तुलसी गिरीको भविश्यवाणी र कमल थापाको पतन
- सिद्धार्थ थापा

यसको प्रतिक्रियामा म के भन्न चाहन्छु भने– कसैले एक पटक चेकमा हस्ताक्षर गरेर रकम भुक्तान भइसकेपछि तत्सम्बन्धी प्रयोजन अन्त्य हुन्छ । यहाँ के अस्वाभाविक छ भने निश्चित प्रयोजनका लागि हस्ताक्षर गर्ने व्यक्तिहरुलाई थापाले हस्ताक्षर फिर्ता लिन दवाब दिइरहेका छन् ।
नयाँ दल गठन भइसकेको सन्दर्भमा राप्रपा प्रजातान्त्रिक निर्माण गर्न हस्ताक्षर गर्दै नगरेको भन्ने दावी गर्दै दुवैतर्फ खुट्टा अडाउने व्यक्तिहरुलाई फौजदारी अभियोगमा कारवाही चलाउनुपर्ने हो । चेकमा हस्ताक्षर गरेर रकम भुक्तानी भइसकेको सन्दर्भमा चेकमा हस्ताक्षर नगरेको वा गरेको जानकारी नभएको भनेर कुरा फेर्ने व्यक्तिउपर यस्तै कारवाही
चलाइन्छ ।
सर्वोच्च अदालतको फैसला विरुद्ध थापाको अपमानजनक अभिव्यक्ति वास्तवमा हास्यास्पद छ । सर्वोच्च अदालतको निर्णय न्यायोचित छ्रैन भनेर आरोप लगाएलगत्तै सर्वोच्च अदालत नै जाने भन्ने उनको भनाई झनै हास्यास्पद छ ।
सर्वोच्च अदालतको फैसला वैदेशिक शक्तिबाट मात्र नभएर घुसको लेनदेनबाट प्रभावित छ भन्ने हदसम्म राजेन्द्र लिङदेन पुगेका छन् । राप्रपा प्रजातान्त्रिक दर्ता गर्नु भनेर सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगलाई जारी निर्देशन आर्थिक लाभबाट प्रभावित थियो भन्ने प्रमुख सचेतक कुन्ती शाहीको लाञ्छना कम आपत्तिजनक छैन ।
सत्यको पक्षमा बोल्न जस्तोसुकै अवस्था सामना गर्न तयार रहेको भन्ने लिङदेनको हकदावी छ । जबकि महामन्त्री र प्रमुख सचेतक जस्तो जिम्मेवारी सम्हाल्ने व्यक्तिहरुको अभिव्यक्ति सार्वजनिक जिम्मेवारीको कसीभित्र रहनु पर्दछ भनेर दोहोर्याइरहन पर्दैन ।
*******************
मेरा हजुरबुबा सूर्यबहादुर थापाले कमल थापासँगको एकता उनका लागि मात्र नभएर हाम्रा लागि समेत प्रत्युत्पादक हुने बताएको म स्मरण गर्दछु****************यसका अतिरिक्त राजेन्द्र लिङदेनले राप्रपा प्रजातान्त्रिकको समर्थनमा ५६ हस्ताक्षर भएको ठहर गर्दै निर्वाचन आयोगमा पत्राचार गरेका छन् । यी हस्ताक्षर सशरीर निर्वाचन आयोगमा सनाखत गरिएको थियो । र, यही तथ्य कमल थापाको विरुद्धमा निर्णायक सावित रह्यो । अदालतले सनाखत गरिएका हस्ताक्षरलाई मान्यता प्रदान गर्यो भने बाँकी हस्ताक्षर अदालतको निर्णय लगत्तै पेश गरिएको थियो ।
बहसको मूल विषय यहाँ के हो भने थापाले सम्पन्न भइसकेका सम्पूर्ण प्रक्रिया फिर्ता गर्ने चेष्टा गरेका छन् । जबकि दर्ता भएका र अभिलेखमा रहेका, विशेष गरेर अदालतको निर्णय फिर्ता हुन सक्दैन ।
कमल थापाको पतनको कारक के थियो त ? जवाफ सरल र स्पष्ट छ–उनले आफूलाई पार्टीभन्दा माथि राखे । अर्को अर्थमा उनले बग्गीलाई घोडाभन्दा अगाडि राखे जसकारण दुर्घटना निश्चित थियो । के उनी साँच्चै पार्टीको सिद्धान्तप्रति इमान्दार थिए ?
पार्टी एकतापछिका केन्द्रीय कार्यसमितिका बैठकहरुमा कमल थापाले विद्युतीय प्रस्तुति मार्फत संविधान संशोधन गर्नेका बाध्यता केन्द्रीय सदस्यहरुलाई प्रस्तुत गर्नुभएको थियो र सो प्रस्तुतिमा संविधान संशोधन राष्ट्रको हितमा छ भन्ने वहाँको टिप्पणी पनि थियो । उहाँ केपी ओलीको सरकारमा उपप्रधानमन्त्री हुँदा भारतमा गएर लिखित प्रस्तावना संशोधनबारे भारतको नेतृत्व पंक्तिसँग छलफल गर्नुभएको थियो । त्यो छलफलपछि भारत र नेपालबीच नाकामा समस्या सहज हुँदै गयो । राष्ट्रवादीहरु जान्न चाहन्छन्- त्यो सम्झौता के थियो र ?
प्रचण्डको सरकारमा संविधान संसोधन सुनिश्चितताका लागि मधेशी दलहरुसँग सहमति गरेर सरकारमा जानुभयो र प्राप्त भएको औपचारिक जानकारीका अनुसार उहाँकै अगुवाइमा संविधान संशोधन लेखिएको थियो । तर, स्वाभिमानको नाममा उहाँले आपै+mले अनुमोदन गरेको संशोधन प्रस्तावलाई सत्तामा जाने बार्गेनिङको कडी बनाउनुभयो । यो रणनीतिक भूलले पनि उहाँलाई धेरै अवसरवादीको रुपमा छर्लङ्ग पार्यो ।
राप्रपा विभाजनमा नेपाली कांग्रेस र माओवादीको हात छ भन्ने प्रश्नमा यदि यो साँचो हो भने कमल थापाले कहाँ र कसरी भन्ने कुरा स्पष्ट गर्नुपर्दछ । थापाले लगाएको आरोप उनी आफैंले स्थापित गर्न सक्छन् कि सक्दैनन् भन्ने आम जनताले जानकारी पाउनुपर्छ ।
गणतान्त्रिक संविधानलाई विश्वकै उत्कृष्ट भनेको र राष्ट्रपति निर्वाचनमा प्रस्तावक भएको कारण उनी निष्ठामा अड्न नसकेको घाम जतिकै छर्लङ छ । आफूसँग कुनै विकल्प नरहेको भन्ने उनले तर्क गर्न सक्छन् जसमा म असहमति जनाउदिन । यद्यपि उनले फरक मत दर्ता गर्नुको साथै केपी ओली सरकारलाई बाहिरबाटै समर्थन गर्न पनि सक्थे । उनले प्रचण्ड सरकारमा सहभागी नहुने निर्णय लिन सक्थे तर पार्टीभित्र कुनै सल्लाह नै नगरी हतारमा सरकारमा सहभागी बने ।
स्थानीय निर्वाचन सम्पन्न गर्न सरकारमा सहभागी भएको भन्ने थापाको दावी भए पनि कार्यसम्पादन समितिको बहुमत विरुद्ध राष्ट्रपति विद्या भण्डारी सँगको भेटपछि उनले सरकार छाड्ने निर्णय गरे । सोही दिन दुई चरणमा सम्पन्न कार्यसम्पादन समितिको वैठकबीच राष्ट्रपति सँगको भेटपश्चात थापाले सरकार छाड्ने निर्णय किन गरे भन्ने तथ्य रहस्यको गर्भमै छ ।
***************डा. तुलसी गिरीसँगको प्रथम भेटमा थोरै शब्दमा धेरै बताएको म सम्झछु– कि त कमल थापालाई हटाउनु, नत्र अर्को विकल्प रोज्नु****************सार्वजनिक रुपमा सम्मानजनक उपस्थितिको तर्क जति नै प्रस्तुत गरे पनि कमल थापाले शेरबहादुर देउवा सरकारमा समावेश हुन सक्दो प्रयास गरेका थिए । यद्यपि प्रचण्ड सरकार त्यागेपछि काठमाडौं र ललितपुरमा एमालेसँग चुनावी गठबन्धन कायम गर्ने रणनीतिक त्रुटीका कारण थापाको छवि झन् ओरालो लागिसकेको थियो ।
राप्रपा विभाजनमा अहमताको पनि प्रभाव रह्यो । संसदीय दलको बैठकमा थापाले आफूलाई निरंकुश प्रवृति भएको सामन्तीका रुपमा प्रस्तुत गरेकै कारण उनीसँग सहकार्य गर्न इच्छुकहरुको मन परिवर्तन भयो ।
संसदीय दलको बैठकहरुमा विगतमा प्रदर्शित असहमतिलाई लिएर सांसदहरुमाथि भौतिक आक्रमण भएमा आफू जिम्मेवार नहुने भन्ने जस्ता धम्कीकै कारण थापाप्रति ठूलो आक्रोश सिर्जना भयो ।
राप्रपा विभाजनमा वाह्य शक्ति जिम्मेवार छन् ? यदि त्यसो हो भने कहाँ, कसरी र कुन हदसम्म वाह्य शक्तिको भूमिका रह्यो भन्ने अवस्था कमल थापाले स्पष्ट किटानी गर्नुपर्छ ।
अनैतिक मानिसका लागि राष्ट्रियताको नारा अन्तिम सुरक्षाकवज हो भन्ने भनाइ छ । यस अवस्थामा पश्चिमा शक्तिको आर्थिक प्रभावमा परेर थापाले धर्मनिरपेक्षताको पक्षमा मतदान गरे भन्नु न्यायसंगत हुन्छ त ? तर, हामी त्यसो भन्दैनौं । तथापि राष्ट्रियताको कार्ड केही हदसम्म मात्र प्रयोग गर्न सकिन्छ, यसले सधैं, सबै कमजोरीबाट सुरक्षित राख्न सक्दैन ।
राप्रपा विभाजनमा नेपाली कांग्रेस र माओवादीको हात छ भन्ने प्रश्नमा— यदि यो साँचो हो भने कमल थापाले कहाँ र कसरी भन्ने कुरा स्पष्ट गर्नुपर्दछ । थापाले लगाएको आरोप उनी आफैंले स्थापित गर्न सक्छन् कि सक्दैनन् भन्ने आम जनताले जानकारी पाउनु पर्दछ ।
के हामी एकजुट हुन सक्छौं ? राजनीतिमा असम्भव भन्ने नभए पनि मिलन हुँदैन भन्नेमा म विश्वस्त छु । किन ? मेरा हजुरबुबा सूर्यबहादुर थापाले कमल थापासँगको एकता उनका लागि मात्र नभएर हाम्रा लागि समेत प्रत्युत्पादक हुने बताएको म स्मरण गर्दछु ।
अब बाटो के त ? अबको विकल्प भनेको सम्र्वद्धनवादी शक्तिबीचको एकता नै हो । तर, यो कमल थापाको नेतृत्वमा सम्भव छैन । सूर्यबहादुर थापाको अनुपस्थितिमा उनलाई अवसर प्राप्त भएकै हो तर उनले आफ्नो जिम्मेवारीको गाम्भीर्यता बुझ्न सकेनन् ।
सूर्यबहादुर थापा, पदमसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र जोगमेहर श्रेष्ठ जस्ता पार्टीका संस्थापक नेताहरुको योगदानलाई नजरअन्दाज गर्दै राप्रपा नेपालसम्वद्ध दिवंगत नेताको भूमिका उजागर गरेर राप्रपाको इतिहास तोरमरोड गर्ने गल्ती उनीबाट भएको देखियो । चन्द्रबहादुर गुरुङको चर्चा गर्ने क्रममा सूर्य बहादुर थापाको योगदान र विरासत भूल्न सकिन्छ र ?
हजारौं लाखौं नेपालीहरु राप्रपा सफल भएर बृहत आकार ग्रहण गरेको हेर्न चाहन्छन् । यद्यपि कमल थापाको स्वार्थ र उनको अघिपछि गर्ने जनमतविहीन चाकरबाट मुक्त भएर मात्रै राप्रपाले विकसित स्वरुप ग्रहण गर्न सक्दछ ।
डा. तुलसी गिरीको नेपाल पुनरागमनले कमल थापालाई लाभ पुग्छ भन्ने मलाई लागेको थियो । तर, डा गिरीसँगको प्रथम भेटमा वरिष्ठ नेताले थोरै शब्दमा धेरै बताएको म सम्झछु– कि त कमल थापालाई हटाउनु, नत्र अर्को विकल्प रोज्नु । अवसरवादीले राप्रपाको नेतृत्व गरिरहेका कारण राप्रपालाई जनताले अवसरवादी राजनीतिक दलको रुपमा चित्रण गर्नेछन् ।
डा. गिरीको भविश्यदर्शी वाणी मेरा लागि मात्र नभएर सम्पूर्ण राप्रपा परिवारका लागि नै खतराको घण्टी सावित भयो । किनभने, कमल थापाको साँघुरो नेतृत्व र जनमत नभएका उनका चाकरका कारण सबैको भविष्यमाथि प्रश्नचिन्ह खडा भएको थियो ।
(लेखक राप्रपा प्रजातान्त्रिकका युवा नेता हुन् र उनको यो लेख सान्दर्भिक ठानेर अनलाइन खबरबाट लिइएको हो )
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक