20171016

अमेरिकामा कलिवुड नाइट यसरी भब्य रुपमा सम्पन्न भयो ! फोटो, भिडियोहरु आफै समाचार बोल्छन !

कलिवुड नाइटका लागि बिगत १ महिना देखी कलाकारहरु नबिन केसी, पुश्कर पन्त र लुना श्रेष्ठ रातदिन नभनी लागेको मेहनत र पसिनाको फल अक्टोबर १४ मा त्यतिखेर भर्जिनियाबासीले देख्न पाए जतीखेर कलाकारहरुका एक से एक प्रस्तुती लिएर मँचमा प्रस्तुत भए । अनेन्डेलको नोभा कलेज को हलमा आयोजित कलिवुड नाइट नाम
दिइएको बिशेष साँस्कृतिक कार्यक्रमका नायिका झरना थापा, नायकहरु दिलिप रायमाझी, जीवन लुइँटेल, राज बल्लभ कोइराला, अमृत लामा, सुनिक्षा मैनालीको प्रस्तुतिले भरपुर मनोरन्जन दिएको थियो । धेरै चलचित्र र तिनका नायक नायिकाका गुरु, कोरियोग्राफ क्षेत्रका हस्ती नबिन केसी र लुना श्रेष्ठको नाचको के कुरा गर्नु ! कसले भन्नु मन परेन भनेर । लोक दोहोरी गायक रामप्रसाद खनाल र गायक दीपक लिम्बुका गीतहरुले आनन्दित दर्शक दिर्घालाई हँसाउन छँदै थिए - प्यारोडी किङ रतन सुबेदी, हाँस्य ब्यँग क्षेत्रका हस्तिहरु पुश्कर पन्त, गोपाल नेपाल फिस्टे, राजेश नाथ ( बैतडी बाजे )। कार्यक्रममा नबिन र लुनाले अतिनै मेहनत गरेको सुपर ममहरुको प्रस्तुती, स्ठानिय बाल कलाकार देखी बयस्क कलाकार हरु सम्मका प्रस्तुती मन छुने खालका थिए । डिसी मेट्रो क्षेत्रका दर्शकहरुको राम्रो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रम कलाकार मिनाक्षी बन्दना र परशु तिमील्सेनाले सँचालन गरेका थिए । कार्य्रक्रम पछि कलाकारहरुले सामुहिक खाना खाएका थिए भने भोली पल्ट आयोजित समरोहमा सहभागी कलाकारहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । एउटा सफल कार्यक्रमका लागि नेपाल मदर डट कम आयोजक नबिन केसी र पुश्कर पन्तलाई हार्दिक बधाई ज्ञापन गर्दछ । कार्यक्रमको सफलता प्रति खुशी ब्यक्त गर्दै आयोजक नबिन केसी र पुश्कर पन्तले सबै दर्शक, सहयोगीहरु, मिडियाहरु सबैमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रमका तस्बिरहरु र केही भिडियोहरु यसरी समाचार बोल्छन :










केही प्रस्तुतिहरु हेर्न तलका लिन्क क्लिक गर्न सक्नुहुन्छ । 
https://www.facebook.com/sagarkach/posts/10155795114574717?pnref=story


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक