20170914

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया बराबरको सहयोग प्रदान !

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया बराबरको सहयोग प्रदान गरेको छ । अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत उक्त सहयोग दिइएको हो ।  उक्त सहयोग सम्बन्धी सम्झौतामा बिहीबार वासिंटन डिसीमा हस्ताक्षर भएको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख जोनाथन नासले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा अमेरिकी उपविदेशमन्त्री पनि सहभागी थिए । कार्यक्रम बोल्दै नासले अमेरिकाले यसलाई अनुदान मात्र नभई र दुई देश बिचको निकट सम्बन्धका रूपमा लिनु पर्ने बताएका थिए । अर्थमन्त्री कार्कीले पनि नेपाललाई यो सहयोगलाई उच्च प्रथामिकतामा राखेको धारणा व्यक्त गरेका थिए । 
 
नेपाली राजदूतावास, वासिङ्गटन डि.सी - विज्ञप्ति 
नेपालको पूर्वाधार क्षेत्रका परियोजनाहरु कार्यान्वयनका लागि अमेरिकी सरकारको Millenieum Challenge Corporation (MCC) नेपाललाई 500 million अमेरिकी डलर अनुदान सहायता रकम प्रदान गर्न सहमत भएको छ । उक्त परियोजनाको कूल लागत 630 million अमेरिकी डलर मध्ये नेपाल सरकारको तर्फबाट 130 million अमेरिकी डलर बराबरको योगदान रहने छ।
 
MCC को यो Compact Agreement दक्षिण एसियामै पहिलो हो जसले क्षेत्रीय उर्जा सञ्जाल विस्तार गर्न र यातयातको लागत न्यून गरी उच्च आर्थिक वृद्वि र रोजगारी सिर्जना गर्न तिब्रता प्रदान गर्नेछ । यो परियोजनामा आफ्नो प्रतिवद्व रकम उपलब्ध गराई समयमै सम्पन्न गर्न नेपाल सरकारले स्वामित्व ग्रहण गर्नेछ । यो सहायताले नेपालमा उर्जा र यातयात क्षेत्र, सुशासन, खरिद, नयाँ व्यवसायको सिर्जना र प्रविधि हस्तान्तरणका क्षेत्रमा नेपाल सरकारले अगाडि बढाएको सुधारको प्रयासमा मद्दत पुर्याउनेछ । 
 
सो परियोजनाको उद्देश्य देशका विभिन्न भागमा करिब 300 कि.मी विद्युतीय प्रशारण लाइनहरुको निर्माण तथा करीब 300 कि.मी सडकमार्गको मर्मत गर्ने रहेको छ। 
उक्त सहायता सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री श्री ज्ञानेन्द्रवहादुर कार्की र अमेरिकी सरकारको तर्फबाट MCC का Acting CEO Mr. Jonathan Nash द्वारा आज एक विशेष समारोहका बीच वासिङ्गटन डि.सी स्थित अमेरिकी विदेश मन्त्रालयको Treaty Room मा हस्ताक्षर सम्पन्न भयो। उक्त सम्झौता समारोहमा अमेरिकी विदेश मन्त्रालयका Deputy Secretary of State Mr. John J. Sullivan, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, नेपालका लागि अमेरिकी राजदूत Ms. Aliana B. Teplitz एंव नेपाल सरकार तथा अमेरिकी सरकारका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । 
 
उक्त समारोहमा माननीय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले “यो Compact Agreement  को एक हस्ताक्षरकर्ता भएकोमा खुसी व्यक्त गर्दै यस सहायताले नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध तथा आर्थिक सहायताको क्षेत्रमा नयाँ आयाम थपेको” कुरा व्यक्त गर्नुभयो। 
 
सोही अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले “यो सहायता नयाँ US Administration को तर्फबाट नेपालको लागि उल्लेखनीय रहेको र यो नेपालको विकासको लागि कोशेढुङ्गा सावित हुने” कुरा व्यक्त गर्नुभयो । 
 
सो समारोहमा US Deputy Secretary of State Mr. John J. Sullivan ले परियोजनाको सफल कार्यान्वनको शुभेच्छा व्यक्त गर्दै अमेरिका-नेपाल द्विपक्षीय सम्बन्धको ७० औ वर्षगाठको अवसरमा प्राप्त यो सहायता नेपाली जनताको लागि महत्वपूर्ण हुने कुरा व्यक्त गर्नुभयो ।  
 
नेपाल सरकारले यो अनुदान सहयोगको लागि र निरन्तर रुपमा नेपालको सामाजिक-आर्थिक विकासमा गरेको योगदानको लागि अमेरिकी सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ ।
 
नेपाली राजदूतावास
वासिङ्गटन डि.सी
14 सेप्टेम्बर 2017 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक