20180122

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना

ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ । चुनावबाट विजयी भइसकेका सांसदलाई अपराधीको जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको एमालेको ठहर छ । बढुवाको लागि कार्य सम्पादन मुल्यांकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीले १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ । प्रहरी महानीरिक्षक बन्न नसकेपछि राजिनामा दिएका सिलवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक