20171217

तैपनी नेताहरुलाई बनाईदिन्छौँ मालामाल !!

जनता सुसूचित गराउने पत्रकार - पार्टीका हनुमान  
दर्शक श्रोता सबैका हुनुपर्ने कलाकार - पार्टीका हनुमान 
डाक्टर, इन्जिनियर, प्रोफेशनल सबै - पार्टीका हनुमान 
पढ्ने विद्यार्थी, पढाउने शिक्षक, प्राध्यापक - पार्टीका हनुमान
पिँढीमा बसेर तमाखु खाँदै लहरे खोँकी खोँक्ने 
हजुर बा, हजुर आमा, बा आमा - पार्टीका हनुमान
काम छैन, काज छैन नेताहरुको दाश बनेर,
उनिहरुकै झोला बोक्ने र उनिहरुकै भाषा खोँक्ने
दाई भाई, दिदी बहिनी - पार्टीका हनुमान
भर्खर नाल झरेका नाती नातिना देखी
छोरा छोरी सम्म - पार्टीका हनुमान
बुझेका पनि हनुमान, नबुझेका पनि हनुमान
अरबका खाडीहरुमा बग्ने,
पसिनाका बाढीहरुमामा बग्ने
दाइभाई दिदी बहिनी पनि - पार्टीका हनुमान
कर्मचारी, पुलिस, सेना - पार्टीका हनुमान
न्यायदिने न्यायाधिश - पार्टीका हनुमान
न्यायको वकालत गर्ने वकिल - पार्टीका हनुमान
नागरिक समाज - पार्टीका हनुमान
मानबाधिकारका कुरा गर्ने - पार्टीका हनुमान
आँखा चिम्लेर मतदान गर्ने - पार्टीका हनुमान
ब्यक्तिगत स्वार्थका लागि नेताका दाश बन्ने,
गुण्डा, डन, माफिया सबै - पार्टीका हनुमान
भ्रस्टाचार र अनियमितताका नायकहरु - पार्टीका हनुमान
स्वतन्त्र मान्छे भेटिन गार्हो
एकादुई भेटिए देखिन गार्हो
सबै राजनीतिज्ञ भएर होला
देशमा परेको छ ईतिहासकै अप्ठ्यारो !
देशमा हाबी छन झोले, खोले र नबोले !
धुलो, धुँवा, अन्याय, अत्याचार, भ्रस्टाचार
हर कुरामा बेथिती र हुँदा पनि हाहाकार !
बिग्रेको देशको भत्केको चाल !
जे कुरामा हेर्नुस् हांडिगाउँको हाल !!
भुकम्प पीडितको च्यातीइसक्यो पाल
तैपनी नेताहरुलाई बनाईदिन्छौँ मालामाल !!
- रामप्रसाद खनाल, December 17, 2017

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक