20171002

अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम सम्पन्न !


देश भित्रै दशैँ बहिस्कारका नाममा केही भस्मासुरहरु बिकी रहेका बेला र दशैँ बहिस्कार गर्न लगाउने खलनायकको निधारमा २२ बर्ष पछी दशैँ को टिका टिकी रहेका बेला, नेपालीहरुको महान चाड दशैँको बारेमा, सबै नेपालीको चाड दशैँको बारेमा सन्देश दिन, सबैलाई एक भएर दशैँ मान्न आह्वान गर्ने सन्देश दिनका निम्ती नेपाल र नेपाल बहिर पनि पहिलो पटक, अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम भब्य रुपमा सम्पन्न
गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी द्वारा आयोजित उक्त कार्यक्रममा सबै जात जाती, भाषा भासी, हिमाल, पहाड, तराइका मान्यजनहरुलाई मँचमा राखेर उनिहरुबाट उपस्थित सबै सहभागीले टिका, जमरा सँगै आशिर्बाद ग्रहण गर्दाको क्षण र सन्देश अत्यन्त महत्वपूर्ण थियो । दक्षिणा लिन दिन निसेध गरिएको उक्त कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले गर्नु भएको थियो भने सँचालन अनेसास डिसीका महासचिब पण्डित भूप नारायण घर्ति मगरले ।

कार्यक्रममा दशैँको बारेमा बिद्वतहरु चेतन सिटौला, डा. होम बहादुर थापा, र भूप नारायण घर्ति मगरले प्रकाश पार्दै दशैँ कुनै जात बिशेष को नभएर सबैको भएको र सबै नेपालीले मनाउँदै आएको बताउनु भयो । ( वहाँ हरुका सारगर्भित दशैँ मन्तब्य कार्यक्रमका भीडियोहरुमा पुरा प्रस्तुत छन हेर्नुहुन अनुरोध छ )

अनेसास डिसी उपाध्यक्ष एबम कार्यक्रम सँयोजक अरुणा रुपाखेतिले स्वागत भासण गर्दै यो कार्यक्रम को अलग महत्व भएको र यस्तो कार्यक्रममा सबैलाई स्वागत गर्न पाउँदा आफु हर्सित भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जसले दशैँ बहिस्कारको अभियान चलाएका थिए तिनै महिसासुरले पनि दशैँ टिका लगाउन शुरु गरी सकेको  प्रसँग कोट्याउँदै भन्नु भयो "धर्म खायो, कर्म खायो, महिसासुरले २२ बर्ष पछी दशैँ टिका लायो" अब सबैको चेत खुलोस । हामी सबै नेपाली हौँ, चाडवाड मिलेर मनाउने हाम्रो सँस्कारलाई बँचाइ राखौं भन्नुभयो ।

कार्यक्रममा छन्द कवी सुदिपभद्र खनाल, कवयित्री निरा शर्मा, हाँस्य कवी पुस्कर पन्त, कविहरु भूप नारायण घर्ति मगर, मन थापा, नीलकन्ठ सुबेदी, रामप्रसाद खनाल, अरुण रुपाखेती लगायतका कवी कवयित्रीहरुले दशैँ सम्बन्धी कविता, गजलहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित बिशेष अतिथी डा. शुकदेब शाह देखी गीतकार अम्बिका गुरुङ, कलाकार राजेश नाथ सबैले भनाइ थियो - आहा यस्तो पो दशैँ ! यस्तो पो एकताको सन्देश ! सबैले यो कार्यक्रम बाट केही पाठ सिकुन । कार्यक्रममा उपस्थित सबै जात जातजाती भाषा भाषाभासी सबले दशैँ सहभोज गरेर एकताको सन्देश पनि बाँडेका थिए । यस्तो कार्यक्रम यस अघि कहिलै कहीं भएको थिएन, पहिलो पटक भएको कार्यक्रम भएकोले कार्यक्रमको नाम राखिएको थियो "अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम" कार्यक्रम का केही तस्बिर र भिदियोहरु जो आँफै यसरी समाचार बोलिरहेका छन :










No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक