20180306

यि बुढी आमाले जस्तै तिमीहरुले पनि आफ्नो सत्र बर्से कलिलो छोरा वा छोरी आतंककारीहरुबाट मारिए के सहेर बस्न सक्छौ ??


आतंककारीहरुद्वारा मारिएका आफ्ना सत्र बर्षका छोराका हत्याराहरुलाई कर्वाहीको माग राखी अनशन बस्दा बाबु नन्द प्रसाद अधिकारीको ज्यान गैसकेको छ । लाश बेवारीशे छ । आमा गंगामाया अधिकारीअझै पनि न्याय पाउँछु कि भन्दै लडिरहेकी छिन । बर्सौँ बित्यो न्याय पाएकी छैनन । हिँजो उनको पक्षमा बोलिदिने एमाले अहिले तिनै आतंककारी बेहोरेर बस्ने भएको छ भने आतंककारीको बिरुद्ध खरो बोल्ने नेता केपी ओली आतंककारीकै नाइके सँग मित लगाएर गठबन्धन गरेर चुनाव मात्र जित्नु भएन सरकारमा पनि सँगै नारिरहनुभएको छ । प्रजातन्त्रको पर्याय हुँ भन्ने शेर बहादुर काङ्रेस बोलोस कसरी ! उ फेरी त्यही आतंककारीको नाइकेलाई बोक्न तम्तयार भएर कुरेर बसेको छ ।  थाहा छैन यि आमाले कसरी न्याय पाउँछिन !!
महिला अधिकारका कुरा गर्ने, मानबाधिकारका कुरा गर्ने, चर्का चर्का भासण गर्ने, सेमिनार गर्ने, अन्तरराष्ट्रिय नारी दिवशको भब्य तयारी गर्ने नारीहरु हो तिमी पनि आमा हौ । तसर्थ यि आमाको लागि बोल, मुख खोल ! यि बुढी आमाले जस्तै तिमीहरुले पनि आफ्नो सत्र बर्से कलिलो छोरा वा छोरी आतंककारीहरुबाट मारिए के सहेर बस्न सक्छौ ????????

                 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक