20170730

के संसारभर जनैपुर्णिमाको समय मिल्न जरुरी छ ?

- चेतन सिटौला 
गुरुब्र्रह्मा गुरुर्विष्णुगुरुर्देवो महेश्वरः ।
गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
जनैपुर्णिमा तथा रक्षावन्धनको महिमा
धर्मोरक्षति रक्षीतः धर्मको रक्षा गर्नेलाई धर्मले रक्षा गरिरहेकै हुन्छ । धर्मकै खातिर आकाशमा सूर्य सँधै तप्तछ । धर्मकै खातिर चन्दमा आकाशमा सँधै कठ्याग्रीरहन्छ । धर्मकै खातिर वायु विना विश्राम दौडि रहन्छ । धर्मकै खातिर खोला वगिरहन्छ । रुखविरुवा पनि धर्मैका लागि समर्पित छन । धर्मैका लागि धरती आफुले चोट सहेर पनि सहश्र गुण वढी अन्न उत्पादन गरी प्राणीमात्रलाई पोस्तछिन् । त्यसले प्राज्ञहरु भन्छन् यो संसार धर्मोमय छ । विव्दानहरु भन्छन् त्यस्तैगरी मानिसहरुका पनि ५ ऋण अथवा उत्तरदायित्व हुन्छन् जो यसप्रकार छन्ः १.पितृऋण २.ऋषिऋण, ३.देवऋण ४.मनुस्यऋण र ५.पंचमहाभूत ऋण(वनस्पति, पशुपक्षी र प्रकृती) सो उत्तरदायित्व पुरा गर्नका लागि मानिस सदैव सजग र समर्पित रहन्छ । त्यही उद्देश्य प्राप्तीका लागि मानिसहरुले पनि सो उत्तरदायित्वको प्रत्येकको एक शीखा बनाई धारण गर्छन् । सो शिखा बनाई धारण गर्ने दिनलाई ब्रतवन्धको कार्यक्रम भन्ने नामले हाम्रो समाजमा स्थान पाएकोछ । ब्रतवन्धको दिन माथि लेखिएका पाँचै उत्तरदायित्वलाई परिवारजन, गुरुपुरोहित, देवता, अन्य मानिसहरु र पंचमहाभूतलाई समेत साक्षी राखेर आजदेखि म पवित्र मन, पवित्र वचन र शरिर शुध्द राख्ने अठोट गर्दछु भनी
प्रण गरी शुध्द धागोको जनैको शिखा वनाई धारण गरिन्छ । जनैको ३ डोराको एक शिखा बन्दछ । अर्को शिखाको अर्थ हो आजदेखि म पित्रृ, ऋषि, देवता, मनुस्य र पंचमहाभूतप्रतिको जवाफदेहि वहन गर्नेछु भनि प्रण गरि जनैको शिखा वनाई धारण गरिन्छ । श्री श्री रविशंकरजी महाराज भन्नुहुन्छ त्यतीमात्र कहाँ हो र मनुस्यले अधिल्लो पुस्ता पिता, व्रतमान पुस्ता आफू र पछिल्लो पुस्ता आफ्ना सन्तान समेतका लागि उत्तरदायित्व वहन गरिरहेकै हुन्छ त्यसैले ति तीन पुस्तालाई एक वनाई एक शिखा वनाई मनुस्यले धारण गर्दछ । यी तीन पुस्तालाई समयको रुपमा पनि लिईएको कहि पाइन्छ । कसैले तिन पुस्ताको वदलामा म आजदेखि व्रह्मा, विष्णु र महेश्वर मा केहि भिन्नता देख्नेछैन । तीनै भगवानलाई एक मानि आस्था तथा विस्वास गर्नेछु भनी शिखा बनाई लगाएको पनि कहि देखिन्छ । ज्ञानीहरु भन्छन्, मानिसले पित्रृ ऋण तिर्नका लागि सन्तान जन्माई योग्य बनाई यस संसारमा श्रृष्टि यथावत कायम राख्नुपर्छ । ऋषि ऋण तिर्नका लागि मानिसले वेद, पुराण गीता आदी धर्मग्रन्थको अध्ययन तथा तीनको पालना गर्नुपर्छ भने देवऋण तिर्नका लागि मानिसले पुजापाठ, यज्ञादी, ब्राह्मण भोजन, गरिव भोजन तथा दान परोपकार गर्नुपर्छ ।
जनै धारण संस्कार कहिले शुरु भएको हो ?
सबै ज्ञानीजनहरु भन्छन जनै धारण संस्कार अति पुरातन छ । यसैगरी कसैले पनि ठोकुवा गरी भन्नसकेको छैन् । तर शास्त्रहरुमा खोज्दा पाइन्छ जनै धारण समेत १६ संस्कारका सम्बन्धमा वेदव्यास भन्नुहुन्छ । मनुस्यले १६ संस्कार पुरा गर्नुपर्छ । १.गर्भाधान २.पुंसवन ३.सीमंतोन्नायन ४.जातकर्म ५. नामाकरण ६.निष्क्रमण ७.अन्नप्राशन ८.चुडाकर्म ९.कर्णवेध १०.यज्ञोपवीत ११.वेदारंभ १२.केशांत १३.समावर्तन १४.विवाह १५.आवसश्याधाम १६.श्रोताधाम । यसै कुरालाई आधार मान्ने हो भने पनि ५ हजार वर्षभन्दा पनि पुरानो देखियो । तर शास्त्रमा प्रसस्तै भेटिन्छ भगवान रामले पनि यज्ञोपवित जनै धारण गर्नु भएको थियो । अझै गहिरीएर खोज्ने हो भने बैश्णवहरु भन्छन् महादेव बैश्णवहरुमा सर्वश्रेष्ठ हुनुहुन्छ । सो कुरालाई प्रमाण मान्दा ठिकै पनि देखिन्छ । आषाढ महिनामा हरिशयनी एकादशी पश्चात श्रीहरी विश्राम गर्ने भएकोले सोपछि लगत्तै जनै पुजनमन्त्रण गरी नेपालमा श्रीपशुपतिनाथलाई जनै धारण गराएपश्चात सर्वसाधारणमा जनै खुल्ने भएकोले यसको महत्व अति देखिन्छ र यो अनन्त छ । श्री श्री रवि शंकर तथा अरु त्यस्तै स्थितप्रज्ञ ज्ञानीहरु भन्छन, जनै धारण प्रथापरम्परा धेरै पुरानो छ ।
के जनै धारणका लागि पुरोहित तथा श्रध्दालुले कठोर ब्रतमा वस्न जरुरी छ ?
ब्राह्मण तथा धेरै पहिले समाजका चारै जात ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र सवैले जनै धारण गर्ने गर्थे । पौराणिक कालमा महिलाहरुले पनि जनै धारण गर्ने गर्थे भन्ने प्रमाण प्रशस्त पाइन्छ । समयका साथसाथै समाजमा सोचाईको पनि परिवर्तन हुँदै गयो । कालान्तरमा ब्राह्मणले ९ डोराको जनै, क्षेत्रीले ६ डोराको जनै र वैश्यले ३ डोराको जनै धारण गर्न थाले । कतै स्त्रिहरुले अझैपनि जनै धारण गर्छनभन्ने सुनिन्छ। कालान्तरमा पुनः ब्राह्मणले ६ डोराको क्षेत्रीयले ३ डोराको जनै धारण गर्न थाले भने सवै जातका स्त्रिहरु र वैश्य शुद्र जातीले हातमा रक्षावन्धन धारण गर्न थाले । क्षेत्रीयहरुले ३ डोराको एक शिखा भएको जनै धारण गर्न थाले भन्ने कहि पाइन्छ भने कहि ६ डोराकै जनै धारण गर्नुपर्छ भन्ने पनि पाईएको छ । यसमा माथि नै भनिसकियो कि शिखाको अर्थ भनेको एक अठोट वा ब्रत हो त्यसैले कसैको जिवन यापनको पध्दतीलाई वा आस्थाविस्वासलाई चोट पुग्नेगरी यसै गर भनी भन्नु मानवता विरुध्द देखिन्छ । प्रत्येक मानिसको आचरण तथा प्रकृती इश्वरले एक छुटृै किसिमले रचेको हुनाले एकको स्वभाव अरुसंग मिल्दैनपनि । मानिस कति शुध्द र जगतप्रतिको उत्तरदायित्व वहन गर्न सक्छ भन्ने कुरा हरेक मानिसमा फरकफरक देखिन्छ । त्यसैले आफुले सकेको आफुपवित्र वनौं र अरुपनि पवित्र छन् भन्ने विश्वास गरेमा मनुस्यप्रतिको ऋण तिरिन्छ ।
के संसारभर जनैपुर्णिमाको समय मिल्न जरुरी छ ?
शास्त्रहरु भन्छन् संसारमा सवै कामकर्तव्यको श्रृजना सूर्योदय र चन्द्रोदयको आधारमा हुन्छ र तिथी पनि सोहि अनुसार हुने हुनाले र एकै समयमा संसारभर सूर्यको वा चन्द्रको किरण पर्न नसक्ने हुनाले समयको तलमाथि हुनु कुनै अनौठो कुरा होइन । यी सवै पक्षहरुलाई मध्य नजर राखि चाडपर्व, तिथी, संस्कार आदी जिवन्त राख्नमा आफुपनि सरिक होऔं र अरुलाई पनि योगदान पु–याउनमा मद्दत गरौँ । अस्तु.....

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक