20170917

ग्लोबल भुटनिज हिन्दू अर्गनाइजेशन अमेरिकाद्वारा आयोजित युवा सम्मेलन बिभिन्न महत्वपूर्ण निर्णय गर्दै र साथमा योगा, प्रबचन र भजन सहित सम्पन्न

ग्लोबल भुटनिज हिन्दू अर्गनाइजेशनद्वारा अमेरिकाको West Virginia स्थित New Brindaban Temple मा आयोजित युवा सम्मेलन बिभिन्न महत्वपूर्ण निर्णय गर्दै र साथमा योगा, प्रबचन र भजन सहित सम्पन्न भएकोछ । सेप्टेम्बर १५, १६ र १७ गते गरी तीन दिन सम्म चलेको युवा सम्मेलनमा योगा र प्रबचनका लागि आचार्य भिमसेन सापकोटा अस्ट्रेलियाबाट र प्रबचन तथा भजनका लागि अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष लोक दोहोरी
गायक रामप्रसाद खनाल अमेरिकाबाट बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
सेप्टेम्बर १५ देखी १७ सम्म चलेको उक्त युवा सम्मेलन कार्यक्रममा योगा, धर्म एबम जिबनपायोगी प्रबचन, भजन, शिप बिकास सम्बन्धी बिभिन्न कार्यक्रम संस्थाका अध्यक्ष कमल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो जहाँ आचार्य भिमसेन सापकोटा, लोक दोहोरी गायक एबम पत्रकार राम प्रसाद खनाल, भीम तिमील्सिना, टिका आचार्य, हरी फुएल, श्याम गौतम, सुनिता तिमील्सिना, भोला ढुंगाना, काशी अधिकारी, प्रल्हाद मिश्र, कमल सुबेदी बक्ताहरुले आ अाफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम का सबै निर्णय संस्थाले कम्म्युनिटिलाई शिघ्र जानकारी गराउने अध्यक्ष कमल धिमालले बताउनुभयो । फोटोहरु आफै यसरी समाचार बोल्छन !                          


कस्तो छ त न्यू ब्रिन्दाबन मन्दिर अमेरिकामा ? कस्तो छ त कृष्ण मन्दिर त्यहाँ ? हेर्नुस भिडियोहरु  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक