20170918

अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम आयोजना !

अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज,  दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम !
प्रबेश : निशुल्क
दशैँ सहभोज : निशुल्क
दक्षिणा : निसेध
स्थान : 14102 Wood Rock Way, Centreville, VA, 20121
मिती - अक्टोबर १, आईतवार, दिउँसो १ बजे
उद्देश्य : नेपालीहरुको महान चाड बडा दशैँको महत्व, भाईचारा, एकता, सँस्कृती र बिदेशमा पनि आफ्ना सन्ततिहरुलाई दशैँको महत्व बारे सिकाउन बुझाउन र निरन्तरताको लागि ।   
आयोजक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी   
 आदरणीय महानुभावज्यूहरू,
नमस्कार अनि विजया दशमी २०७४ को सुखद उपलक्ष्यमा हार्दिक मँगलमय शुभकामना !
सनातन धर्मावलम्बीहरू तथा नेपालीहरूको महान चाड विजया दशमी २०७४ को सुखद आगमन भईरहेको
हामी सबैलाई विदितै छ। विजया दशमी सामाजिक, साँस्कृतिक एवं धार्मिक रूपमा वैभवशाली त छदैछ, तात्विक रूपमा पनि त्यत्तिकै महत्वपूर्ण छ।

नेपाली सन्दर्भमा हेर्दा यो चाड अनेकतामा एकता, विविधतामा एक रूपता कायम गर्दै सामाजिक, साँस्कृतिक एकता सूत्रको रूपमा सदियौँ देखि साझा धरोहर  स्थापित हुदै आएको छ। धार्मिक रूपमा हिन्दूत्व (सनातन धर्म) , आध्यात्मिक रूपमा ॐ कार परिवार र सामाजीक साँस्कृतिक रूपमा नेपाली पन अनि मनको प्रतिबिम्ब बन्दै आएको छ विजया दशमी । सामाजिक साँस्कृतिक एवं तात्विक महत्वको यो महान चाडलाई राजनैतिक स्वार्थले प्रेरित हुदै असान्दर्भिक, अवैज्ञानिक एवं कुनै विशेष जाती समूहको मात्र भएको भन्दै लाञ्छना लगाउने दुष्प्रयास गरेको पनि देखिन्छ। दशै बहिष्कार तथा बिरोधका झिना-मसिना आवाजहरू यदा-कदा सुनिन्छन् पनि। तर वास्तविकतामा यो चाड सबैको साझा चाड हो। सामाजिक साँस्कृतिक एकताको सूत्र हो। सामाजिक न्याय अनि सत्य यात्राको निरन्तरता हो। वैदिक र तान्त्रिक अनि आध्यात्मिक र तात्विक मान्यता बोक्ने र मान्नेहरूको संगम हो। तसर्थ यो चाडलाई हामी सबै मिलेर मनाउनु र यसका महत्वहरूलाई हाम्रा सन्ततीहरू मार्फत समाजलाई सुसुचित  गर्नु तपाँई हामी सबैको साझा दायित्व हो।

यसर्थ यिनै महत्व र जिम्मेवारीलाई आत्मसात गर्दै अनेसास वाशिङटन डि सी मेट्रो कमिटीले यही आउदो अक्टोबर १ तारिख २०१७ का दिन दिउसो २ बजे देखि साँझ ६ बजे सम्म  14102 Wood Rock Way, Centreville, VA, 20121 स्थित हाम्रा उपाध्यक्ष श्री अरूण रूपाखेतीज्यूको निवासमा, हाल अमेरिकाको डी सी ग्रेटर क्षेत्रमा रहनु भएका जेष्ठ नागरिक आमा बुवाहरूको करकमलबाट सामुहिक टीका तथा आशिर्वाद ग्रहण गर्दै विजया दशमी चाड मनाउने निधो गरेको छ। हाम्रो साझा धरोहरको सँरक्षण, संवर्धन एवं पहिचान गर्दै सामाजीक साँस्कृतिक एकता दर्शाउने उक्त पवित्र चाड दशैँका सन्दर्भमा आयोजित दशैँ टिका ग्रहण, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रममा     उपस्थित भई योगदान पुर्याउनुहुन हामी सबैमा सादर अनुरोध गर्दछौं।

उक्त कार्यक्रममालाई ब्यवस्थित तवरले सफल तुल्याउन यस सँस्थाका उपाध्यक्ष श्री अरूण रूपाखेतीज्यूको सँयोजकत्वमा र अनेसास डिसीका सबै पदाधिकारी तथा सदस्यहरु रहनुभएको दशैँ बिशेष कार्यक्रम आयोजक समिती गठन गरिएको छ। सदा झैं यस पटक पनि सबैलाई सहयोगका निम्ती अनुरोध छ।

आयोजक :
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी


संपर्क:
रामप्रसाद खनाल
होमनाथ सुबेदी
अरूण रूपाखेती
बिमला निरौला
रजनी श्रेष्ठ
भुपनारायण घर्तिमगर
नीरा शर्मा
पुष्कर पन्त
अनिल खनाल
रबीन्द्र श्रेष्ठ
दुर्गा रिजाल
पुष्पा घिमिरे
नीलकण्ठ सुबेदी
कृष्ण अधिकारी
बृहस्पति लम्साल
शकुन्तला अधिकारी
गोमा न्यौपाने
लोक कुमारी सुबेदी
बिकास अधिकारी
संगीता पन्त
सुजना ढकाल
सुनीता खत्री
बिना घर्तिमगर
मनिषा प्रसाई
अम्बिका गुरुङ
बिश्वराज थापा
डा. गुण सुबेदी
डा. रघुनाथ अर्याल
डा. अनिल सुवाल
डा. राजेश सुबेदी
डा. सुरेश बस्नेत
डा. सुनिल शर्मा
डा. राजु बिक
डा. जुडी फ्रेडिक्सन
डा. नन्दिता सुबेदी
डा. रेहा पोखरेल
डा. कबिता घिमिरे
डा. होम बहादुर थापा
गुणराज लुइँटेल
अशोकनाथ तिवारी
मन कुमारी थापा
सुजीत अर्जेल
गोबिन्द मैनाली
प्रेम सङ्रौला
खेम भट्टचन
मोनिका माली
हरि घिमिरे
बिजया शाह
प्रकाश नेपाल
भीम रेग्मी
मन्जु कार्की
सुदीपभद्र खनाल
राजिब मैनाली
डा. गोपी उप्रेती
चेतन सिटौला
सीता पाण्डे
पुरु सुबेदी
खिमानन्द आचार्य
दीप्ती शर्मा
एबम 
अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक