20171208

काठमाडौं मा चुनावमा पराजय भोगे पछि रबीन्द्र मिश्रको आयो यस्तो प्रेस बिज्ञप्ती

काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति 
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।
“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।
समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि
आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।
यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !
- रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी


*********************************************************************************

सत्य, न्याय, इमान, जमान,
सबै कुरा हराएपछि !
ऐजरुहरु लहरा हाल्दै
भित्रभित्रै पलाएपछि !
यहाँ यस्तै यस्तै हुन्छ साथी !
भ्रममा बाँचेको समाज
तिम्रो इमानको कुरा
कहाँ सुन्छ ?? साथी !
त्यसै किन भनिन्थ्यो र ??
यो शतिले श्राप गरेको देश हो !
त्यसैले तिमी र तिम्रो भिजनले
हारेको बेश हो !
चेत हराएको बस्तीमा
र भ्रमजालले बेरिएको मस्तिमा !
अझ धेरै दु:ख पाउन
बाँकीछ हामीले
कसले पत्याउँछ ? भनेको तिमीले !
किनकी यहाँ झुट र लुटमा
रमाउने बानी परेकोछ !
ढलमतीको बहाब
आज अन्तै सरेकोछ !
मिसिन नपाएर टुकुचा,
बिलिन भई मरेकोछ !
तिम्रो आवाज जसले सुन्नु पर्ने हो
जसले बुझ्नु पर्ने हो
तिनको चाहना कस्तो छ कस्तो छ !!
बुझी नसक्नु छ साथी !
अब फेरि मौलाउने छ लुटतन्त्र
चुनाव खर्च उठाउने छुटतन्त्र
सुशासन सबै भुटतन्त्र
अब ट्वाल्ल परेर हेर्ने त होला !
देश भनेर को नै रोला ??
यहाँ यस्तै यस्तै चलिरहेको थियो !
चलिरहन्छ !
चलिरहनेछ !
थाहा छैन कहिले सम्म ??
जो भी होगा देखा जाएगा
फिक्री नगर साथी !
जे गर्छन् गर्न देउ साथी !
सुँगुरहरुलाई उनिहरुको फोहोरो खोरमै
मर्न देउ साथी !
चिन्ता नलेउ साथी !
- रामप्रसाद खनाल, Nov. 08, 2017

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक