20180403

ज्योति मगर माथि प्रतिबन्ध लगाउने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको घोषणा, कयौँ ठाउँँमा उनी यसअघिनै प्रतिबन्धित

राम्रो कामको शुरुवात, छाडा नाङ्गा हरुलाई यसै गरी प्रतिबन्ध लगाउनु जरुरी छ देशै भरी ! ज्योति मात्र होइन कलाकारिता क्षेत्रका अरु नाङ्गा भुतुङ्गा छाडा कलाकारहरुलाई पनि प्रतिबन्ध लगाउन सबैतिर माग 
अति भए पछि खती हुन्छ भन्ने उखान चरितार्थ भएको छ । वैशाखको पहिलो साता सुनसरीको इटहरीको  तालतलैयामा हुन लागेको महोत्सवमा गायिका ज्योति मगरलाई प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथि प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा
बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताउनुभयो ।
उज्यालो अनलाइनका अनुसार गायिका ज्योति मगरप्रति खरो रुपमा प्रस्तुत हुनुभएकी उपप्रमुख गौतमले भन्नुभयो, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ गौतमले यस्ता प्रकारका महोत्सवलाई आउँदा दिनमा जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुलीसमक्ष आग्रहसमेत गर्नुभयो । 
पछिल्ला समय बतात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भएकाले पनि ज्योति मगरको उत्तेजक प्रस्तुतिलाई रोकेको गौतमको भनाई थियो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक