20180428

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनियामा "वाशिङटन डिसी साहित्य सँगम" बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनियामा "वाशिङटन डिसी साहित्य सँगम" बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली साहित्यिक आकाशका अग्रज साहित्यकारहरुको सम्झना गर्दै, माल्यार्पण गर्दै शुरु गरिएको उक्त शीतकालीन साहित्यिक कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले  कविता, मुक्तक र गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य
राख्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले वाशिङटन डिसी मेट्रो कमिटीले नेपाली भाषा, साहित्य, कला, सँस्कृतीका क्षेत्रमा पुर्याएको योगदानअको चर्चा गर्दै यसले उठाएका संस्थाका सवालमा केन्द्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले आफ्नो कमिटीले दुई हप्ता पछी भर्जिनियामै एउटा नयाँ प्रयोग स्वरुप मदर्स डे को अबसर पारेर आमा, परिवार, बैबाहिक जीवन र विश्व शान्तिको महत्व बारे प्रकाश पार्दै बिश्व शान्तिका लागि संसार भर काम गरिरहेको संस्था Universal Peace Federation सँग मिलेर कार्यक्रम गर्न लागेको बताउनु भयो । Universal Peace Federation का शान्ति राजदूत समेत रहेका खनालले उक्त कार्यक्रममा वाशिङ्गटन टाइम्सका अध्यक्ष एबम  Universal Peace Federation का अन्तरराष्ट्रिय अध्यक्ष थोमस मेक्डेभिटले बिशेष कार्यपत्र पेश गर्ने बताउँदै अब यस सँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्राष्ट्रिय संघ संस्था सँग मिलेर सहकार्य गर्न सक्षम छ भन्ने सन्देश प्रबाह भएको बताउनुभयो ।   

कार्यक्रमका अर्का अतिथि प्रसिद्ध साहित्यकार कृष्ण धराबासीले अनेसासका बिषयमा प्रकाश पार्दै संस्थाले भाषा साहित्य कलाका क्षेत्रमा पुर्याएको योगदानको प्रशँशा  गर्नुभयो । केन्द्रिय उपाध्यक्ष प्रकाश नेपालले समेत मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा कबिता बाचन गर्नेहरुमा होमनाथ सुबेदी, रामप्रसाद खनाल, कृष्ण धराबासी, प्रकाश नेपाल, मुकुन्द कोईराला, रजनी श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, शकुन्तला अधिकारी, गोमा न्यौपाने, सुमित्रा घिमिरे, खगेन्द्र थापा, पुष्कर पन्त, मञ्जु बिमली, सुजना ढकाल, लोचनमान श्रेष्ठ, मन कुमारी थापा, गुणराज लुईटेल, भुपनारायण घर्तिमगर हुनुहुन्थ्यो भने नाँच्ने बाल प्रतिभाहरु सगुन लुईटेल, श्रीति न्यौपाने, आयुषा ढकाल लगायत हुनुहुन्थ्यो । यसै गरी राम प्रसाद खनाल र अनिल सिग्देलले गीत पनि प्रस्तुत गर्नुभएको थियो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीको बिशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल, संचालन महासचिब भूप नारायण घर्तिमगर, स्वागत भासण सदस्य मुकुन्द कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका सदस्य छन्द कवी दुर्गा रिजालका सुपुत्र राघब रिजालको दुर्घटनामा पारी निधन भएकोमा दु:ख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरी राघब प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त रिजाल परिवारमा समबेदना प्रकट गरिएको थियो । 








       




Image may contain: 19 people, including Prakash Nepal, Sachchi Mainali, Ram Goma Neupane, Sherpa Doma Pemba, Sujana Dhakal, Manju Bimali, Sakun Adhikari, Gunaraj Luitel, लोचनमान श्रेष्ठ and 2 others, people smiling, people standing

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक