20180703

अनेसास केन्द्रीय अध्यक्ष पदमा भारती गौतमको उमेद्वारी घोषणा

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका सम्पूर्ण आजीवन सदस्यज्युहरु, वोर्डअफ ट्रस्टीज्यूहरु एवं नेपाल र विश्वभरी छरिएर रहनु भएका भाषा-साहित्यसेवी महानुभावहरु: 
Image may contain: Bharati Gautamअन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि आकस्मिकरुपमा मेरो उम्मेद्वारी धेरैको लागि किन र कसरी भन्ने कौतुहलको विषय हुन गएको छ। यो कुनै संयोग हैन र कसैको प्रभाव पनि हैन । यो संस्थाको खच्किदै गएको वर्तमान स्थिति र यो भन्दा पनि अझ खस्किने भविष्यको आशंकाले नेपाल र नेपाल वाहिर हुनुहुने कतिपय साहित्यप्रेमी र स्रष्टाहरु यो संस्थाप्रति गम्भीररुपले चिन्तित भईरहेको अवस्थामा उहांहरु वीच भएको छलफल र सोचविचारबाट यो निर्णय गरियो। धेरै महानुभावहरुको सुझाव सल्लाह र आग्रह पछि यो संस्था एवं भाषा साहित्य प्रतिको आफ्नै पनि आस्था र माया गहिरो हुनु मेरो उम्मेद्वारीको मुख्य कारण हो । यो संस्थालाई यसैको उद्देश्य अनुरुप स्तरीय, साहित्यमुखी र पारदर्शी वनाउने तर्फको प्रयास पनि हो । यहि तथ्यलाई म अलिक विस्तृत रुपमा प्रस्तुत गर्न चाहान्छु। आशुकवि हजुरबा अनि सात भाषामा कविता लेख्ने वुवा भएर मात्र हैन वुवाको मावली अनि मेरा आफ्नै मावली पट्टिका सबै नै विद्वानहरुको वरीपरी हुर्किएकी भएर पनि नेपाली साहित्यप्रतिको प्रेम मेरो रगतसंगै मिसिएको छ। कक्षा पांचदेखि नै लेखनमा लागे पनि पहिलो कविता २०३० सालमा छापिए पछि साहित्यमा मेरो औपचारिक प्रवेश शुरु भएको हो । नेपाल छोड्नु अघि गोरखापत्र संस्थानको प्रथम नारी उपसम्पादक भएर दुईवर्ष काम गर्दा समाचारपत्र सम्वन्धि कार्यको अतिरिक्त गोरखापत्रको स्तम्भ समेतको माध्यमबाट साहित्य सेवा गरेकी हुं। त्यसपछि सन् १९८६ मा अमेरिका आउनु अघि सम्म नेपालका प्रायजसो सवै पत्रपत्रिकामा लेख,कथा, कविता
समालोचना प्रकाशित भए पनि पुस्तककारमा सन् २००७ मा मात्र पहिलो कविता संग्रह प्रकाशित भएको हो । त्यसपछि अन्य पुस्तकहरु पनि प्रकाशित भए ।

अन्तर्राष्ट्रिय साहित्य समाजसंग आवद्द भएको डेढ दसकभित्र वोस्टन च्याप्टरको अध्यक्ष भएर लामो समयसम्म सेवा गरें, त्यसपछि केन्द्रिय उपाध्यक्ष (सन् २००७-२००९) भै अनेसासमा सेवा गरें | त्यस अवधिमा स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्तर्राष्ट्रीय स्तरका कार्यक्रम समेतको संयोजन गरी सम्पन्न गर्ने अवसर पाएकी छु । त्यसपछि पनि हालसम्म अनेसासभित्र बिभिन्न पदबाट अनि पद वाहिर वसेर पनि प्रसस्त सेवा पुर्याएकी छु । आफ्नो लेखन कार्यलाई निरन्तरता दिनुको साथै साहित्यको सेवामा पनि गम्भीरता पूर्वक लागिराखेको हुनाले त्यसै कार्यको विस्तार स्वरुप अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्वबाट नेपाली भाषा साहित्यको सेवा गर्ने एउटा अठोट लिएकी हुं ।
विदेशमा फरक भाषा र संस्कृतिका बीच छट्पटिनु परेको अवस्था त्यहि परिस्थितिमा परेर अनुभव गर्नेलाई मात्र थाहा हुन्छ। सन् २००० मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंगको पहिलो परिचय मेरा लागि माईतीबाट आएकी सानिमा भेटेजस्तो भएको थियो । अहिले नेपालबाट बाहिरिनेहरुको संख्या र त्यसभित्रका भाषा र साहित्यसेवीहरुको जमात पनि बिस्तार भैराखेको वर्तमान परिवेशमा समान प्रकृतिका अरु धेरै संघ-सस्था खुले पनि यो संस्थाको गरिमा उच्च छ र यसको उत्तरदायित्व एवं उपादेयता धेरै गुणाले वढेको पनि छ । भाषाको संरक्षण र सम्वर्धनका साथै नेपाली साहित्यको विकास र बिस्तार पनि आवश्यक हुन पुगेको छ । त्यसतर्फ हामी सबैको गम्भीर ध्यान जानु जरुरि देखिएको छ |
तीन दसक देखि अनेपालीभाषी समाजमा वस्नुको अनुभव, बाल्यकाल देखि नै भाषा साहित्य र सिर्जनाप्रतिको आफ्नो लगाव एवं अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजप्रतिको आफ्नो संलग्नता र योगदान यी सवैको आधारमा वर्तमान समयको माग स्वरुप मैले उम्मेद्वारी दिएको हो । व्यक्तिगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा भन्दा भाषा साहित्यको सरंक्षण, सम्वर्धन र सुधार सहित संस्थाको हितलाई सर्वोपरी राख्ने म र मेरा टिममा रहेका साथीहरुको प्रण यो उम्मेद्वारीको स्तम्भ हो, नियत हो र प्रतिबद्धता हो। यो सधैं रहिरहने छ ।
अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजभित्रको वर्तमान अनियमितता र वेथितिको संवोधन वेला-वेला धेरैतिरबाट भएता पनि केहि आधारभूत वुंदाहरु प्रस्तुत गर्छु ।
१. सर्वप्रथम त केहि बर्षयता देखि अनेसासका स्थानिय, राष्ट्रिय एवं अन्तर्राष्ट्रीय गतिविधि बारेको जानकारीबाट यसका आजीवन सदस्यहरु पूर्णरुपले वंचित छौं । यसै निर्वाचनको मतदाता नामावलीमा पनि दसकौं देखि यस संस्थासंग आवद्द हुनुहुने धेरै आजीवन सदस्यहरु र ट्रष्टीहरुको नाम छुटेको या छुटाइएको पाईएको छ।
भविष्यमा यस्तो गलत काम बन्द गरिनेछ र सम्पूर्ण आजीवन सदस्यहरुको र ट्रष्टीहरुको छुट्टा छुट्टै ईमेल ग्रुप बनाएर ईमेल मार्फत संस्थाका सबै गतिविधिहरुको जानकारी नियमित रुपमा गराइनेछ । Verification का नाममा छुटेका वा नियतवश छुटाइएका नामहरु अहिले पनि सच्याइनुपर्छ भन्ने हाम्रो अडान छ भने मेरो नेतृत्वमा आउने टिमले यस्ता अव्यबाहारिक काम दोहोर्याउने छैन |
२. अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज व्यक्तिगत स्वार्थबाट वढी अनि संस्थागत हितबाट कम प्रभावित भएको सर्वविदितै छ । साहित्यिक उन्नयनको ठोश कार्यभन्दा जमघट-भेला, उत्सव र समारोहमा केन्द्रित कृयाकलापमा बढी सकृय भएको पनि कसैबाट छिपेको छैन ।
भविष्यमा यो संस्थाबाट हुने क्रियाकलाप सिर्जनात्मक एवं गुणात्मक ज्यादा बनाउने सन्दर्भमा नेपाल लगायत विश्वभरी छरिएर रहेका नेपाली भाषा एवं साहित्यविदहरुबिच भाषा साहित्य बारे समसामायिक विचार गोष्ठी, कार्यपत्र प्रस्तुती गर्ने र पुस्तक प्रकाशन जस्ता कार्यमा वढी जोड दिइनेछ ।
३. लामो समय देखि नै अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजमा आर्थिक पारदर्शिताको अभाव जगजाहेर भएकै थियो । हालका केहि बर्षयता यो पारदर्शिता शुन्यको स्थितिमा छ । संस्थाको नाममा अनियन्त्रित रकम संकलन र त्यसको बेहिसाव खर्च गर्नुले संस्था समेत संकटमा पर्नसक्ने अवस्था सिर्जित छ अहिले | संस्थाभित्रको आय-व्ययको जानकारीबाट आजीवन सदस्य लगायत सबै नै वंचित छौ ।
मेरो नेतृत्वले यसलाई प्रथम प्राथमिकता दिई संस्थामा आएको र संस्थाबाट औचित्यको आधारमा खर्च गर्नुपरेका सबै आर्थिक विवरण सस्थाको वेबसाईट मार्फत तत्काल सार्वजनिक गर्ने छ ।
४. अनेसासमा सिमित समूहका सिमित व्यक्तिहरुले मात्र संस्थाका प्रमुख पद ओगटेको र ओगटिरहने प्रपन्च रच्न खोजिएको अहिलेको परिस्थिति पनि कसैबाट लुकेको छैन । यसले संस्थाको साखलाइ गिराइरहेको अवस्था जगजाहेर देखिएको छ ।
मेरो टिमले यो प्रथाको अन्त्य गरी संस्थालाई शतप्रतिशत प्रजातान्त्रिक रुपमा स्थापित गर्ने छ । संस्थाको कुनै पनि पदका लागि योग्य सबै महानुभावहरुको ती पदको उम्मेद्वारीमा समान अधिकार रहने व्यवहारिक रुपमा न्यायिक परिपाटी बसालिने छ ।
५. अनेसासको बर्तमान पुरस्कार समिति पनि आफ्ना कार्यक्षेत्र र अधिकारमा पूर्ण स्वतन्त्र देखिएको छैन। पुस्तक संकलन, पुरस्कार वितरण आदि थुप्रै पक्षमा यो समिति नियन्त्रित देखिएको छ ।
पुरस्कार समितिलाई मर्यादित, विस्वासिलो र भरपर्दो बनाइनेछ । यो समितिको अधिकार र कर्तव्य पारदर्शी, निष्पक्षी र स्वतन्त्र हुनेतर्फ पहल गरिने छ ।
६. संख्यात्मक रुपले असंख्य शाखाहरु खोलिएका भनेर विज्ञापन भए पनि दर्ता भएका र विधिपूर्वक स्थापित शाखा को औंलामा गन्न सकिने स्थिति छ..
कानुनविदसंग सामन्जस्य गरी कानुनि पारदर्शिता सहित काम गर्न कदम चालिने र वैधानिकरुपले खोलिएका च्याप्टरहरुको रजिस्ट्रेसन तर्फ पहल मेरो टिमको महत्वपूर्ण योजना हुनेछ ।
यी बाहेक पनि:
• अन्तर्राष्ट्रिय साहित्य समाजको महत्वपूर्ण कार्यभार सम्हालिसक्नु भएका अग्रज साहित्यसेवी महानुभावहरुको उचित सम्मान सहित वहाँहरुको योग्यता र अनुभवलाई अनेसासका हितमा ससम्मान समावेस गरिने छ ।
• नेपाली साहित्य र उत्कृष्ट रचनाहरुलाई विश्व साहित्यमा परिचित गराउन ती कृतिहरुलाई अनुवाद गराई नेपाल बाहिर बाटै प्रकाशन र प्रचार गर्ने पहल गरिने छ । यसमा नारी स्रष्टाहरुलाई विशेष समेटिनेछ ।
• प्रज्ञाप्रतिष्ठान, नारी साहित्यकारहरुको संगठन गुञ्जन लगायतका अन्य साहित्यिक संस्थान, त्रिभुवन विश्वबिद्यालय एवं अन्य विश्वविद्यालयहरुसंग सम्पर्कमा रहेर नेपाली भाषा साहित्य लेखन, प्रकाशन र शोधकार्यहरुमा सहकार्य हुनेछ । यसबारे कहिले नेपालमा अनि कहिले नेपाल बाहिर अन्तरकृयाहरुको आयोजना गरिनेछ।
• एनआरएन साथै विश्वभर रहेका सबै नेपाली संघ संस्थासंग अनेसासले सहकार्य गरेर ती संस्था मार्फत पनि नेपाली भाषा साहित्यको सेवाको प्रयत्न गरिनेछ । । नेपाल भित्रको नेपाली साहित्यसंग आवश्यक एवं निरन्तर सहकार्य गर्न उचित निकायहरुको व्यवस्था पनि हुनेछ ।
• नेपालबाहिर रहेका नेपालीहरुलाई भाषा र साहित्यको माध्यमले एकै ठाउँमा आवद्द गर्ने चौतारीको रुपमा झण्डै तीन दसक अघि स्थापित अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजलाई यसको प्रारम्भिक उद्देश्य अनुरुपमा नै ससम्मान स्थापित गराउने तर्फको पहिलो कदमस्वरुप हाम्रो यो उम्मेद्वारी रहेको हो ।
• हाम्रो यो मुद्दाको समर्थन गर्नु हुने सबै भाषा-साहित्यसेवी र साहित्यप्रेमी मतदाताहरुबाट सहयोग र समर्थनको आशा, भरोसा र अपेक्षा राखेकि छु ।
सामुहित रुपमा चुनावी मैदानमा आएको हाम्रो टिमको पदाधिकारीहरुको नामावली केहिदिनभित्र यहाँहरु समक्ष प्रकाशमा ल्याउनेछौं |
सधन्यवाद ।
भारती गौतम
अनेसास केन्द्रीय समितिको अध्यक्ष उम्मेद्वार 
************************************************

रामप्रसाद खनालद्वारा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समितिको आशन्न निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आशन्न केन्द्रीय समितिको निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

वहाँको उम्मेदवारी सँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आशन्न निर्वाचनको तापक्रम बढेको महशुश गरिँदैछ ।

खनाल अध्यक्ष रहेको वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिका अनेसासको सबैभन्दा ठुलो, सक्रिय र करिब साढे दुईसय आजिबन सदस्य भएको अनेसासको महत्वपूर्ण कमिटी हो जसले अनेसास को निर्वाचनमा कसलाई जिताउने वा हराउने महत्वपूर्ण, निर्णायक भूमिका खेल्छ ।

श्री खनालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) हरेक हरेक लाई मेरो संस्था हो भनाउन, नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि सबैको साझा पुल बनाउन म अँगाडी आएँ भन्दै आफुले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । वहाँले यसको विधान संशोधन देखी यसलाई सबल बनाउने कुरामा हामीले निकै प्रयास गरे पनि हाम्रो मात्र प्रयासले सबै कुरा सार्थक हुन सकेन । संस्थाको स्थापनाकाल देखी हाल सम्म भएका राम्रा कामका लागि संस्थापकहरू देखी वर्तमान नेतृत्व सम्म रहनुभएका सबै धन्यवाद र श्रेयका पात्र हुनुहुन्छ । केन्द्रीय कार्य समितिको निर्वाचनका बेला संस्था भित्र हुने अस्वस्थ र तथानाम गाली गलौज हामी र हाम्रा लागि स्वीकार्य छैनन् भन्नु भएको छ । 

उम्मेदवारी घोषणा गर्दै खनाल ले भन्नुभएको छ - यस पटक न त म निर्वाचनमा उठ्ने रहर थियो बरु वासिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्ष बाटै विश्राम लिने घोषणा मैले गरिसकेको थिएँ । तर अनेसास भित्र फेरी फोहोरी खेल सुरु हुन नपाओस् भन्ने हेतुले र केन्द्रीय कार्य समितिलाई अझ प्रभावकारी बनाउन यसका संस्थापकहरू, हाल सम्म नेतृत्वमा रहनुभएका अग्रज र अन्य मित्रहरू, थुप्रै आजिबन सदस्यहरूबाट लगातार आइरहेको अनुरोधलाई स्वीकार गर्दै केन्द्रीय कार्य समितिको महासचिवमा उमेद्वारी दिने र सर्व स्वीकार्य कार्य समिति बनाउनका लागि आफूले पनि पहल गर्ने पवित्र ध्येयका साथ म आज महासचिवमा उम्मेदवारी घोषणा गर्दैछु ।

श्री खनालले महासचिब पदमा उम्मेदवारी घोषणा गर्दै भन्नुभएको छ "वर्तमान अनेसासको विधान अनुसार म अध्यक्षमा उमेद्वारी दिन नपाउने अवस्था रहेकाले संसार भर बाट सबै मित्रहरूको अनुरोध हुँदा हुँदै पनि अध्यक्षमा उमेदवारी दिन बँचित भएकोले महासचिवमा उमेदवारीको विकल्प रहेन । मैले राजनीतिक नेताका जस्ता खोक्रा आश्वासन र ठुला कुरा गरेर सपना बाँड्न चाहन्न तर अनेसासलाई दुई वर्ष भित्रै नयाँ नैतिक उचाइमा पुर्‍याउने अठोटका साथ म महासचिवमा उमेदवारी दिँदै छु । दुई वर्ष भित्रमा विधान संशोधन देखी यसका कमी कमजोरीको करेक्सन र नाम अनुसार अनेसासलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि निस्स्वार्थ ढङ्गले स्थापित गर्ने, गुटबन्दी हुन नदिने र अनेसास मेरो हो भन्ने सबैका मनमा भावना पैदा गर्न सक्ने कार्यक्रम ल्याउने मेरो पूर्ण प्रयास हुनेछ ।"

अनेसासको केन्द्र देखी च्याप्टर, शाखा सम्म, हाल सम्म बसेर काम गरेका हरेक अग्रज, सहयात्री र जुनियरहरू लाई उचित सम्मान, महत्त्व दिँदै, कसैलाई कुनै कारण काखा पाखा नगर्ने गरी, विगतमा अनेसास भित्र आफूलाई अन्यायमा परेको महसुस गर्ने देखी सबै लाई उचित सम्मान र जिम्मेवारी दिने गरी म काम गर्छु र अनेसासलाई सबैको साझा चौतारो बनाएर छाड्छु खनालले भन्नुभएको छ । वहाँले थप्नुभएको छ - टिम वर्क के हो म उदाहरण देखाउँछु । यही प्रणका साथ संसार भर रहनुभएका अनेसासका सबै अग्रज, मित्रहरू, आजिबन सदस्यहरूलाई
मेरो महासचिव पदको उमेदवारीका लागि मात्र होइन राम्रो अनेसास बनाउने गरी टिम छान्न मद्दत गर्नुहुन पनि म बिनम्र आग्रह गर्दछु ।


श्री खनालको उम्मेदवारी घोषणाको पुरा विवरण तल जस्ताको तस्तै छ :

" संसारभर छरिएर रहनुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अग्रजहरू,  मित्रहरू र आजिबन सदस्यज्यूहरु
सादर नमस्कार !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई संसारभर प्रजातान्त्रिक तरिकाबाट, सबल तरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ र यसको भावना मर्म अनुसार नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर आफू सम्मिलित वाशिङ्गटन डिसी मेट्रो कमिटीका माध्यमबाट म र मेरो सम्पूर्ण टिमले यथासक्य प्रयास गर्‍यौँ । हामीले के के काम गर्‍यौँ, गतिविधि गर्‍यौँ त्यो सबै सामु छर्लङ्ग छ र म दावाका साथ भन्न सक्छु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संसारभरि भएको गतिविधि हेर्दा वाशिङ्गटन डिसी मेट्रो कमिटी सबै भन्दा बढी सक्रिय छ र धेरै काम यहीँ भएका छन् । जसले केन्द्र र बिओटीको पनि नाम रोशन मात्र भएको छैन अनेसास प्रतिको आकर्षण बढेको पनि छ ।
यसको विधान संशोधन देखी यसलाई सबल बनाउने कुरामा हामीले निकै प्रयास गरे पनि हाम्रो मात्र प्रयासले सबै कुरा सार्थक हुन सकेन । कसैलाई दोष थुपारेर मात्र हुँदैन, हामी कसै प्रति दोष थुपार्न पनि चाहदैनौं । संस्थाको स्थापनाकाल देखी हाल सम्म भएका राम्रा काम का लागि संस्थापक हरू देखी वर्तमान नेतृत्व सम्म रहनुभएका सबै धन्यवाद र श्रेयका पात्र हुनुहुन्छ । केन्द्रीय कार्य समितिको निर्वाचनका बेला संस्था भित्र हुने अस्वस्थ र तथानाम गाली गलौज हामी र हाम्रा लागि स्वीकार्य छैनन् । अनेसासको हरेक सदस्य हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण छन् ।

यस पटक न त म निर्वाचनमा उठ्ने रहर थियो बरु वासिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्ष बाटै विश्राम लिने घोषणा मैले गरिसकेको थिएँ । तर अनेसास भित्र फेरी फोहोरी खेल सुरु हुन नपाओस् भन्ने हेतुले र केन्द्रीय कार्य समितिलाई अझ प्रभावकारी बनाउन यसका संस्थापकहरू, हाल सम्म नेतृत्वमा रहनुभएका अग्रज र अन्य मित्रहरू, थुप्रै आजिबन सदस्यहरूबाट लगातार आइरहेको अनुरोधलाई स्वीकार गर्दै केन्द्रीय कार्य समितिको महासचिवमा उमेद्वारी दिने र सर्व स्वीकार्य कार्य समिति बनाउनका लागि आफूले पनि पहल गर्ने पवित्र ध्येयका साथ म आज महासचिवमा उम्मेदवारी घोषणा गर्दैछु ।

वर्तमान अनेसासको विधान अनुसार म अध्यक्षमा उमेद्वारी दिन नपाउने अवस्था रहेकाले संसार भर बाट सबै मित्रहरूको अनुरोध हुँदा हुँदै पनि अध्यक्षमा उमेदवारी दिन बँचित भएकोले महासचिवमा उमेदवारीको विकल्प रहेन ।

मैले राजनीतिक नेताका जस्ता खोक्रा आश्वासन र ठुला कुरा गरेर सपना बाँड्न चाहन्न तर अनेसासलाई दुई वर्ष भित्रै नयाँ नैतिक उचाइमा पुर्‍याउने अठोटका साथ म महासचिवमा उमेदवारी दिँदै छु ।

दुई वर्ष भित्रमा विधान संशोधन देखी यसका कमी कमजोरीको करेक्सन र नाम अनुसार अनेसासलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि निस्स्वार्थ ढङ्गले स्थापित गर्ने, गुटबन्दी हुन नदिने र अनेसास मेरो हो भन्ने सबैका मनमा भावना पैदा गर्न सक्ने कार्यक्रम ल्याउने मेरो पूर्ण प्रयास हुनेछ ।

अनेसासको केन्द्र देखी च्याप्टर, शाखा सम्म, हाल सम्म बसेर काम गरेका हरेक अग्रज, सहयात्री र जुनियरहरू लाई उचित सम्मान, महत्त्व दिँदै, कसैलाई कुनै कारण काखा पाखा नगर्ने गरी, विगतमा अनेसास भित्र आफूलाई अन्यायमा परेको महसुस गर्ने देखी सबै लाई उचित सम्मान र जिम्मेवारी दिने गरी म काम गर्छु र अनेसासलाई सबैको साझा चौतारो बनाएर छाड्छु ।

टिम वर्क के हो म उदाहरण देखाउँछु । यही प्रणका साथ संसार भर रहनुभएका अनेसासका सबै अग्रज, मित्रहरू, आजिबन सदस्यहरूलाई मेरो महासचिव पदको उमेदवारीका लागि मात्र होइन राम्रो अनेसास बनाउने गरी टिम छान्न मद्दत गर्नुहुन पनि म बिनम्र आग्रह गर्दछु ।

आफू केन्द्रीय समिति भन्दा बाहिर बसेर गरिने प्रयास भन्दा त्यहीँ भित्र बाटै गरिने प्रयास सार्थक हुन्छ र तपाईँ केन्द्रीय समितिमा जानै पर्छ भन्ने अग्रजहरू, सहयात्रीहरू र जुनियर भाईबहिनिहरूको अनुरोधलाई सम्मान गर्दै सिनियर जुनियर सवाल नहेरी अनेसासको उज्ज्वल भविष्यका लागि   लागि मैले केन्द्रीय महासचिव पदमा उमेदवारी दिएको स्पष्ट पार्दछु । पद र जिम्मेवारीले मात्र ठुलो सानो भैंदैन काम गर्ने तौर तरिका र क्षमताका हिसाबले हो मान्छेको मूल्याङ्कन हुने । म त्यो कुरामा पूर्ण विश्वास गर्दछु ।

म चाहन्छु केन्द्रीय समितिको निर्वाचन स्वस्थ होस, सबै पदमा निर्बिरोध निर्वाचित हुने अवस्था आओस्, कहीँ कतै विगतको जस्तो गाली गलौज र अदालती प्रक्रिया सम्म पुग्नु पर्ने अवस्था कुनै हालतमा सिर्जना नहोस् । त्यसका लागि म उमेदवारी दिने मात्र होइन कोअर्डिनेशन गर्न, विभिन्न पदमा साथीहरू बिचमा निर्बिरोध बन्ने अवस्था सिर्जना गर्न पुरै प्रयास गर्ने छु । यदि सबै पदमा निर्बिरोध हुने अवस्था सिर्जना हुन नसके निश्पक्ष र स्वस्थ निर्वाचन प्रजातान्त्रिक तवरबाट सम्पन्न गर्न समेत मैले र म अध्यक्ष रहेको वासिङ्टन डिसी मेट्रो कमिटी परिवारले पूर्ण रूपमा सकारात्मक भूमिका निर्वाह गर्नेछौँ । कुनै पनि साथी भाइ लाई काखा पाखा गरिने छैन र गुटबन्दी हुन पनि दिइने छैन । हरेकको सम्मान हुने अनेसास बनाउने मेरो प्रयास हुनेछ ।

वर्तमान केन्द्रीय समितिमा रहनुभएका पदाधिकारी, सदस्य र सल्लाहकार मित्रहरू त्यसै गरी बोर्द अफ ट्रस्टिजमा रहनुभएका अग्रज तथा मित्रहरू, सबै च्याप्टर, शाखामा रहनुभएका पदाधिकारी तथा सदस्य र सल्लाहकार साथीहरू !

अनेसास लाई राम्रो अनेसास बनाउन,  तपाईँ हामी यसका हरेक हरेक लाई अनेसास मेरो संस्था हो भनाउन, नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि सबैको साझा पुल बनाउन म अँगाडी आएँ । अब अगाडि नै राख्नुहुन्छ वा पछाडि धकेल्नुहुन्छ आगे तपाईंहरुकै जो मर्जी । सबैको जय होस । अनेसासको पनि जय होस । धन्यवाद ।

तपाईंहरुकै उही

रामप्रसाद खनाल - केन्द्रीय महासचिव पदको उम्मेदवार
    For Bio data and other information:
हाल, अध्यक्ष - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, 
वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिका



नोट :  मेरो बारेमा जान्न, विगत थाहा पाउन मन लागे मेरो व्यक्तिगत वेबसाइट www.RamPrasadKhanal.com मा जानसक्नुहुन्छ । म खुल्ला किताब हुँँ सबै कुरा खुल्ला नै छन् । म योग्य अयोग्य के छु त्यो पनि तपाईंहरुले नै जजमेन्ट गर्न सक्नुहुन्छ । म मेरा लागि होइन अनेसासका लागि उमेदवारी दिँदै छु । तपाईंहरु सबैको साथ र सहयोग, राय सल्लाह सुझावको अपेक्षा गर्दछु । धन्यवाद ।    

*****************************************

अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा 
Image may contain: Bhimsen Sapkota, smiling, standing and suit
आदर्श सिर्जनालाई जन्माउंने सर्जकहरूको व्यवहार पनि आदर्श हुनु जरुरि छ । साहित्यकारहरूको कलम र कर्ममा एकरुपता आउंनु पर्छ ।सिर्जनामा जस्तै व्यक्तिमा पनि सकारात्मक परिवर्तन र विवेकशिल कृयाकलाप हुनु आजको आवश्यकता हो । नेपाली साहित्यको सेवा र साधनामा स्वदेश र प्रवास बाट गरिएको २० वर्षे अनुभवलाई केलाउंदै यस क्षेत्रको साधनामा अझ निखारिएर लाग्ने उत्साह जागेको छ । नेपाली साहित्यमा एक सकारात्मक लहर ल्याई भाषा साहित्यको जगेर्ना ,विश्वभरका नेपालीहरू विचको एकतालाई मजबुत पार्न नयां अभियानका साथ अघि बढ्ने बेला आएको छ । यसै सन्दर्भमा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षमा रहेर काम गर्न विभिन्न क्षेत्रका साहित्य , सन्स्कृति र अध्यात्म प्रेमिहरूले दिनुभएको सुझाव सल्लाह र अनुरोधलाई स्वीकार गर्ने टुङोमा पुगेको छु । पद प्रतिस्ठा आस्थायी हुन् तर जिम्वेवारी र योगदान महत्वपूर्ण हो । सन् २०१० देखि अस्ट्रेलिया, फिजी लगायतका क्षेत्रमा अनेसास मार्फत भाषाको गोडमेल गर्ने मौका जुर्यो । यस अन्तर्गत फिजीमा नेपाली प्रवेशको १४० वर्षे ईतिहासमा पहिलो पटक नेपाली भाषाको पुनरुत्थान गर्ने(https://youtu.be/jnn6YinyPwk
 ),अस्ट्रेलियामा कला ,साहित्य र साहित्यिक जागरण ल्याउंने श्रेय मिल्यो । यसै शिलशिला अन्तर्गत अस्ट्रेलियाको न्यु साउथ वेल्स मा अनेसासको संस्न्थापक तथा दुई कार्यकालको अध्यक्ष , केन्द्रीय कार्य समितिमा ३ पटक केन्द्रीय उपाध्यक्ष र 'वोर्ड अफ ट्रस्टी " को रुपमा रहेर काम गर्न सुम्पिएको जिम्वेवारि लाई पुरा गर्ने अवसर मिल्यो । यहि यात्राका क्रममा "भात्किएको पर्खाल ",'प्रश्नमा ईश्वर ' सफलताका सुत्रहरू , 'सुखसूत्र 'लगायतका सिर्जनाहरू भाषा साहित्यको मन्दिरमा अर्पण गर्ने मौका जुर्यो । २७ देशमा उत्प्रेरणा र सकारात्मक सोच ,साहित्य फैलाउंने अभियान जुर्यो( https://youtu.be/NyyD1l5jP6g
 ) । दर्जनौं साहित्यिक संस्थाहरूले विभिन्न प्रेरणाका पदक र पुरस्कारले उर्जा थपिदिनु भयो । नेपाली साहित्यको उचाईलाई संस्न्थागत , संरचनागत र गुणात्मक रुपमा अघि बढाउंन आफुले राखेको संकल्पमा सबै साहित्य प्रेमि , अनेसास का आजीवन सदस्यहरू , तथा विभिन्न तह तप्काका आदराणिय ब्यक्तिहरूको साथ र सहयोग अवश्यमिल्ने छ भन्ने अपेक्ष्या गर्दछु (https://youtu.be/gJj__m_dytA

 )। अनेसासको वरिष्ठ उपाध्यक्षमा रहि नेपाली साहित्यको आकाशलाई थप उचाइ र उज्यालो पार्ने अभियानको यो घोषणामा अग्रज साहित्यकार , नवोदित प्रतिभा तथा विश्वभरका शुभ चिन्तक हरूको साथ सहयोग, आशिर्वाद र प्रेरणा मिल्ने छ भन्ने अपेक्ष्या गर्दछु । नेपाली पहिचानलाई विश्वमा अग्लो पार्न सकारात्मक चिन्तन , लेखन , साहित्य र अद्ध्यात्म मार्फत विश्व समाजमा एक नयां अध्याय शुरु गर्ने संकल्पमा सबै सकारात्मक जीवन प्रेमिहरू बाट सहयोग पाउंने कुरामा विश्वस्त छु ।हाम्रो लाई होइन ,राम्रोलाई रोजौं । सबै साहित्यका साधकहरू विच आत्मियता फैलाउं । 
- भीमसेन सापकोटा 
वरिष्ठ उपाध्यक्षको उमेद्वार  
*********************************

Image may contain: 1 person, standing and suit
****************************************

अनेसास डिसी मेट्रो कमिटीको
 अत्यन्त जरुरी सूचना !
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मतदाता नामावली लिस्टमा देखिएको त्रुटी, नाम ईमेल छुट भएको बिषयलाई लिएर हामी र हाम्रो वाशिङ्टन डिसी मेट्रो कमिटीले उठाएको आवाज अनुसार निर्वाचन समितिले निर्वाचन कार्यतालिका परिवर्तन गरी सच्याउन प्रकाशित गरेको सूचनाको स्क्रिन सर्ट सँलग्न छ । हामी सँग यो सच्याउन मात्र ३ दिन समय छ । वाशिङ्टन डिसी मेट्रो कमिटीका र यस अन्तरगत आजिबन सदस्य बनेका सबै आजिबन सदस्यज्यूहरु, कृपया हाम्रो महासचिब भुप नारायण घर्तिमगरज्यू सँग फोन नम्बर 571-217-6782 मा वा ईमेल bhupnarayangm@gmail.com मा तुरुन्त संपर्क गरी नामावली ईमेल अपडेट गर्न सहयोग गरिदिनुहुन सादर अनुरोध छ ।
वाशिङ्टन डिसी बाहिर रहेका साथीहरु जो जहाँ हुनुहुन्छ कृपया तलका लिँक http://inls.org/…/Verified%20Final%20List%202018_Privacy.pdf

क्लिक गरी आफ्नो नाम ठेगाना ईमेल चेक गर्नुस गल्ती भेटिएमा तुरुन्त आ आफ्नो च्याप्टरमा वा निर्वाचन समिति वा केन्द्रिय समितिमा संपर्क गरी त्रुटी सच्याउन पहल गर्नुहुन सादर अनुरोध छ । निर्वाचन तालिका अनुसार जुलाई ६ तारिख भित्रै यो कार्य सम्पन्न भैसक्नुपर्ने बुझियो । कृपया समयमै चेक गर्ने र त्रुटी सच्याइ निर्वाचनमा भाग लिने, आफुलाई मन परेको उमेदवारलाई मतदान गर्ने अबसर बाट बन्चित नहुनुहोला ।
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी

Image may contain: 1 person, smiling, text

*********************
जानकारीका लागि यो पनि हेर्नुस । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक