20180424

३० बर्ष हुन लाग्दा पनि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकेको सरकार द्वारा फेरी अर्को महत्वाकाँक्षी योजना सार्वजनिक !

larkeसरकारले काठमाडौं उपत्यकाको खानेपानीको मागलाई ध्यान दिँदै याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ । पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना
बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक प्रक्रियाको थालनी गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यका भित्र्याउने महत्वाकाङ्क्षी योजना अन्तिम चरणमा पुगेका बेला दैनिक थप ३४ करोड लिटर पानी आपूर्ति गर्नका लागि दोस्रो चरणको कार्य सुरु गरिएको हो । सरकारले मेलम्चीको पानी उपत्यका भित्र्याउन मेलम्ची खानेपानी विकास समिति गठन गरी कार्यान्वयन गरिरहेको छ । सन् २०१० बाट मेलम्ची खानेपानी आयोजनाको काम सुरु गरिएको हो । अघिल्लो महिना आयोजनाको २७ किलोमिटर सुरुङको ब्रेक थ्रु गरिएको थियो । 
आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दोस्रो चरणको याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची नदीमा फालेर थप ३४ करोड लिटर पानी हाल निर्माण भइरहेको सुरुङमार्फत सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याइने भएको छ । 
प्रवक्ता पन्तले सोमबार गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “दोस्रो चरणको याङ्ग्री, लार्के खोलाको पानी ल्याउनका लागि निर्माण कार्य गर्न सुरुङ प्रवेश मार्ग, हेडबक्स, क्याम्पसाइट तथा निर्माण सामग्री र माटो थुपार्ने ठाउँका लागि स्थानीय बासिन्दाको जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । ”
आयोजनाको दोस्रो चरणमा प्रभावित हुने सिन्धुपाल्चोक जिल्लाको हालको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ३७६ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले आफूसँग भएको जग्गाको प्रमाण, जग्गामा रहेका भौतिक संरचना, बोटबिरुवा, बालीनाली, गोठ, टहरासहितको यथार्थ तथ्यसहित मुआब्जाका लागि हक दाबी गर्न सोमबार सूचना प्रकाशित गरिएको छ । प्रवक्ता पन्तका अनुसार आयोजनाले मुआब्जा वितरणका लागि हाललाई ३० करोड रुपियाँ छुट्याएको छ । प्रभावित क्षेत्रका बासिन्दाले दाबी गरे अनुसारको रकमले नपुग भएमा थप रकम विनियोजन गरिने समेत उहाँले बताउनुभयो । 
आयोजनाले प्रकाशित गरेको सूचना अनुसार साविकको थाङ्पालधाप गाविसका वडा नंं. १ मा ३० जना, वडा नं. ४ का २२ जना, वा नंं. २ का २८ जना, वडा नं. ८ का ३६ जना, साविकको भोताङको वा नं. ८ मा ६ जना, वा नं. ९ मा ११ जनालाई आफ्नो प्रमाण पेस गर्न आह्वान गरिएको गोरखापत्रले उल्लेख गरेको छ ।  
त्यसैगरी भोताङ गाविसको वा नं. ६ का आठ जना र साविकको बरुवा गाविस वा नं. १ का १०६ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले आफूसँग भएका प्रमाण लिएर मुआब्जाका लागि प्रमाण पेस गर्न भनिएको छ । 
प्रवक्ता पन्तका अनुसार गत वर्षबाट नै दोस्रो चरणको मेलम्चीका लागि विस्तृत अध्ययन प्रतिवेदन तयारी गर्ने कार्य सुरु गरिएको छ । आगामी जुलाई महिनामा विस्तृत इन्जिनियरिङ डिजाइनको प्रतिवेदन प्राप्त हुनेभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक