

छन ।























बाढी पहिरोबाट देशभरमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी बाढी पहिरोबाट देशभरमा ३० जनाको मृत्यु भइसकेको जानकारी दिएको हो। झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ । प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री जनार्दन शर्माले अनलाइनखबरलाई बताए । अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो । शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ । बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।
मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति पुर्याएको छ । त्यस्तै केराबारी- ५ मा समेत बाढी पसेको छ । केराबारीको डाँगी र मुगुमा समेत बाढीले क्षति पुर्याएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ । बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ ।
मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्द्रा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् ।
सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ । बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् । अनलाइन खबरका अनुसार शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ । प्रधानमन्त्री देउवाले शनिबार विहानै बाढी-पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।
*****************
राक्षसी राज
बर्षा, बाढी, पहिरो
त्यहीँ आउनु पर्ने !
बारम्बार भुकम्प
त्यहीँ जानु पर्ने !
अन्याय, अत्याचार, भ्रस्टाचार
सबै त्यहीँ !!
कठै मेरो माटो
तै पनि अलिकति बाँकी छ !
कुन दिन बग्ने हो त्यही पनि
कालो बादल मडारिएकोछ !
आँधीबेहरी जारी छ !
घनघोर बर्षा, बाढी, पहिरो
जलमग्न जताततै
बिपत्ती नै बिपत्ती !
बँचाउ बँचाउ चिच्याहट आउँछन !
एकैछिनमा चिच्याहट हराउँछन !
राक्षसी राजका नाइकेहरु
नेता, तिनका आउरे बाउरे
छाउरे र धुपौरेहरु
अब त्यहाँ पनि ब्रम्हलुटको
सपना बुन्छन !
मिलिजुली भागबन्डा चल्छन !
गुहार माग्ने आत्माहरु
चितामा लाश बनेर जल्छन !
यहाँ यस्तै यस्तै छ !
निरिह माटोको हाल
सधैं त्यस्तै त्यस्तै छ !
- रामप्रसाद खनाल
*****************
राक्षसी राज
बर्षा, बाढी, पहिरो
त्यहीँ आउनु पर्ने !
बारम्बार भुकम्प
त्यहीँ जानु पर्ने !
अन्याय, अत्याचार, भ्रस्टाचार
सबै त्यहीँ !!
कठै मेरो माटो
तै पनि अलिकति बाँकी छ !
कुन दिन बग्ने हो त्यही पनि
कालो बादल मडारिएकोछ !
आँधीबेहरी जारी छ !
घनघोर बर्षा, बाढी, पहिरो
जलमग्न जताततै
बिपत्ती नै बिपत्ती !
बँचाउ बँचाउ चिच्याहट आउँछन !
एकैछिनमा चिच्याहट हराउँछन !
राक्षसी राजका नाइकेहरु
नेता, तिनका आउरे बाउरे
छाउरे र धुपौरेहरु
अब त्यहाँ पनि ब्रम्हलुटको
सपना बुन्छन !
मिलिजुली भागबन्डा चल्छन !
गुहार माग्ने आत्माहरु
चितामा लाश बनेर जल्छन !
यहाँ यस्तै यस्तै छ !
निरिह माटोको हाल
सधैं त्यस्तै त्यस्तै छ !
- रामप्रसाद खनाल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक