20180530

PFA का एजेन्ट महेश्वर पन्त मार्फत सोझा साझा नेपालीहरुलाई झुक्याएर बेचिएको इन्स्योरेन्स ठगी भएको पुस्टि

ठगिएको महशुश गरेका भर्जिनिया र अन्य क्षेत्रका ग्राहकहरु इन्स्योरेन्स ब्युरोको निर्णयको अन्तिम प्रतिक्षामा
Image result for maheshwar pant
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी "ठगिएको" रकम ठगिएका नेपालीहरुलाई फिर्ता दिन सहमत 

अमेरिकामा PFA का एजेन्ट महेश्वर पन्त मार्फत सोझा साझा नेपालीहरु झुक्याएर बेचिएको इन्स्योरेन्स ठगी भएको पुस्टि भए पछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी "ठगिएको" रकम ठगिएका नेपालीहरुलाई फिर्ता दिन सहमत भएको छ । इन्स्योरेन्स ब्युरोमा बोस्टन वरपर रहेका ठगिएका नेपालीहरुले भर्जिनिया काण्ड पछि उजुरी गरेका थिए र उजुरी पछि एजेन्ट महेश्वर पन्तको लाइसेन्स खोसिएको थियो । साथै उनलाई अब उप्रान्त यस सँग सम्बन्धित कुनै
पनि कार्य गर्न नपाउने गरी, पब्लिक रेकर्ड राख्ने गरि पीडितहरुलाई इन्स्योरेन्स ब्युरोले न्याय दिएको मात्र छैन उनिहरुलाई ठगिएको रकम फिर्ता दिलाउन समेत सफल भएको छ । इन्स्योरेन्स पाेलिसी बेच्दा एजेन्टले ठगेको निष्कर्ष निकाल्दै कम्पनीले वाेस्टन वरपरका २६ जना उजुरीकर्तालाई साे रकम उपलब्ध गराउन सहमत भएको हाे ।
स्मरण रहोस लाइसेन्स खोसिए पछि र पब्लिक रेकर्ड राखिए पछि त्यो ब्यक्ती अमेरिकाको ब्ल्याक लिस्टेड मानिन्छ जसलाई सरकारी त के अन्य कम्पनीमा जागिर पाउन, कुनै काम गर्न निकै मुश्किल पर्दछ । महेश्वर पन्त अब त्यही नियती भोग्नेमा पर्नेछन भन्छन अनुसन्धानकर्ताहरु ।

यही ठगी प्रकरणमा सबै भन्दा बढी ठगिएका भर्जिनियाका नेपालीहरु न्यायको अन्तिम पर्खाइमा छन । इन्स्योरेन्स ब्युरो श्रोत भन्छ - बोस्टनमा थोरै उजुरीकर्ता भएकोले छिटो किनारा लाग्यो तर भर्जिनियामा धेरै उजुरी कर्ता रहेको र ठगिएको महशुस गर्ने ग्राहकको सन्ख्या अत्यधिक रहेकाले अनुसन्धान लम्बिएको र निकट भबिस्यमै यसको छिनोफानो हुनेछ ।

अमेरिकामा रहेका करिब ४ हजार नेपालीहरुलाई नेपाली मुलकै एजेन्टहरुले ललाई फकाई झुक्याएर, कहीँ साथी बनेर त कहीं नाता सम्बन्ध जोडेर, नभएको कुरा हो भनेर ठगी गरेको कुरा यस अघि नै सार्वजनिक भैसकेको छ । यसरी ठगी गर्नेहरुमा PFA का नेपाली मुलका एजेन्टहरुको नाम सार्वजनिक भैसकेको छ ।

ठगिएको महशुश गरेका भर्जिनिया र अन्य क्षेत्रका ग्राहकहरु इन्स्योरेन्स ब्युरोको निर्णयको अन्तिम प्रतिक्षामा छन ।                

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक