20170201

सबै भए नाङ्गै नाङ्गा कसले मान्छ बिकृति !!??

नाङ्गै नाच्छन कलाकार, नाङ्गै रुचाउँछन दर्शक
नाङ्गै वालाको खोजीछ, जता पनि भरसक !
न त नाङ्गै गाइन्छ आफु, न त नाङ्गै चाहिन्छ !
कली युगमा सत्ययुग खोजी कहाँ पाईन्छ ??
गायक गायिका गाउँथे पहिला, दर्शक आसुँ पुछ्दथे
गीतबाटै सन्देश जान्थ्यो, दर्शक सन्देश बुज्दथे
आजकलका दर्शक पनि नाङ्गै रोज्न थाल्याछन
गाउने नाच्ने कलाकारले नाङ्गो कला बाल्याछन !
सेल्फी सिठी हुटिङ माग्छन मँचमा पुग्न पाछैन !
कलाकार र दर्शकलाईनै कला के हो थाछैन !!
लोकगीत र दोहोरी गीतनि फोहोरी नै बनाए !
ट्वांके पत्रकारलाई भनी सुपर स्टार भनाए !!
नयाँ नेपाल नयाँ चलन क्रान्तिकारी सँस्कृती !
सबै भए नाङ्गै नाङ्गा कसले मान्छ बिकृति !!??
- रामप्रसाद खनाल


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक