20170713

अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाको आयोजनामा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालको बिदाइ समारोह आयोजना

अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाको आयोजनामा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल नेपाल बसाई सकिने र अमेरिका फर्किने क्रममा एक बिदाइ समारोह आयोजना गरियो । नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रममा मँचको नेपाल शाखामा रहेका कलाकारहरु उपस्थित हुनुहुन्थ्यो ।अग्रज कलाकार एबम नेपाल शाखाका उपाध्यक्ष किरण केसीको स्वागत भासण एबम सँचालनमा सम्पन्न कार्यक्रम मँचको नेपाल शाखाका अध्यक्ष एबम अग्रज हास्य कलाकार शिवहरी पौडेलले
गर्नुभएको थियो ।
चर्चित कलाकार एबम नेपाल शाखा सदस्य कुन्जना घिमिरे - सुन्तली, अग्रज हाँस्य कवी शैलेन्द्र सिम्खडा, कलाकारहरु कमला रेग्मी, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष एबम नेपाल शाखा अध्यक्ष राधेश्याम लेकाली, मँचको नेपाल शाखा अध्यक्ष शिवहरी पौडेल लगायतका कलाकारहरुले खनालको बारेमा बोल्दै वहाँलाई यस पटकको नेपाल बसाईबाट बिदाइ गर्नुभएको थियो ।
बिदाइ कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष खनाल ले मँचका गतिबिधी, लोक सन्स्कृतिका बिबिध पक्षका बारेमा प्रकाश पार्दै आफ्नो कला, सन्स्कृति, भाषा, साहित्य, गीत संगीतको क्षेत्रमा अझै कृयाशिल हुन नेपाल शाखा र यस मा आबध्द सबै कलाकारहरुलाई आग्रह गर्नु भएको थियो ।
आफु नेपाल आए देखी फर्किँदा सम्म कलाकारहरुले आफु प्रती देखाएको विश्वाश, सम्मान, अभिनन्दनले आफुलाई अझ बढी जिम्मेवारी थपिएको बताउँदै पुनर्गठित नेपाल शाखाका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय समितिको तर्फबाट बधाई सहित मानार्थ सदस्यता पदक प्रदान गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाको तर्फ बाट शाखाका अध्यक्ष एबम अग्रज हास्य कलाकार शिवहरी पौडेल, उपाध्यक्ष किरण केसीले शाखाको तर्फबाट केन्द्रिय अध्यक्ष खनाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय कोसाध्यक्ष एबम अनेसास कोलोराडो च्याप्टर अध्यक्ष कृष्णमुरारी ढुँगेललाई पनि सम्मान गरिएको थियो ।                                   
कार्यक्रमका तस्वीरहरु:


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक