20170813

नेपालमा बाढी पहिरो बाट ६६ जनाको ज्यान गैसकेको, २८ घाइते र ५३ जना बेपत्ता भएको गृह मन्त्रालयको पुस्टि



विगत चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व –पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक । राजमार्गमा सवारीसाधन आवागमन बन्द भएको छ । तस्बिर: अजय शाह, महोत्तरी, रासस
काठमाडौँ, २९ साउन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ ।
वीरगन्ज डुबानमा: चार दिनदेखीको वर्षाका कारण वीरगन्जको राधेमाइटोल, ७ नतसीपुर नयाँ बस्तिसहित डुबानमा । तस्बिर: बिजयकुमार महतो, पर्सा, रासस
गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण बाढीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले उद्दार गर्दै प्रहरी । तस्बिर: प्रदीपराज वन्त, रासस
त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक/एक जना बेपत्ता भएका छन् ।
कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएर सडक अवरुद्ध बन्दै । तस्बिर: प्रदीपराज वन्त, रासस
विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ । रास

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक