20180730

नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियद्वारा बरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई एक अन्तर्राष्ट्रिय पुरस्कार सहित सम्मान

भारतको नयॉदिल्ली स्थित नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियद्वारा बरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई एक अन्तर्राष्ट्रिय  पुरस्कार सहित सम्मान गरिएको छ । सिटी सेन्टर, नयॉदिल्लीमा अवस्थित सम्मेलन केन्द्रमा आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीका अवसरमा आयोजित ‘भानु सम्मान पुरस्कार समारोह’ कार्यक्रममा बिभिन्न क्षेत्रबाट समाज र मानव समुदायको हितमा अन्तर्राष्ट्रीय स्तरमा सेवा पुर्याए बापत
पॉचजना विशिष्ट महानुभावहरुलाई सम्मानित गरिएको हो । यसै सन्दर्भमा साहित्यको माध्यमबाट नेपाली भाषा-साहित्यलाई विश्वमा फैलाएबापत वरिष्ठ गीतकार एवं कुशल संगठक श्री गदाललाई “अन्तर्राष्ट्रिय भानु नेपाली भाषा-साहित्य सम्बर्धन सम्मान पुरस्कार” द्वारा बिभुषित गरिएको छ ।
 यसरी नै अन्य सम्मानित महानुभावहरुमा निम्नानुसार रहनु भएको छ: -
मानव कल्याणका लागि योगदान गरेवापत उत्तराखण्ड भारतका पर्यटन क्याविनेट मन्त्री श्री सतपालजी महाराज
- धर्म संस्कृतिको माध्यमबाट समाजसाई सहि दिशा दिए वापत महाराजश्री रोहितराज गुरुंग
- चलचित्रको माध्यमबाट नेपाली समाजलाई जागरुक एवं उन्नत बनाउन योगदान गरे बापत नेपाली चलचित्र निर्मात्री रज्जु प्रधान र
 - सॉस्कृतिक आदानप्रदानका हिसावले नेपाल भारत सम्बन्धलाई बलियो पार्न विशेष योगदान गरेबापत आर.एस.एस.(राष्ट्रीय स्वयंसेवक संघ) का केन्द्रीय समिति सदस्य एवं नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रीयका संरक्षक ईन्द्रेस कुमार ।
 भाजपा का पूर्व राष्ट्रीय अध्यक्ष श्री दुष्यन्त कुमार गौतमको अध्य़क्षतामा सम्पन्न उक्त समारोहमा बिभिन्न क्षेत्रका भारतीय उच्च पदाधिकारी, मन्त्रीगण अतिथिका रुपमा उपस्थित थिए । सम्मानित सबैलाई कार्यक्रमका अध्य़क्ष गौतमले दोसल्ला ओढाई  पुरस्कार तथा सममानपत्र प्रदान गरेका थिए । सम्मानित व्यक्तित्व श्री गदालको संक्षीप्त परिचय परिषदका अध्यक्ष अशोक चौरसियाले गराएका थिए ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक