20180208

बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय

बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच वर्ष जेल सजायको फैसला सुनाएको हो । 
कडा सुरक्षा व्यवस्थाबीच बंगलादेशको विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला सुनाएका हुन् । अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ । खालिदा जियालाई सजाय सुनाएलगत्तै अदालतपरिसरबाटै नियन्त्रणमा
लिएर जेल लगिएको छ । जियाले फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने त्यहाँको कानुनमनत्रीले जनाएका छन् ।
खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन् ।
जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफु र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाएकी छिन् । यो सजायपछि जियाको राजनीतिक भविष्य अन्धकार बन्न पुगेको छ । किनकि, बंगलादेशको कानुनअनुसार दुई वर्षभन्दा बढी अवधिको सजाय पाएका व्यक्तिले राजनीतिमा संलग्नता जनाउन नपाउने प्रावधान छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक