20180531

छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको पुरस्कार तथा सम्मानको घोषणा


गीत रचनामा ज्ञानेन्द्र गदाल , संगीत रचनामा बसन्त क्षेत्री र गायनमा संगीता राना प्रधान पुरस्कृत, मेलिना राई र गायक संगीतकार राजनराज शिवाकोटीलाई संयुक्त रुपमा युवा प्रतिभा पुरस्कार   
छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको पुरस्कार तथा सम्मानको घोषणा गरेको छ। गीत रचनामा ज्ञानेन्द्र गदाल , संगीत रचनामा बसन्त क्षेत्री र गायनमा संगीता राना प्रधानलाई यसपटक पुरस्कृत गरिने गुठीले जनाएको छ। गायिका मेलिना राई र गायक संगीतकार राजनराज शिवाकोटीलाई ‘कुटुमा कुटु’
गीतका लागि संयुक्त रुपमा युवा प्रतिभा पुरस्कार दिईने कुरा पनि गुठीले बताएको छ।


त्यस्तै वरिष्ठ संगीतकार शान्ति ठटाल र वरिष्ठ गीतकार शिवशंकर थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरिने छ। पुरस्कार र सम्मान गुठीले संस्थापक तथा गीतकार रमोलादेवी शाह छिन्नलता को जन्मजयन्ति पारेर साउन ७ गते एक भव्य समारोह बिच हस्तान्तरण गरिने गुठीले जनाएको छ।
हाम्रा मित्र, अनेसासका पूर्व अध्यक्ष गदालजी सहित पुरस्कार तथा सम्मान प्राप्त गर्ने  सबैलाई हार्दिक बधाई ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक