
कार्यक्रम सकियो र सबै आ आफ्ना बाटो लागे ।
यो शाब्दिक चित्र हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा वाशिङटन डि.सी. मा हरेक महिना आयोजना गरिने "वाशिङटन डिसी साहित्यिक सँगम" को जनवरी श्रीँखलाको । प्रमुख अतिथि बनाईए - अग्रज हाँस्य कलाकार एबम अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले कार्यक्रमले कविता बाचन गरेर कार्यक्रम आरम्भ गरे । पुस्पा घिमिरे, बिमला निरौला, कमला खरेलले स्वागत गान गाए । अनि कविता, गीत, मुक्तक, गजलको लहर चल्यो । भुपनारायण घर्तिमगर, निलकण्ठ सुबेदी, रामशरण हुमागाई, पुरूषोतम सुबेदी, अरूण भट्टराई, नीरा शर्मा, कल्पना सुबेदी, गोमा न्यौपाने, दीपा अधिकारी, बिना घर्तिमगर, सुस्मा खनाल, एकता पौडेल, बिमला निरौला, मोहन निरौला, पुष्पा घिमीरे, गुणराज लुईटेल, सुनीलमणी दाहाल, तारा न्यौपाने, कृष्ण धराबासी, शिवहरी पौडेल, सकुन्तला अधिकारी, रजनी श्रेष्ठ, कमला खरेल, प्रकाश नेपाल, मुकुन्द कोईराला, डा.बिष्णु घिमीरे, रबिन्द्र श्रेष्ठ, रामप्रसाद खनाल, मन कुमारी थापा लगायत आदिले आ आफ्ना रचना बाचन गर्नुभयो । अग्रज हाँस्य कलाकार एबम अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलले कवितामा पनि हँसाउनुभयो र हाँस्यब्यङग मा बाँकी रहने कुरै भएन । कार्यक्रम निकै रमाइलो का साथ सम्पन्न भयो जसमा वाशिङटन डिसी मेट्रो एरियामा बस्ने थुप्रैको उपस्थिती थियो ।
नेपाल फर्किने तयारीमा रहेका कलाकार शिवहरी पौडेललाई कार्यक्रमको अन्त्यमा उपस्थित सबैले बिदाइ पनि गरेका थिए । महा सचिब भुप नारायण घर्ति मगर र अध्यक्ष राम प्रसाद खनालले पौडेललाई खादा सम्मान सहित बिदाइ गरेका थिए ।
कार्यक्रम का तस्वीरहरु आफै समाचार बोल्छन :
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक