20170515

कलाकार बिक्रम परियारको हत्या, अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा भर्त्सना, अपराधीलाई पक्राउ गरी कार्वाही गर्न माग !

अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले एक प्रेस बिज्ञप्ती जारी गर्दै तनहुँँको व्यास नगरपालिकामा आइतबार भएको कलाकार बिक्रम परियारको हत्याको खबर ले आफुहरु स्तब्ध भएको भन्दै हत्याको घोर भर्त्सना र निन्दा गर्नुभएकोछ । व्यास नगरपालिका वडा नम्बर १ का कलाकार विक्रम परियारलाई स्थानिय  निर्वाचनमा मतदान गरी बाहिर निस्किए लगत्तै केही समय भित्रै अज्ञात समूहले आक्रमण गरी हत्या गरेको थियो ।
तनहुँको ब्यास घर भएका परियार कलाकारिता क्षेत्रमा संलग्न थिए र काठमाडौं बस्दै आएका उनी स्थानीय तह चुनावमा मतदान गर्न घर आएका बेला यसरी मारिँदा पनि प्रहरी प्रशासन, राजनीतिक पार्टी र समाजले कुकुर मराइ सरह लिएको, हत्यामा सँलग्न अपराधीहरु पक्रन उदाशिनता देखाएको घटनाले हामीहरु स्तब्ध छौं भन्दै अध्यक्ष खनालले देशमा एउटा कलाकार मारिँदा प्रहरी प्रशासन र सम्बन्धित निकाय मौन रहनुले कस्तो लोकतन्त्र गणतन्त्र संस्थागत भैरहेको छ देश मा भन्ने कुरा छर्लँग भएको छ भन्नु भएको छ । वहाँले तत्काल हत्याराहरुलाई पक्राउ गरी कानुन बमोजिम
कडा कार्वाही गर्न र कलाकार परियारको परिवारलाई हेर्न सरकार सँग माग गर्नुभएको छ ।
देश निर्वाचनमा होमीएको बेलामा एउटा होनहार कलाकारको हत्याको मुद्दा नराम्रो संग ओझेलमा परेको छ जुन समग्र कलाकारको लागी र कला जगतकै लागी साह्रै पिडादायी अवस्था हो । निर्वाचनमा मतदान गरेर राष्ट्रको एउटा जिम्मेवार नागरीकको कर्तब्य निर्वाह गर्नको लागी गृह जिल्ला पुगेको एकजना कलाकार त्यसरी मारीनुले हाम्रो देशको आन्तरीक सुरक्षा कति कमजोर छ र अपराधीको मनोवल कति उच्च छ भन्ने कुरा प्रष्ट देखियो भन्दै अध्यक्ष खनालले सबैतिर बाट यस प्रकारको हत्याको निन्दा गर्न, अपराधीलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई दबाब दिन सबै सँग आग्रह गर्नुभएको छ ।    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक