20170505

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिंदै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन समेत बाटो खुल्ला !

Breaking News !

प्रधान न्यायाधीश प्रकरण नयाँ चरणमा प्रबेश, प्रधानमन्त्री  पुष्पकमल दाहाल र शेर बहादुर माथि अर्को झड्का. नैतिकता भए राजिनामा देउ प्रचण्ड र शेरबहादुरहरु !
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशले नेपालमा न्याय मरेकाे छैन भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले महाअभियोग यथास्थितिमा राख्न आन्तरिम आदेश दिँदै गर्दै एमाले अध्यक्ष ओली एक होटलमा पत्रकारमाझ थिए । उनले खुसीको खबर सुनाउँछु भन्दै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै काममा फर्कन आदेश दिएको सुनाए । सर्वोच्चको फैसलाले नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको भन्दै ओलीले प्रधानन्यायाधीश कार्कीलाई कार्यक्रमबाटै बधाई दिए । उनले अघि भने, प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई भन्न चाहन्छु, उहाँको सुकिर्ती फैलियोस् । उहाँमाथि हमला गर्ने प्रवृत्ति अनुचित छ ।’ सर्वोच्चको आदेशले प्रधानन्यायाधीश कार्कीले आंशिक न्याय पाएको उनले बताए । उनले भने, ‘न्याय जिउँदो रहेछ । यस आदेशलाई हामी समर्थन गर्छौ ।’ पूर्वप्रधानमन्त्री ओलीले ‘होस् छ भने’ तत्काल महाअभियोग फिर्ता लिन सत्तारुढ कांग्रेस र माओवादीलाई आग्रह गरे । अन्यथा दुर्गती भोग्नु पर्ने उनको चेतावनी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेशले परिवर्तन नचाहनेहरुलाई बल पुग्ने टिप्पणी गरेका छन् । काठमाडौंको लाजिम्पाटमा भएको एक कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्रीले परिवर्तन नचाहने शक्तिहरुले न्यायपालिकाको दुरुपयोग गर्न खोजेको समेत बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक