20171210

मेरो भन्नु यत्ति छ यसपाली ! - रामप्रसाद खनाल

सबै काङ्रेस खराब पनि छैनन  
सबै एमाले अशल पनि हैनन 
सबै मान्छे मुसा पनि बन्दैनन 
कुनै पनि पार्टी या नेताले 
म नराम्रोछु भन्दा पनि भन्दैनन 
छलछाम र अपराधका चमत्कारीले पनि
आफुलाई बुद्ध भन्दा कम गन्दा पनि गन्दैनन
सबै मान्छे रबीन्द्र मिश्र बन्दा पनि बन्दैनन
कोही नजित्नेले जितेका छन
कोही हार्नै नपर्नेले हारेका छन
सोँच्दै नसोँचेकाले यसपाली
चिठ्ठा पनि पारेकाछन
समाज त्यही हो
मान्छे तिनै हौँ
जिताउने हराउने कराउने गराउने
आखिर मान्छे यिनै हौँ
हार्नेलाई सहानुभुति
जित्नेलाई बधाई
जसले जे जे बाट जितेको छ
अब नेपाली बनेर माथि उठ
हार्नेले पनि सघाउन जुट
नेपाल र नेपाली बनेर उठ
नेपाल बनाउँ भनेर उठ
राजनीतिलाई भागनीति नबनाउ
जती गनायौ अब नगनाउ
मधेश नेपालबाट कहिलै नछुटोस
मधेश पहाड र हिमालको नाता नटुटोस
बिदेशमा बस्ने लाखौंँ लाख नेपाली
स्वदेश फर्किने बातावरण बनोस
हरेक नेपालीले नेपाल मेरो हो भनोस
कुनै पनि नेपाली बिदेशी दाश नबनोस
दक्षिणले नहेपोस 
उत्तरले नखेपोस
चुनावका तिक्तता बिर्सिदेउ अब 
मात्र नेपाली बनिदेउ त सब !
जात जाती भाषाभासी 
गाउँ देखी शहरबासी 
मेची देखी महाकाली 
सबैलाई एकतामा जोड्न 
निर्बाचितहरु सफल बनुन यसपाली 
अब कसैलाई जनताले गर्नु नपरोस गाली 
मेरो भन्नु यत्ति छ यसपाली !
मेरो भन्नु यत्ति छ यसपाली !!
- रामप्रसाद खनाल, Dec. 10,2017
visit www.nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक