीएका सम्म) ग्यारेण्टीमा व्यापार कव्जा गर्ने समझौतामा अवैध खेल खेलाडीका झै । पार्टपेमेण्ट पदमा रहे सम्म आदि आदि । लक्ष्मीले १० करोडको थैलो नदिएकाले ग्यारेण्टी वालाले ठूलो परिणाम नगद मै २५ करोडको ठेक्का (१५ नगद सहित ) वोलिदिएकोल पंतिकारको संगठन वनाउने योजनाको फायलले स्थान नपाउनु नै खेल वाट अयोग्य भएको अवस्था हुन । ईष्ट मित्रहरु भेलाजम्मा भए मेरा आचरण व्यवहार, अनुसासन, तथा पेशाको संगठन प्रमुखको गरिमामय जिम्मेवारी प्राप्त गर्ने सुवअवसर जुन पद र जिम्मेवारी वाट वास्तवम शान्ति सुरक्षा र कानुनी राज्यको परिकल्पनामा उदाहरणीय टेवा पुगाउन सकिन्छ करिएरको ईज्जतको लागि घर जग्गा वैंकमा सुन, घर राखौ ४ वर्षको तलव वरावरको सम्म दाम दिएर पनि सरणमा गई अवसर नछडौ भन्ने आट ढाडस पाए ...हात्तिको मुखमा जिरा...दैव , किनकी म उक्त पदको दायित्व लिन अरु भन्दा २ वर्ष जेष्ठ, सवै तालीममा अव्वल, सवै मातहत तहको कमाण्ड अनुभव र मानसिक रुपमा आईजीको लागि तयार रहेकालाई मानसिक यातना नहोस घर परिवारमा अप्रिय घटना नघटोस भनेर तर मैले सवैलाई हात जोडी धन्यवाद दिए...विचौलीयाहरु समेत छक्क परे । अनुमान गर्नुहोस मेरो प्रतिस्पर्दी नै नभएको व्यक्तित्वलाई मानौ असम्भवलाई सम्भव वनाउनेले के कस्तो जादू टूना गरेहोलान...हो यही हो यथार्त संगठित अपराध र भ्रष्टाचारको सायद यो ठोस प्रमाण नहोला ।
स्पष्ट भन्नु पर्दा तत्काल अदालत समक्ष पनि गईएन, यसमा पनि खरेल र प्रधानका प्रकरण, मोतीलाल, ओम विक्रम देखी रमेस चन्दसम्मको मुद्धाको सुनाईमा लागेको समय (जुन आज सम्म पनि निर्णय भएको छैन), आफूले दिएको पुरनरावेदनको फायल पटक पटक गृहमन्त्रालयवाट गायव भएको अवस्था,साथै आई.जी. पी. वाहेक गृह सचिव र गृहमन्त्री, मुख्य सचिव र प्रधान मन्त्रीको संलग्नता वारे खोज र कार्वाही नभएका अवस्था पछिल्ला दिनमा अख्तियारले हाजिर जमानीमा छाडी मिसिलमात्र अदालत पुग्ने देशका आई.जी. पी.का घरदैलोमा म्याद नपुगेर वर्षभरी अदालतमा हाजिर नहुने अवस्थाले अझै त्यस्ता संजाल सकृय र समाजमा मान सम्मान वाच्न सकेका दृष्टान्तहरुले वास्तवमा कमजोर वनाउन्छ नै ईमान्दारहरुको । यो देशमा हरेक क्षेत्रमा ओझलमा रहेका प्रशस्त व्यक्तित्वहरु छन सुधारको अपेक्षा गरेर वसेका ।
अर्को तर्फ अन्य निकायमा समेत लगभग ति नै विचौलीयाहरुको पहलतामा मौन तथा रणनीतिक समर्थन हुने अवस्था कल्पना होईन यर्थात हुन तत्कालका अवस्था । त्यो टिममा नपरे आउट भईन्छ नै । हालको परिवेश करिव करिव ग्यारेण्टी वसिदिनेहरुको त्रिकोणात्मक (ठूला पार्टीहरुको प्रभावकारी व्यक्तित्वहरु) मा भागवण्डा नपुग्नु वा समन्वय नहुनु नै प्रमुख कारक तत्व हुन सक्ने देखिन्छ ।
वास्तवमा फौजको नेतृत्वतहमा पुग्ने ईन्फेन्ट्रीमा सेवा आरम्भ नभएको फौजी आधारभूत तथा उन्नत तालीम नगरेको, कमाण्ड श्रुखलामा फिल्डमा नखटिएको उपल्लो पदमा केवाल ईण्डोर तालिम र सेमिनारमा भागलिएका मानौ पशुचिकित्सकले मानव मुटुको अप्रेशन गर्ने जिम्मेवारी दिए जस्तो अवस्थामा दुवै प्रहरी सेवाको आई.जी.पी. नियुक्तिका आधारहरुः कमाण्ड गर्न सक्ने, मातहतलाई प्रोत्सहान गर्न सक्षम, योग्यता के कसरी हेरे होला तत्कालीन गृह सचिव, मुख्य सचिव, गृह मन्त्री विजय गच्छदार, प्रधान मन्त्री डा. वावुराम आदि मन्त्रिपरिषका सदस्य मन्त्रिहरुले ...सवैलाई खवर छ सवै वेखवर छन ...वोल वोल माछा मुख भरी पानी । सारङ्गीत रेटे पनि वोल्छ मिठै वोली । विशेषतः सरकारीवजेटको, कल्याण वजेको कारोवार तथा संगठित तस्करीको जालो नै आई.जी.पी बढुवाको आकर्षण संक्रमणकालको नाममा ।
आशा राखौ सम्मानीत सर्वोच्च अदालतवाट दुवै प्रहरीका संगठन प्रमुखहरुको चयनका लागि दुवै प्रहरी निएमावलीमा उल्लेख गरेका विशेष योग्यता वारे कानूनी व्याख्या भई देशले निरन्तर योग्य र देश, नागरिक तथा मातहत अधिकृत र जवान प्रति उत्तरदायी संगठन प्रमुख पाईरहने उपयुक्त व्यक्तिको वढुवा हुने प्रणाली र व्यवस्था हुनेछ, राज्यको शासन व्यवस्थाको हरेक अंग र तहमा नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डता प्रति वफादार तथा विश्वास राख्ने योग्य सक्षम र ईमान्दार नेपाली नागरिक विधिवत पुग्न सकोस ! जय नेपाल! जय न्याय !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक