(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170911

कमल थापालाई लोप्पा ख्वाउँदै फेरी मन्त्री थपे देउबाले ! ५४ सदस्यीय जम्बो मन्त्री मण्डल !! अझै मन्त्री राज्यमन्त्री र सहायक मन्त्री थप्ने देउबा र प्रचन्डको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय
प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

५४ सदस्यीय मन्त्रिपरिषद्लाई  कार्यालयको व्यवस्थापनमा समस्या छ। भूकम्पपछि सिंहदरबारको मुख्य भवन भत्केको छ। प्रधानमन्त्रीको कार्यालय पहिलो स्थानीय विकास मन्त्रालय भएको स्थानमा सारिएको छ। दुई-तीनवटा मन्त्रालयलाई एउटै भवनमा बस्न बाध्य भएको अवस्थामा ठूलो मन्त्रिपरिषद हुँदा एउटै कोठा पार्टेशन गरेर मन्त्रालयको नामाकरण गर्नुपर्ने अवस्था अाउन सक्छ। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो। यो पटकको विस्तारसँगै देउवा मन्त्रिपरिषद नेपालको इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद बन्न पुगेको छ। देउवा मन्त्रिपरिषद ५४ पुगेको हो।
पछिल्लो समयमा थपिएका राज्यमन्त्रीले सबैलाई अहिलेसम्म कार्यालयको व्यवस्था गर्न सकिएको छैन। एउटा मन्त्रालयका दुई मन्त्रीलाई उत्तिकै स्थान र स्रोतसाधन उपलब्ध गराउन कठिन  हुन्छ। एउटालाई हेपेको महसुस हुन्छ। त्यसैबाट मनोमालिन्य सुरु हुन्छ। एउटा मन्त्रालयमा एकभन्दा बढी मन्त्रीको नियुक्त गर्नु भनेको शक्ति बाँडफाँट हो। तर नेपालको संस्कार त्यस्तो छैन। फाइल तानातान हुने, एकले गरेको कामको अर्कोले भाँजो हाल्ने, फाइल नै अड्काइदिने किसिमको व्यवहार हुँदै अाएको छ। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक