20170829

अमेरिकाको टेक्सास राज्यको एउटा महत्वपूर्ण र ठुलो शहर Huston र वरपरका कयौँ स्थानहरुमा Hurricane Harvey नाम दिइएको बिनाशकारी आँधी र त्यस सँग सँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति ! हेर्नुस फोटो भिडियो र समाचार

Breaking News ! 
Updated ... टेक्सस अमेरिकाका लागि प्रार्थना गरौँ ! नेपाली परिवारहरु पनि प्रभाबित हुनेगरी अमेरिकाको टेक्सास राज्यको एउटा महत्वपूर्ण र ठुलो शहर Huston र वरपरका कयौँ स्थानहरुमा Hurricane Harvey नाम दिइएको बिनाशकारी आँधी र त्यस सँग सँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति भएको खबरले हामी चिन्तित छौँ । नेपाली दाजुभाइ दिदी बहिनीहरु सुरक्षित रहनुहोला । सरकारी निकायका सूचना र अपडेट फलो गर्नुहोला । दिबँगत समस्त आत्माहरु प्रति श्रध्दान्जली, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।
अमेरिकाको टेक्सास राज्यको एउटा महत्वपूर्ण र ठुलो शहर र वर परका कयौँ स्थानहरुमा  नाम दिइएको बिनाशकारी आँधी र त्यस सँग सँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति भैरहेको छ । लाखौंँ लाख स्थानियबासीहरु प्रभाबित मात्र बनेका छैन उनिहरुका घर डुबानमा छन र उनिहरु सेल्टर लिन वाध्य
भएका छन ।

शुक्रबार रातिदेखि सुरु भएको आँधी सहितको वर्षाले ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल पुरै बन्द भएका छन् । मानिसहरु घरबाहिर निस्कन समेत सकेका छैनन् स्थानिय हिमालय खबर लेख्छ । ह्युस्टन महानगरको डाउनटाउन, मेयरल्याण्ड, साइप्रस, केटी, रिचमण्ड, क्लियरलेक, लिगसिटी, मेडिकल सेन्टर, रोजन्सवर्ग सर्वाधिक प्रभावित भएका छन् । प्राय सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन् । जहाँ गाडी होइनन् डुंगाहरु छन् ।

सरकारले केही स्थानहरुमा सर्वसाधारणलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान आदेश दिएको छ । स्थानीय चर्चित बेन्टब हस्पिटलमा समेत सबै बेडहरु खाली गरेर बिरामीहरुलाई अन्यत्रै सारिएको छ ।

मौसम विभागले आउँदो बुधबारसम्म वर्षा जारी रहने जनाएको छ । हुरिकेन हार्बी सहितको बर्षाले नेपालीहरु समेत विस्थापित भएका छन् । झण्डै एक दर्जन भन्दा धेरै नेपाली परिवार विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन । यस बाट प्रभावित  हुने नेपाली संख्या अरु बढ्ने स्थानीय नेपालीले  हिमालयखबर संग बताएका छन् I नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिरमा समेत बाढी पसेको छ ।

कतिपय स्थानहरुमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । पीडितको राहत र बसोबासको लागि सबै समुदाय जुटेका छन् । धेरै रेष्टुरेन्टहरुले पीडितहरुका लागि निशुल्क खानाको समेत व्यबस्था गरेका छन् ।

२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधबारदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक