20180413

‘मलाई यो अस्पतालको बेडको फाँसी भन्दा खुलामञ्चमा लगेर फाँसी देओस् सरकारले ।’ भिमसेन थापा भन्दा पनि बहादुर लाग्यो यि आमा !

‘छोराको हत्या माओवादीले गर्‍यो, बुढा (नन्दप्रसाद अधिकारी)लाई सरकारले मार्‍यो, भएको एउटा छोरा पनि बेपत्ता छ’, गंगामायाले भनिन्, ‘मलाई यो अस्पतालको बेडको फाँसी भन्दा खुलामञ्चमा लगेर फाँसी देओस् सरकारले ।’


नयाँ बर्षको उत्सब मनाउँदा हामीलाई फुर्सद कहाँ होला र ? यदी फुर्सद भए यि बहादुर नेपाली आमाको यो रोदन सुन्नुहोला एक पटक अबस्य ! यि आमा भिमसेन थापा भन्दा पनि बहादुर लाग्यो हामीलाई जो न्यायका लागि अदम्य साहस बोकेर लडीरहेकी छिन !  
काठमाडौं  । आफ्नो छोराको हत्यारालाई कारबाहीको माग राखेर अनशन बसेकी गाेरखा फुजेलकी गंगामाया अधिकारीले पानीसमेत पिउन छाडेकी छन् । विभिन्न आश देखाएर विभिन्न सरकारले उनको अनशन तोडाउने गरेका थिए । न्याय पाउने आश मारेकी गंगामायाले अब पानीसमेत नखाएर मृत्युवरण गर्ने बताइन् । ‘छोराको हत्या माओवादीले गर्‍यो, बुढा (नन्दप्रसाद अधिकारी)लाई सरकारले मार्‍यो, भएको एउटा छोरा पनि बेपत्ता छ’, गंगामायाले भनिन्, ‘मलाई यो अस्पतालको बेडको फाँसी
भन्दा खुलामञ्चमा लगेर फाँसी देओस् सरकारले ।’
२०६१ मा छोरा कृष्णप्रसाद अधिकारीको मामाघर जाँदा तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो । एसएलसी सकेर मामाघर जाँदा भएको कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारी र उनका पति नन्दप्रसादले आमरण अनसन सुरु गरेका थिए । तर, अनशन बसेकै अवस्थामा नन्दप्रसादको २०७१ असोज ६ गते निधन भयो । हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
छोरा र पति गुमाएकी गंगामायाको अनशनलाई सरकारले पटक पटक तोडाएपनि आफ्नो माग पूरा नभएको भन्दै उनले अनशनलाई निरन्तरता दिइरहेकी छन् । वीर अस्पतालको क्याबिन नम्बर ७ मा अनशन बसिरहेकी उनले भनिन्, ‘अब कि न्याय पाउनु पर्‍यो कि यत्तिकै मर्छु ।’
न्यायको भिख माग्दामाग्दै पति गुमाएपनि यसले सरकारलाई प्रभाव नपरेको भन्दै उनले अहिले कुनै मन्त्रीहरुसँग न्याय नमागेको बताइन् । ‘अब न्याय पाउने आश मारेको छु’, गंगामायाले भनिन्, ‘मेरो लास निक्लेको दिन यिनीहरु कालो सूचीमा पर्नेछन्, त्यो दिन थाहा पाउँछन्, मेरो कुरा अन्तराष्ट्रिय रुपमा पुगेको छ।’
कृष्णप्रसादको हत्या अभियोगमा छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, परशुराम पौडेलविरुद्ध किटानी परेको थियो । उनीहरुविरुद्ध परेको हत्या अभियोगको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक