20180110

कविता - ए कान्छा ! - रामप्रसाद खनाल

स्कूल क्याम्पस पढाउने महान गुरुहरु 
जब भदौमा आँखा फुटेका "गोरुहरु" बन्छन !
पार्टी राजनीति गर्दै म फलानो पार्टीको 
उ ढिस्कानो पार्टीको भन्दै
राजनीतिक भाषा भन्छन !
तिनीहरुबाट भबिस्यका कर्णधार विद्यार्थीले
के सिक्लान र खै ??
देश र देशबासीका लागि राम्रो बिद्या
के झिक्लान र खै ????
कि मैले गलत भनेँ कान्छा ?!
तँ आफै भन त कान्छा !
स्कूलमा राजनीति, कलेजमा राजनीति
विद्यार्थी ढुङ्गामुढा गर्छन्,
शिक्षक खोज्छन "भाग" नीति !
यसरीनै चल्दैछ देशको "लाजनीति" !
हेर त कान्छा !
जता हेर राजनिती !
अदालतमा राजनीति
प्रहरी प्रशासनमा राजनीति
स्कूल क्याम्पसमा राजनीति
सगरमाथा, लुम्बिनीमा पनि राजनीति
धर्ममा राजनीति
कर्ममा राजनीति
पशुपती देखी हर कुरामा राजनीति !
ए कान्छा !
तँ आफै भन त
जेल हाल्नु पर्ने अपराधीहरु बोक्ने राजनीति
सोझा साझालाई ठोक्ने राजनीति
पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर
हर क्षेत्र, हर पेशा
जता हेर राजनीति !
अनी राजनीति बन्दैन त "लाजनिती" ??
कान्छा !
सर्मनाक हार हुँदा पनि
लिसो टाँसिएझै टाँसिने राजनीति !
अप्राकृतिक गठबन्धन गरेर
गाँसिनै नहुनेहरु रातारात गाँसिने राजनीति !
सत्य, न्याय सबै मासिने राजनीति !
लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदा पनि
नेपाल आमा धर्धरी रुँदा पनि !
अामाकै बलात्कारमा तल्लिन
राक्षसी नेताहरुकै दौरा समात्ने
अधर्मी सन्तानहरुलाई
म के भनौं र कान्छा ??
तँ आफै भन त कान्छा !
म तोरी लाहुरेले भनेको कसले मान्छ ??
- रामप्रसाद खनाल, जनवरी १०, २०१८

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक