20180818

शान्त, शुशील, बिश्वशान्ति अगुवा, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन

United Nations (UN) Secretary General Kofi Annan smiles in front of UN logo at a news conference 21 November 2006शान्त, शुशील, बिश्वशान्ति अगुवा, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको
छ ।अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए । अन्नान घानाका हुन् । तर उनको निधन स्विट्जरल्यान्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए । विश्वमा शान्ति स्थापनार्थ भूमिका खेलेको भन्दै अन्नान सन् २००१ को नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका थिए । नेपाल मदर डट कम स्वर्गीय अन्नान प्रति हार्दिक श्रध्दान्जली अर्पन गर्दछ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक