20180602

मेनुकाको बदनाम नगर । उनको कुरा पनि सुन र सुनाइदेउ !

Image may contain: 1 personछानबिन भएर दोशी प्रमाणित नभए सम्म उनिलाई दोशी करार नगर !

 
रक्षा नेपालको अध्यक्ष मेनुका थापा : प्रेस बिज्ञप्ति पूर्ण पाठ 
मिति ः २०७५÷०२÷१९
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु, नमस्कार
म रक्षा नेपालको अध्यक्ष मेनुका थापा,)
हालै (पूजा बोहरा)ले गरेको भनिएको पत्रकार सम्मेलनमार्फत यस संस्था र म उपर बोल्न लगाइएका विषयहरुबारे ध्यानाकर्षण भएकोले सत्यतथ्य सार्वजनिक गर्न यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु । पत्रकार मित्रहरुप्रति मेरो कुनै गुनासो छैन किनकि उनलाई बोल्न लगाइएका कुराहरुलाई कभरेज दिनु यहाँहरुको कर्तव्य हो । उनी (पुजा बोहोरा) प्रति पनि गुनासो छैन बरु चिन्ता छ कि उनी आफू आफै विरुद्ध जानी नजानी प्रयोग भएकी छिन् । व्यक्तीगत म (मेनुका थापा) र रक्षा नेपालको तर्फबाट
उनैलाई( पुजा) लाई सम्बोधन गरेर भन्न चाहान्छौ ।
प्रिय छोरि ज्ञानु , ७ बर्ष अगाडी कुनै अपरिचित व्यक्ति देख्दा दौडिदै यौटा कुनामा लुक्ने मेरी छोरि आज सयौ अन्जान मानिसको भिडमा हौसिदै आफुलाई अब्बल साबित गर्न लिखित बयान दिइरहेको देखेर साच्चै मलाई गर्ब लाग्यो ( सर्बप्रथम हृदयदेखिको सलाम छोरीलाई !
त्यहाँ आएका मध्ये कोहि भन्दै थिए रे ’रक्षा नेपाल सिद्धियो अब,’ कोहि खासखुस गर्दै थिए रे, मेनुकालाइ अब जेल हाल्नु पर्छ, त कोहि छेउमा भन्दै थिए रे ( यो अरुले लेखेर लेराएको सामग्री प्रायोजित हैन र !! आदि इत्यादी।
यसै बिचमा तिम्रो पत्रकार सम्मेलनमा आयोजक मध्ये एकजना स्टेजमा देखा परे ( २०७३ साल श्रावन १० गते देखि ’’बिस्वाश नेपाल’’ नामक सस्थाको अध्यक्ष को रुपमा सक्रिय युवा समाजसेवी ( प्रदिप घिमिरे जी ( जसलाई कुनै दिन मैले मेरै आमाले जन्माएको आफ्नै भाइ ठान्थे , उनलाई रक्षा नेपाल मार्फत आर्थिक सहयोग पनि गरेको थिएँ ( जसको रेकर्ड रक्षा नेपाल संग सुरक्षित छ) र उ पनि आमा बिनाको टुहुरो म पनि त्यस्तै भएकोले म जस्तै हो भन्ने ठान्थे )
आइतबार ११ बजेर ११ मिनेट जाँदा कलेज सकी आफ्नो मुद्दाको लागि संस्थाको कानुनी सल्लाहकार स्वागत नेपाललाइ भेटेर घर फर्किदै छु आमा भनि मेरो मोबाइलमा म्यासेज पठाएको तिमि अचानक सम्पर्क बिहिन भयौ । फेरी ४ बजे तिर तिमि केहि मिडियाको सहयोगमा रानी पोखरी प्रहरी कार्यलयमा गएको थियौ रे भन्ने पनि सुने, त्यो दिन म काभ्रे थिएँ र भोलिपल्ट सत्य तथ्य बुझ्न म फर्स्ट आवरमा चौकी पुगे । त्यहा बाट एक जना केटा र एक जना केटि आएर तिमीलाई लगेरे भन्ने सुने ( मलाई त्यो कुराले ससंकित बनायो । कतै तिमि अपराधीको चंगुलमा त परीनौ भन्ने लगेर हामीले चिने जानेको साथी भाइ , नाता कुटुम्ब सबै तिर फोन गर्यौ कसैले थाहा छ भनेनन् । तिमीलाई थाहा छ तिम्रा अपराधी अझै पक्राउ परेका छैनन् । तिम्रो फोन अफ थियो तर फेरी सोमबार ४ बजे तिर तिमीले मलाई रुदै कल गर्यौ र मलाई भेट्न अफिस आउछु भन्यौ । हामीले ७ बजे सम्म कुर्यौ त्यो दिन तिमि आइनौ । भोलिपल्ट मंगलबार १५ गते प्रहरीहरु संग सरसल्लाह गरयौ , मौखिक जानकारी सबै तिर गरायौं तर तिम्रो आतोपत्तो भएँन र बुधबार १६ गते काठमाडौँ प्रहरी परिसर टेकु र सिडियो कार्यलयमा तिमीलाई खोजि पाउ भनेर निबेदन हाल्यौ । तिमीलाई खोज्न निबेदन हालेको सुनेर साएद बिहिबार १७ गते हतार हतार तिमीलाई कव्जामा लिनेहरुले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेछन ।
१७ गते बिहिबार तिम्रो लिखत बयान जसले पढ्यो , त्यसले आज यो पढ्छ भन्ने छैन र पढ्नै पर्ने खासै खुराकिलो मसला मेरो लेखाइमा छैन पनि र यदि ’’मेनुका थापा’’ मात्रै बदमास भन्ने समाचार आएको भए पनि मैले प्रतिक्रिया लेख्ने थिए वा थिइन तर ’’रक्षा नेपाल’’ भनेर आइसके पछि सस्थाका हजारौ सुभचिन्तक ले मेरो प्रतिक्रिया बुझ्न चाहे तथा रक्षा नेपालमा संरक्षित दुधे बालिका देखि तिमि जस्तै जवान सम्मलाई मैले प्रतिनिधित्व गर्नुपर्ने भयो र यो मेरो स्पष्टिकरण सहित स्वीकारोक्ति पेश गर्दैछु ।
म धेरै डिटेल मा जान्न तर केहि छुटाउनै नहुने मुख्य कुराहरु राख्न चहान्छु ः
१) सुरुका दिन –ः सामुहिक बलात्कार पछि मानसिक अस्पतालमा बिचिप्त रुपमा भएकी किशोरीलाई रक्षा नेपालले संरक्षण गृहमा राखिदिनु पर्यो भनेर २०६८ सालको चैत १३ गते मलाई महिला आयोग बाट फोन आयो र त्यसपछि तिमीलाई भेट्न मानसिक अस्पताल पाटन को इमरजेन्सी पुग्दा, इमरजेन्सी ढोकामा बरखी बारेको ( सेतो पहिरनमा) एक प्रौढ व्यक्ति संग मेरो परिचय भयो र मैले आफ्नो परिचय दिए पछि वहाले दुइ हात जोडेर थचकै भुइमा बसी हजुर मेरो छोरीलाई बचाउनु, मेरो छोरीलाई न्याय दिनुस भनेर रुनु भयो । मेरो पनि आसु थामिएन ( गर्भमै बुवा गुमाउनु परेकोले मैले आफ्नो बुबा भनेको के हो , बुवाको माया कस्तो हो अनुभूत गर्न नपाएकोले पनि होला साएद तिम्रो बुवा रुंदा मलाई मेरै बुवा रोए जस्तो , मेरो आफ्नो बुवा जिउदो भएको भए पनि मेरो लागि यसै गरि रुने दिन आउथ्यो होला भन्ने सम्झदै ( चिन्ता नगर्नुस बुवा म बहिनीलाई बचाएरै छाड्छु ! भन्ने ढाडस दिएँ । ढोका छिचोलेर तिमीलाई सुताएको बेड नजिकै गएँ ( मैले त्यहा तिम्रो ४ हातखुट्टा बेडमा बाधेर इन्तु न चिन्तु तिमीलाई धेरै बेर हेर्ने सकिन। नर्स ले भर्खरै सुइ लगाकोछ, अब १,२ घण्टा त काम गर्छ उसलाइ डिस्टर्व नर्गुहोला नर्सले । म अफिस आएँ ( सबै संग सल्लाह गरे ( सबैले मलाई पागल लाइ नलेराऊ, यहाँ अरु छोरीलाई असर पर्छ बिसेक भए पछि लेराउ भन्ने सुझाब दिए र तर मेरो मस्तिस्कमा ति बुढा बुवाको आँसु मात्रै आइरह्यो र सस्थाकी मनोबिद करुणा कुवर म्याडम तथा सुदुरपस्चिम कै कर्मचारी रबिन मल्लजीको आट भरोशाले र करुणा कुवरले उसलाई औसधि थोरै थेरापी धेरै चाहिन्छ , भन्नु भएकोले जसरि हुन्छ छिटो निको बनाउनु पर्छ भन्ने भाब पलायो र अस्पताल बाट बुवाको अनुरोधमा रक्षा नेपालको सेल्टरमा लिएर आयो ।
अस्पतालमा तिमीलाई बेला बेलामा सुइ लगाउने गरेको रहेछ र तिमि कहिले कहिँ शान्त देखिन्थ्यौ, तर घरमा आए पछि सुइको सुबिदा भएन तिमीलाई चक्की औसधिले धान्नै गारो ! २,४ जनाले जति खेर पनि समातेर बस्नु पर्ने, दिन भर रात भर तिमि ननिदाउने रुगेरै बस्नु पर्ने, झन् त्यो माथि तिमि नेपाली भाषा नबुझ्ने हामी तिम्रो डोटेली भाषा नबुझ्ने ! त्यसपछि सहज होस् भनेर दार्चुलाकी नर्स रश्मि रैखोला लाइ अनुरोध गर्यौ । रश्मि आएर डोटेली भाषा बोल्न थाले पछि तिमीले भन्न खोजेको अलिक बुझ्न थालियो र नांगै कुदद्थ्यौ, बाथरूम मा गयो धारा उखेलेर फाल्थ्यौ, जो केटा देखे नि मेरो बलात्कारी येही हो भन्थ्यौ ( तिमि आफै केहि गर्न सक्दिनथ्यौ तिमीलाई नुहाई दिनुपर्ने , धुवाई दिनु पर्ने , तिमि महिनावारी हुँदा तिमीलाई भित्रि कपडा फेरिदिनु पर्ने धोइदिनु पर्ने हुन्थ्यो ( त्यो सबै काम सस्थाका सिनयर दिदि र नर्स ले तिम्रो लागि चाही गर्थे बरु त्यसैले तिमीले लगाएको आरोपमा सहमत हुन सकिन !!
नियमित औसधि खान थाले पछि मैले तिमीलाई ओहो कस्तो ज्ञानी ल आज त केहि काम बिगारेको छैन , भन्दा भन्दै तिमीलाई सबैले ज्ञानु ज्ञानु भन्न थाले र तिम्रो नाम नै ज्ञानु भयो। तिमीलाई ६ महिना थेग्न मेरो जिन्दगीको सबै भन्दा कठिन भयो तर करुणा कुवर को नियमित थेरापी तथा बरिस्ट साइक्र्या्टिक कपिलदेव उपाध्यायको नियमित औसधिले ६ महिना पछि तिमीले आफुलाई बलात्कार गर्ने को नाम , ठेगाना भन्न सक्ने भयौ, ९ महिना पछि बैतडी जिल्ला अदालत पुर्याइयो तिम्रो बुबाको रहोवर र तिम्रै रेखदेख मा बसेकी नर्स रश्मि राइखोल ले ! अदालत मा बयान दिएपछि सिधै काठमाडौँ आयौ( सस्थामा आएकी अमेरिकन सहयोगीले तिमीलाई १० कक्षा स्कुल स्पोन्सर मिलायौ (र बिचमा नेतृत्व बिकाश तालिम, व्यक्तित्व बिकाश तालिम, कम्प्युटर तालिम, उध्घोसन तालिम लगायतले तिमीलाई निखार्दै लेरायो , तिखार्दै लेरायो । ११, १२ जुन कलेजमा पढेको भनेर उल्लेख गर्यौ वहा हरुले नै स्कुलरशिप दिनु भएको हो, सस्थाले ड्रेस, पुस्तक, स्टेसनरी, परीक्षा सुल्क मात्रै तिरे पुग्यो ! त्यसमा सस्थामै आउने २,४ हजार सहयोग बाट म्यानेज भैगयो !
२) तेक्वान्दोको मेडल तिमीले आमाले नै दराजमा राखेकी छ भनेकी रैछौ ( सार्है सत्य बोल्यौ त्यो तिम्रो लागि मात्रै हैन यो नेपाल देशकै लागि अमुल्य मेडल हो, किनकि त्यो मेडल पाउनको लागि वा गेम खेल्न कोरिया जानको लागि देश बिदेशमा छरिएर रहेका नेपालीले आफ्नो गछे अनुसारको रकम जम्मा गर्दिनु भएको थियो , केहि मात्रामा वहाहरुको पसिनाको कमाई परेकोले पनि रद्दीको टोकरीमा नफाली जतन गर्नु मेरो कर्तब्य ठानी सुरक्षित राखेको हुँ।
३) प्रिय छोरी कुटपिट सोषण अत्याचार सबै तिमीले भनेकै सहि किनकि, मैले हैन भन्छु तिमीले हो भंछेउ येस्मा मलाई डिफेन्स गर्नु नै छैन, तर म आज मात्रै हैन जिन्दगीभर तिमीलाई यो प्रस्न गरि रहन्छु कि तिमि ९ महिना जति पुरै मानसिक विछिप्त हुँदा मात्रै हो हाम्रो घर कम्पाउण्ड मा रहेको त्यसपछि त १० कक्षा पढ्यौ , ११, १२, १३, अहिले १४( हामी संग आफ्नो स्कुल छैन , कलेज छैन , तिमि पढ्नको लागि आधा दिन भन्दा बढी समय बाहिरै हुन्थ्यौ , अनि त्यो बेलाको हिम्सा , कुटाई किन त्यहि बेलामा नभनेको ??? अर्को कुरा अहिले पनि हाम्रो घर छोडेर प्राइभेट होस्टेल मै ढुक्कै बस्न थालेकै ८ महिना भैसक्यो, किन यत्रो बर्ष, महिना चुप लागेर बसेको? आखिर आज पत्रकार सम्मेलन सम्म लेराउनालाई जसले भूमिका खेलिरहेको छ , तिनीहरुलाई त तिमि उहिलायै देखि चिन्थ्यौ( तिमीलाई ठुलो मर्का परेको रहेछ त अस्तिनै भनेको भए अझै प्रभाबकारी हुन्थ्यो कि ?
ज्यानमार्ने धम्कि र यातना दिन्थिन भन्ने आरोप सामान्य आरोप हैन छोरी बाहिर पढ्न गएको मौका पारेर त्यहि बेलामै उजुरी गर्न किन प्रहरीको मा गाइनौ ? आखिर रक्षा नेपाल मा आएजति सबै प्रहरीलाई तिमीले चिनेकै थियौ । हातमा मोबाइल , साथमा ल्यापटप सधै हुन्थ्यो ( इमेल इन्टरनेट चलाउन सिकाएकै थियो सस्थाले , तिमि त्यस्तो ज्यान धरापमा भाको मान्छेले किन यौटा स्ट्याटस राख्न सकिनौ? अर्को कुरा प्रत्यक दशैं बिदा मा तिमि आफ्नो घर जान्थ्यौ (दशैं र तिहारको त्यत्रो बिदामा आफ्नो परिवारको साथमा हुँदा पनि किन उजुरी गरिनौ ??? यो प्रस्न चाही मेरो जीवन भरि हुनेछ तिमीलाई ( तिमि अन्तिम पटक यो बर्ष को कार्तिक मा घर गएको र घर जादा रु ७००० तिमीले बुझी लिएको भरपाई प्रमाणका लागि जहिले पनि उपलव्ध गराउन सक्छु ।
४) सिक्षाको कुरा ( प्रिय छोरी तिमीले यहि आएर १० पढ्यौ , ११ ,१२, अहिले ब्याचलर दोश्रो बर्ष । तिमीले भनेको एकदमै सही हो ( तिमि ट्यालेन्ट बिधार्थी हौ तिम्रो सर्टि्फिकेटले प्रमाणित गर्छ तर अस्ति एक महिना अगाडी तिम्रो फर्स्ट एअर को रिजल्ट आएछ तिमीले ( ’’थांक्स गड, म पास भए, मलाई बधाई छ भनेर लेखेकी थियौ ( मैले पनि बधाई दिएँ तर केहि दिन पछि सर्टि्फिकेट आए पछि मात्रै थाहा लाग्यो, एक बिसय मा फेल भएकी रैछौ । त्यो दिन चाही तिमीले झुटो बोल्यौ भनेर तिम्रा साथीहरु रिसायेकै हुन् , त्यो पनि सत्य हो तर तिमीले आफ्नो बयानमा भने जस्तो कलेज मा फि नतिरेर तिमीलाई साथी हरुले जिस्काएको , हेपेको चाही हैन ( सायद तिम्रो हृदय ले पनि यसलाई स्वीकार्ला कुनै दिन )
५) कलेज तथा होस्टेल सम्बन्धमाः प्रिय छोरि जब हामी पहिले बसेको ठाउँ बाट १२ किलोमीटर सर्यौ ( त्यहा बाट तिमीलाई होस्टेल जान २ वटा गाडी फेर्नु पर्ने भयो । कलेज मा बिहान ६ बजे नै पुग्न गर्मि महिनामा त ठिकै हो तर जाडो महिनामा गारो पर्यो होस्टेल बस्ने व्यवस्था मिलाइदिनु भन्यौ ( तिमीले होस्टेल बस्न पाँउ भनेर दिएको निबेदन प्रमाण स्वरुप उपलब्ध गराउन सक्छौ) र तिम्रै सल्लाह बमोजिम तिम्रै साथी समेत बस्ने होस्टेल , तिम्रो म्याम को मार्फत व्यवस्था भयो ( अरुलाई त्यो होस्टेलमा ९,५०० भए पनि तिमीलाई रक्षा नेपाल बाट भएकोले महिनाको ७ हजार लिने सहमति भएको थियो र तिमि त्यो होस्टेल ७ महिना बसेर निस्कियौ हामीले ७ महिनाको ४९ हजार तिरी सकेको छ । रक्षा नेपालले तिमीलाइ मात्र होइन तिमी जस्तै अन्य ६५ जनालाई संरक्षण गरीरहेकोले तिम्रो कलेज र होस्टेल प्रशासन दुवैलाई रकम बुझाउन ढिला हुन सक्ने जानकारी गराईकै थियो र हामीले संस्थामा सहयोग जुट्ने वित्तिकै तिर्ने कुरा भएको थियो । ( ठ्याकै तिम्रो होस्टेल को पैसा तिर्न भनेर हामीलाई कहिँ बाट पनि एक रुपैया आएको थिएन तर तिम्रो पढाईमा स्पोन्सर गर्छु भनेर अमेरिका बाट लिला बहादुर डाँगी ले तिम्रो भर्ना गर्दा खेरि २०१६ जनवरी १६ मा ४८.४६५ पठाऊनु भएको थियो । त्यसपछि वहाको ब्यबहारिक कारणले पठाउन सक्नु भएन, तर हामीले आर्थिक कारणले तिम्रो पढाई रोक्किन दियनौ ( अहिले सम्म होस्टेल र कलेज को फि मात्रै गरेर जम्मा हामीले यो २ बर्षमा तिम्रो लागि ३,२५,२२५ ( तिन लाख २५ हजार २ सय पच्चिस तिरेका रहेछौ , यो टोटलमा लिला सर ले तिम्रो लागि भनि पठाउनु भएको ४८,४६५ कटाउदा २,७६,७६० रुपैया रक्षा नेपालका अकाऊन्टेंनले तिम्रो कलेज गएर तिरेको रकम हो । तिम्रो यो सेमेस्टर को पैसा क्लिएर भएको अन्तिम मिति जेठ ११ गते सुक्रबार हो र त्यसपछिको आइतबार मात्रै तिमीले कलेजमा फर्म भरेको देखिन्छ ( तसर्थ फारम भर्न लाइ तिमीलाई कलेज ले समस्या पारेको थिएन र तिमीलाई कलेज मा लाग्ने ड्रेस, किताब , कपि कहिले लोचना शर्मा त कहिले अरु म्यामले किनेको सत्य हो । वहा सस्थाको महासचिब भएको कारण सस्थामा संरक्षित छोरीहरुको समस्या सुनिदिने, सहयोग गर्ने प्रत्येक कर्मचारी वा सहयात्रीको दायित्व बराबर हो तर कपि , किताब, ब्याग उपलब्धै नगराएको चाही हैन र ( तिमीलाई कुन कुन मितिमा कति कति पैसा लेखा साखा बाट उपलब्ध भएको छ त्यसको भौचर रेकर्ड जसले मागे पनि जति बेला पनि क्लियारिटी को लागि प्रदान गर्न सकिनेछ)
६) आफन्त ः प्रिय छोरि तिमीले आफ्नो बयानमा उल्लेख गरेका मेरो आफन्त भनिएका एकदमै सहि भनाइ हो, तर छोरीले भनेको जस्तो वहाहरु सधै त्यहि बस्ने हैन । कहिले कहिँ सस्थामा कार्यक्रम हुँदा स्वमसेबक को रुपमा आउने गर्छन र कार्यक्रम सकिएपछि जान्थे नै त्यो तिमीलाई राम्रो संग थाहानै थियो र अर्को कुरा हाम्रो सस्थामा थरि थरिका छोरीहरु बस्ने गर्छन । उनीहरुको भाषा, जात, उमेर, घटना फरक फरक छन् र उनीहरुलाई छुट्टा छुट्टै सेवा, काउन्सिलिंग , उपचार, सिक्षा सबै फरक छन् र रक्षा नेपालमा अहिले ६५ जना छोरि हरु बस्नु हुन्छ वहा हरुलाई सिक्षा मा मद्दत गर्न, स्वास्थ्यमा मद्दत गर्न हामीले पैसा तिरेर स्टाफ राख्न सकेका छैनौ तसर्थ जसको फुर्सद छ, उसैले सेवा गरे भने त्यो राम्रो कुरा हो भनेर हामीले सबै ईच्छुक बिधार्थी लाइ स्वयंसेवामा उत्प्रेरित गर्छौ र त्यो मेरो आफन्त वा अन्य कुनै पधाधिकारीको आफन्त वा विभिन्न कलेज र स्कुल बाट आएका बिधार्थी हुन्, जो सुकै स्वयंसेवक लाइ सस्थामा सिक्ने अवसर प्रदान गर्ने गरिएको छ र त्यो छोरीलाई पनि अवगत नै छ ।
७) विदेशी सहयोग तथा आर्थिक हिनामिना घर जग्गा सम्बन्ध ः प्रिय छोरी पुजा तिमीलाइ थाहा नै छ । रक्षा नेपाल स्थापना भएको १५ वर्ष भयो । यो अवधिमा यौनजन्य हिंसा पिडित÷प्रभावित सयौलाइ उद्धार गरियो । पुर्नस्थापना गरियो । तिमीलाँई वकिल पढाए जस्तै ः कसैलाइ डाक्टर, कोह्ी इन्जिनीयर, कोही पत्रकारीता पढ्दैछन् । यसको लागि लाग्ने ठुलो खर्च स्वदेशी, विदेशी, समाजसेवी , व्यक्तीगत, संघसंस्थाको सहयोगी हातबाटै भरथेग गरिदै आएको हो । त्यो तिमीलाइ मात्र होइन ,दुनियालाई थाहा छ । कुरा रह्यो पुजा बोहोरा तिम्रो । २०६८ सालमा जव तिमीमाथी अपराधिबाट कुकृत्य भयो । त्यो बेलामा मन्त्रीपरिषद्ले तत्काल एक लाख रुपैयाँ क्षतीपुर्ती उपलव्ध गरायो । त्यो रकम तिम्रो बुवाको खातामा सिधै जम्मा गरिएको हो । हामीले त्यो रकमबाट एक पैसा पनि चलाएको छैन ।
तिमीलाइ अवगत नै छ । २०७१ साल पुष १ गते कान्तिपुर पत्रिका मार्फत तिमीले आफ्ना पिडा सार्वजनिक गरेको पर्सिपल्ट पूर्व प्रधानमन्त्री बाबुराम भट्राई आएर ५० हजार रुयौया प्रदान गर्नुभएको तिमीलाइ थाहा नै छ । त्यो पैसा तिम्रो औषधी उपचार, खानपिनमा खर्च भएको तिमीलाई प्रष्ट छ । त्यसपछि पुजा बोहोराको नाममा कही कतैबाट एक रुपैयाँ आएको छैन । यदी कसैले पुजा बोहोरालाई भनी पठाएको पैसा तलमाथी भएको लाग्छ भने आफ्नो प्रमाण सहित आउनहुन चुनौती दिन्छौ ।
त्यसैगरी व्यक्तीगत नाममा घर राखिएको भन्ने सम्बन्धमा सत्य के हो भने हामीसँग भुकम्प पश्चात विज्ञले दिएको सल्लाह बमोजिम तत्काल संरक्षीत छोरीहरुलाई अन्यत्र सुरक्षीत स्थानमा सार्न आभास गृह आफ्नै थिएन । कतैबाट सो कामका लागि आर्थिक सहयोग समेत थिएन । संस्थाको औैपचारिक बैठकबाट बैंकसँग ऋण लिइ किस्तावन्दीमा बुझाउदै जाने सर्तअनुसार आवासका लागि घरजग्गा खरीद गर्ने निर्णय गरिएको हो । बैंकले सबै जसो प्रक्रिया पुरा गरेपश्चात संस्थका नाममा ऋण दिन नमिल्ने बताएपछि बैंककै सम्बन्धीत शाखाको परामर्ष बमोजिम यस संस्थाको अध्यक्षको नाममा व्यक्तीगत जिम्मेवारीमा मात्र ऋण दिन मिल्ने भए पश्चात मेरो (मेनुका थापा) को जिम्मेवारीमै ऋण लिइ सो खरिद गरिएको हो र ऋण तिर्ने काम म अध्यक्षको जिम्मेवारीमा पुरा भइसकेपछि पुनः संस्सथाकै नाममा सो घरजग्गा राखिने भन्ने समेत ऋण लिनु पुर्व नै औपचारिक निर्णय भएको छ । जोखिम जती म –मेनुका थापा) ले उठाएर बैंकको ऋण तिर्ने र पछि संस्थाको नाममा सम्पत्ती हस्तान्तरण गर्ने निर्णय अनुसार मैले व्यक्तीगत रुपमा धेरै जनासँग ऋणपान गरी पिडित छोरीह्रुलाइ सुरक्षीत स्थानमा राखेको छु भन्ने कुरा संस्थासँग सम्बन्धीत सबैलाइ थाहा छ र त्यो कुरा तिमीलाइ पनि थाहा थियो (विधिवत रुपले लेखापरिक्षण प्रतिवेदनमा यि सबै कुराहरु उल्लेख गरेर नेपाल सरकार का सम्बन्धित निकाय लाइ समेत जानकारी दिइएको छ ) ।
८) मैले नै फेसबुक चलाइ दिएको भन्ने सन्दर्भमा के तिमी महिनौ सम्म आफ्नो घर गएको बेला त्यतैबाट अपलोड गरेका तस्विरहरु, स्टाटसहरु, होस्टेलमा रहेका बेला समेत मसँग गरिएका इनबक्स संबादहरु मैले नै पोष्ट गर्ने र सेण्ड गर्ने गरेको थिए ? यसपश्चात हिजो आज तिम्रो सम्बन्धमा आएका समाचारहरुको लिङ मैले पोष्ट गर्ने गरेको छु ?
९) अन्तिममा हाम्रोे एउटा अनुरोध यो छ कि ! समाचार संकलनका क्रममा यस संरक्षण गृहमा रहेका अन्य छोरीहरुको गोपनियता कायमै राखि नाम उल्लेख नगरी दिएमा पत्रकारिताको धर्म, पिडित छोरीहरुको सुरक्षा र भविष्य समेत ख्याल राख्नुपर्ने हुनाले यो संवेदनशिलतालाई बुझिदिनु हुुनेछ भन्ने अपेक्षा गरेका छौ ।
पछिल्लो जानकारी !
२०७५ साल जेष्ठ १३ गते आइतबारका दिन ११ बजेर ११ मिनेटमा मोवाइलमा कलेजबाट फर्कर्दैछु भन्ने म्यासेज पठाएर मोवाइल अफ गरी अचानक सम्पर्क विहिन भएकी हाम्री छोरी पुजा बोहोराले आइतबार दिँउसो ४ः३५ मा फोन गरेर घर आँउछु भनेकी थिइन् तर आइनन् । उनी सम्पर्क विहिन भइरहीन् र हामीले प्रहरीमा खोजतलासीको लागि निवेदन दियौ । यसरी नै १८ गते शुक्रबार बिहान पुनः ९ बजे फोन गरेर घर आँउदैछु भनेकीले हामीले दुवै पक्षको कुरा राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेयौ तर पनि उनी(पुजा बोहोरा) आइनन् र आज १९ गते शनिवार बिहान ८ बजेर ५८ मिनेटमा फोन गरेर घर आँउछु भनिन् तर फेरी आइनन् । पुनः १९ गते नै दिउँसो १ बजेर ५८ मिनेटमा फोन गरेर आँउछु भनेकी थिइन् तर अहिले सम्म आएकी छैनन् । हामी पुजा बोहोरा सहित प्रत्यक्ष पत्रकार सम्मेलन गरी हामी माथी लागेको आरोपलाइ खण्डन गर्न चाहेको कारण संस्थागत आधिकारी प्रेस विज्ञप्ती प्रकाशन गर्न ढिला भएको अवगत् गराउदछौ । यसबाट हाम्रा सहयोगी हातहरु,मनहरु र भलो चाहाने मित्रजन प्रति पर्न गएको दुविधा तथा मानसिक तनाव प्रति क्षमा प्राथी छौ ।
मेनुका थापा
अध्यक्ष, रक्षा नेपाल
No automatic alt text available.
No automatic alt text available.
No automatic alt text available.
Image may contain: text
Image may contain: text
Image may contain: text
Image may contain: text
Image may contain: text


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक