20170901

हाल सम्मकै एउटा फरक, मौलिक नेपाली गजल " मार्नु सम्म मारी गयौ अर्कै सँग " रिलिज भयो संसार भर !



" मार्नु सम्म मारी गयौ अर्कै सँग " । 
आज देखी रिलिज भयो संसार भर ! 
हाल सम्मकै एउटा फरक, मौलिक नेपाली गजल, आफुले चाहेका तर नपाएका र बिछोडमा परेकाहरुको राम कहानी " मार्नु सम्म मारी गयौ अर्कै सँग " मेरो शब्द अनि स्वरमा रहेको यो गजललाई मिठो संगीतमा ढाल्ने मेरो प्यारो भाई, हालको चर्चित गायक एबम संगीतकार थानेश्वर गौतम र एरेन्जर मित्र बिबी अनुरागी प्रति म आभारी छु । 
मेरी छोरी सुस्माले जिबनमा पहिलो पटक मलाई नै निर्देशन गरी ! बाबा यसो गर्नुस् उसो गर्नुस् भनी भनी निर्देशन गर्दै थिइ उ र म थपक्क उसले भनेको मान्दै थिएँ । छोरीले निर्देशन, छायाँकन र सम्पादन गरेको यो पहिलो भिडियो हो । एउटा बाबुलाई उसको सन्तानले निर्देशन गर्दाको क्षण त्यो पनि अत्यन्त रमाइलो हुने रहेछ । तपाईंलाई कस्तो लाग्छ कुन्नी ? - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक