20180225

पिकनिक गएका प्रधान्मन्त्रीको चर्को भासण : आफ्नै भासण, आफ्नै शैलीले अाफैलाई ब्यङ्ग गरिरहेको पत्तै छैन, दाशहरु ताली मार्छन, हाँस्छन, ओली दङ्ग !

नेपालका सबैभन्दा ठुला भ्रस्ट र हजारौँ अपराधका नायक मानिएका प्रचण्डका सत्ता साझेदार, उनकै बुई चढिरहेका र चढाइरहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसैले भ्रष्टार गर्छ भने त्यो मान्य नहुने बताएका छन् । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिवार गोदावरीमा गरेको बृहत् वनभोज कार्यक्रममा यस्तो बताएका हुन् । ‘भ्रष्टहरू हाम्रो अर्काको, तेरो–मेरो, नजिकको–टाढाको, यताको उताको केही पनि हुँदैन,’ उनले भने, ‘भ्रष्टाचार गरेको पाइएमा, भ्रष्टाचार गरेको उनले कोही पनि टपक्क
टिपेर फुत्त मिल्काइयो भने अचम्म मान्नु पर्दैन’, उनले भने ।
‘भ्रष्ट भयो कि गयो त्यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘नेपालमा अब गुण्डागर्दी, मान्छे तर्साएर चन्दा असुल गर्ने, मानव तस्कर र अन्य प्रकारका अपराधमा संलग्नलाई सरकारले कडाईका साथ कारबाही गर्छ ।’
उनले छोरीहरू बलात्कृत हुँदा मध्यस्तकर्ता बन्ने प्रहरीलाई पनि नछाड्ने सङ्केत गरे । ‘छोरीहरू वलात्कृत हुन्छन् । प्रहरीहरू मध्यस्तकर्ता भएर मिलापत्र गर्दै हिँड्छन् । त्यो अब मान्य हुँदैन,’ उनले भने, ‘पक्रेका अपराधी छाड्दै हिँड्ने कुरा पनि सरकालाई मान्य हुँदैन । कुनै बलात्कारी, कुनै अपराधीलाई छाडिँदैन । पुराना मुद्दा पनि खिचेर ल्याएर यो सरकारले दण्डित गर्छ । कानुनको राज हामी देखाउँछौँ । अब नेपाल बन्छ । अन्यायमा केही पर्दैन ।’
जिन्दगीसँग ठट्टा गर्ने समय छैन
उनले सबै ध्यान समृद्धिमा लगाउने बताए । ‘मेरो पाइला देशको समृद्धितर्फ तर्फ अघि बढ्नेछ,’ उनले थपे, ‘तपाईँहरूका हिराजडित भोटमा मैलो लाग्न दिन्न । तपाईँहरूलाई थाहा छ । म हिजोबाट ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेँ । अब मैले केटाकेटीसँग ठट्टा गर्दा हुन्छ । तर, जिन्दगीसँग ठट्टा गर्ने समय छैन । मसँग प्रयोग गर्ने समय छैन । एउटा प्रयोग गरी हेरौँ न भन्ने समय मसँग छैन । अलिक समय पर्खिऔँ न त भन्ने समय पनि छैन । अब मैले छिटो–छिटो काम गर्नु पर्छ ।’
म कृष्ण, जनता गोपिनी
उनले भावनात्मक ढङ्गले सबै जनतासँग सँगै रहने भन्दै महाभारतको कथा पनि सुनाए । ‘महाभारतमा कृष्णका १६ सय गोपिनी छन् भन्दा धेरैले इष्र्या गरे । धेरै लोभिए । उनीहरूले कृष्णलाई १६ सय आफैँले किन राखेको ? भने’, उनले थप कथा यसरी सुनाए, ‘अनि कृष्णले भने, ‘जुन गोपिनीसँग, वा जुन गोपिनीको खोपीमा म छैन त्यो तिमीहरूले लगे हुन्छ । कृष्णले त्यसो भनेपछि कृष्णका साथीहरू गोपिनी खोज्न गए । गोपिनी भएको ठाउँमा गएर ‘यहाँ त तपाईँ एक्लै हुनुहुन्छ होला’ भन्यो । ‘होइन यहाँ त श्रीकृष्ण हुनुहुन्छ’ भन्छन् । अर्कोमा गयो– ‘यहाँ तपाईँ एक्लै हुनुहुन्छ हो ? भन्यो–‘होइन यहाँ श्रीकृष्णजी हुनुहुन्छ’ भन्छन् । फेरि अर्कोमा गयो– ‘एक्लै हो भन्यो– ‘होइन श्रीकृष्ण हुनुहुन्छ ।’ यसको अर्थ श्रीकृष्ण खोपीमा होइन सबै गोपिनीको मनमा थियो । तपाईँहरू मेरो मनमा हुनुहुन्छ, तपाईँहरू जाँदा पनि गोपिनीहरुले कृष्ण देखेजस्तै म जहाँ पुग्दा पनि म तपाईँहरूलाई देख्छु, भेट्छु, तपाईँहरू मेरो साथमा हुनुहुन्छ । म पनि तपाईँहरूको साथमा छु । मेरो अरू उद्देश्य नै छैन । देश बनाउने मात्रै मेरो उद्देश्य हो ।’
कोही भोकले मर्दैनन्
उनले आफूलाई दुःख–कष्ट थाहा भएको भन्दै भोकले कोही नपर्ने बताए । ‘खान नपाएका अप्ठ्यारा मैले देखेको छु । मान्छेको भोकमरी र कठिनाइ देखेको छु । सरकारले अव विधिवत निर्णय गर्छ अब नेपालमा कोही भोकै पर्दैन । कोही भोकले मन्र्दैन । यो सरकारी नीति हो,’ उनले भने, ‘त्यसपछि घोषणाको सिरिजमा आउँछ । घर नभएको केही नेपाली हुँदैन । चराले गुँड बनाएर बसेको हुन्छ । तर, यत्रो जमिन छ । मान्छेले छाप्रो बनाएर पनि बस्न नपाउने अवस्था हुँदैन ।’
नयाँ पार्टीको नाम फरक, नीति एमालेकै
उनले एमाले र माओवादीबिच एकतापछि बनेको नयाँ पार्टीको नाम फरक भए पनि नीति सबै एमालेकै हुने बताए । ‘मैले २०७४ साल एमालेमय नेपाल भनेको थिएँ । भएको छ र हो । अब एमाले र माओवादी केन्द्र मिल्दै छ,’ उनले भने, ‘नाम अलिकति फरक पर्छ । नाम अलिकति फरक परे पनि काम एमाले हो । नीति एमालेकै हो । फरक पर्ने होइन । मुलुकलाई समृद्धिमा लैजाने जनताको बहुदलीय जनवादले नै हो । स्पष्ट भए हुन्छ । सबै स्पष्ट छन् । स्पष्ट नभएकालाई हामी बुझाउँछौँ । स्पष्ट नभएकाले बुझ्छन् ।’
एमाले हुर्केका अभिमन्यु
उनले द्वापर युगको कलिलो अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तो एमाले नहुने पनि दाबी गरे । ‘मैले भनेको थिएँ, द्वापर युगमा चक्रव्यूह बन्यो । कलिलो अभिमन्युलाई निशस्त्र बनाएर महासथीहरुले, महायोद्धाहरुले भर्खर हुर्किएको बालकलाई चक्रव्यूहमा पारेर हत्या गरेका थिए,’ ओलीले भने, ‘अहिलेको चक्रव्यूह तोड्न सक्ने हामी छौँ । त्यस बेला अभिमन्युलाई चक्रव्यूह तोडेर भित्र पस्न आउँथ्यो, तर बाहिर निस्कने कला थिएन । हामी द्वापर युगको बालक अभिमन्यु होइनौँ ।’
एमालेले बक्रदृष्टि लाएमा
‘एमालेले जसको टाउकोमा तथास्तु भनेर हात राख्यो त्यसले जित्यो । जसलाई राखेन त्यो गयो । राप्रपाको पनि कसैलाई जितेस्, गरिखाएस् भनेको आयो,’ जनता न्युजका अनुसार उनले भने, ‘अरूलाई पनि त्यस्तै हो । बुझे हुन्छ हामीले बक्रदृष्टि लगाउँदा शनि, राहुले बक्रदृष्टि लगाउँदा केही हुँदैन । देश र जनताको निम्ति उभिने एमालेले बक्रदृष्टि लायो भने गयो । त्यो खतम । अरू ग्रहदशा जस्तो होइन । एमालेले अगुवाई गरेको छ, गर्छ ।’
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, माओवादी नेता राम कार्की प्रदेश नम्बर एकका स्थानीय मामिला मन्त्री हिक्मत कार्की र सम्पर्क मञ्चका अध्यक्ष तुलसीराम मैनालीलगायतले पनि बोले ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक