20180108

निर्वाचन आयोगले मनपरी खर्च गरिरहेको सार्वजनिक भएपछि खर्च विवरण सार्वजनिक !

निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभामा भएको खर्चको विवरण सार्वजनिक गरेको छ । चुनावको लागि सरकारले १० अर्व रुपैयाँमध्ये ३० करोड रुपैयाँ पुँजीगततर्फ रकमान्तर गरिएको र ९ करोड ७० लाख रुपैयाँ मात्रै चुनावी खर्चको लागि छुट्याइएको आयोगले जनाएको छ । ९ करोड ७० लाख रुपैयाँमध्ये पुस २१ गतेसम्म ५ अर्व ६२ करोड २१ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । खर्च भएको रकममध्ये ७७ जिल्लामा ४ अर्व ८६ करोड १४ लाख रुपैयाँ दिइएको र बाँकी रकम आयोगको केन्द्रीय कार्यालयले खर्च गरेको छ । सरकारले दिएको बजेटमध्ये अब ४ अर्व ७ करोड ७८ लाख रुपैयाँ बचेको र यो पैसाले राष्ट्रियसभा चुनाव र
राष्ट्रपती तथा उपराष्ट्रपतिको चुनाव गर्ने आयोगले जनाएको छ ।
निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेर मितव्ययी भएर खर्च गरेको पनि आयोगको दाबी छ ।
चुनावमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको र ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगले मनपरी खर्च गरिरहेको समाचार सार्वजनिक भएपछि आइतबार आयोगले खर्च विवरण सार्वजनिक गरेको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक