20171027

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा


 अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ । बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उहाँले विश्वास
गर्नुभएको छ । दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । index_4 “अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिका मै हुनेगरेको छ,” उहाँले भन्नुभयो । उहाँकी पत्नी प्रथम महिलासमेत सहभागी भएको ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले थप्नुभयो, “यो समस्याबाट प्रभावित नभएको कुनै क्षेत्र, कुनै समुदाय नै बाँकी छैन ।” उहाँले यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउदै नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनु पर्नेमा जोडदिनुभयो । उहाँले संकटकाल घोषणाकाले अव अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइनेछ । कार्यबाहक स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विषेश व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिनुभएको अधिकारीले बताएका छन् ।

 


नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक