20170224

के हो यो सगुन (Sagoon.com) स्क्यान्डल ??


Sagoon.com का बारेमा सकारात्मक र नकारात्मक कुराहरुले बजार तातिरहेको छ । कोही भन्छन - एउटा नेपालीले सगुन मार्फत नयाँ ईतिहास कोर्दैछ । कोही भन्छन - केही इन्स्योरेन्स एजेन्टहरु इन्स्योरेन्स कान्ड पछि अब सगुन कान्ड शुरु गर्दैछन । नेपाल मदर डट कमले पत्रकारिताको धर्म पुरा निर्वाह गर्दै सगुनका बारेमा यथार्थ कुरा बाहिर ल्याउन छिट्टै सबै पक्ष सम्मिलित एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर त्यहाँ सगुनका संस्थापक गोबिन्द गिरी ( सगुनका संस्थापक गिरी PFA का Agent होइनन है भ्रममा नपर्नुहोला ) देखि यसका पक्ष बिपक्षमा बहस गरिरहेका केही ब्यक्तित्वहरु सँग प्रत्यक्ष कुराकानी गरेर प्रत्यक्ष प्रशारण गर्दैछ नेपाल मदर डट कममा, फेसबुक लाइभमा यसै गरी You Tube र Tweeter मा समेत । जुन अरु धेरै मिडियाहरूबाट पनि प्रशारण हुने छ । संसार भरबाट जोकसैले पनि सगुनका बारेमा आफ्नो प्रश्न, जिज्ञासा भए यहाँ कम्मेन्ट बक्समा
पठाउनुहोला, आफ्नो नाम गोप्य राख्न चाहने, थप सूचना दिन चाहनेले हामीलाई ईमेल rampdkhanal@gmail.com मा email वा फेसबुकमा इन्बक्स समेत गर्न सक्नुहुन्छ । हामीले तपाईंको गोप्यता पुरा कायम राख्दै तपाईंका प्रश्न, जिज्ञासा सिधै सगुनका संस्थापक गोबिन्द गिरी सँग राख्दै वहाँबाटै उत्तर दिन लगाउने छौं । हामी दुधको दुध र पानीको पानी छुट्याउने प्रयत्न गर्ने छौं निस्पक्ष रुपमा । सके सम्म टाउन हल मिटिङ नै गर्ने प्रयासमा छौं हामी । हामी नेपाली पछाडि कुरा गर्छौं, आउनुस अब अगाडि प्रत्यक्ष कुरा गर्न सिकौं, राम्रोलाई राम्रै भनौं नराम्रोलाई नराम्रो नै भन्न सकौँ । धन्यवाद ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक