20180409

यातायात व्यवसायीहरुहरुको चरम दादागिरी : सिण्डिकेट लगाउन यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्ने योजना

यातायात व्यवसायीहरुले सरकारको कदमबिरुद्ध डटेर सडकमा उत्रिने चेतावनी दिएका छन् । सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित भएका यातायात व्यवसायीहरु सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । आन्दोलनबाटै सरकारलाई घुँडा टेकाएर छाड्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको गलत कदम तत्काल खारेज हुनुपर्ने बताएका छन् । ‘यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो ।’
महासचिव सिटौलाले भने, ‘सरकारले यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानेको छ तर त्यसलाई खारेज गरेर छाड्ने छौं ।’
महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गर्दै यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय समेत गरेको छ । महासंघले आफ्ना मागबारे जानकारी दिँदै पहिले प्रधानमन्त्री, यातायात व्यवस्था मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । ‘सरकारले व्यवसायीको माग पुरा नगरे चरणवद्ध आन्दोलनमा उत्रिनेछौं ।’ महासचिव सिटौला भन्छन्, ‘यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्ने योजना बनाएका छौं ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक