20180813

अध्यक्षमा राधेश्याम लेकाली, महासचिबमा रामप्रसाद खनाल, अमेरिका उपाध्यक्षमा प्रकाश नेपाल, र सचिबमा लाल गोपाल सुबेदीको मिलेर उम्मेदवारी

- विश्वराज थापा / Enepalese.com बाट -  
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितिको निर्वाचन अगस्त २२  देखी २४ तारिख सम्म हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितिको निर्वाचन यही अगस्त २२ तारिख देखी २४ तारिख सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संसार भरी रहेका, प्रमाणित भएका करिब एक हजार एक सय भन्दा बढी आजिबन सदस्यहरुले अनलाइनबाट गरिने मतदान मार्फत नयाँ नेत्रित्व छान्नेछन ।
अध्यक्ष पदमा बर्तमान बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र बर्तमान महा-सचिब गोबर्धन पूजाका बिचमा प्रतिस्प्रधा हुने भएको छ भने महा-सचिब पदमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल र अस्ट्रेलियाका गणेश घिमिरेका बिचमा प्रतिस्प्रधा हुने भएको छ । त्यसै गरी अमेरिका उपाध्यक्षमा बर्तमान उपाध्यक्ष प्रकाश नेपाल र बर्तमान कोसाध्यक्ष शान्तिराम ढकालका बिचमा र सचिबमा बोस्टन च्याप्टर अध्यक्ष लाल गोपाल सुबेदी र राजकुमार पुडासैनीका बिचमा

प्रतिस्प्रधा हुने भएको छ ।

बरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला, अस्ट्रेलिया उपाध्यक्षमा भिमसेन सापकोटा, युरोप उपाध्यक्षमा सुनिल सँगम, एशिया उपाध्यक्षमा निशा अर्याल, कोसाध्यक्षमा बिकास बिष्ट निर्बिरोध भैसक्नुभएको छ । सदस्यहरु पनि निर्बिरोध हुने सम्भावना बढी छ ।

निर्बिरोध भएका सबै अध्यक्ष उम्मेदवार लेकाली समुह समर्थित ब्यक्तिहरु हुनुहुन्छ । गोबर्धन पूजा समुहमा पूजा अध्यक्ष र सचिबमा राज कुमार पुडासैनी मात्र हुनुहुन्छ । पूजा समुहले अरु कुनै पदमा उम्मेदवारी दिएको छैन । महा-सचिबमा उम्मेदवारी दिएका गणेश घिमिरे  र  अमेरिका उपाध्यक्षमा उम्मेदवारी दिएका शान्तिराम ढकाल भने आफु स्वतन्त्र रुपमा उम्मेदवारी दिएको, कुनै पनि समुहमा नभएको बताउनुहुन्छ । गणेश घिमिरे र शान्तीराम ढकालले आफुहरु स्वतन्त्र उम्मेदवार भएको घोषणा गरे लगत्तै गोबर्धन पूजालाई झनै ठुलो धक्का लागेको छ । 
     
निर्वाचनमा खडा भएका बिभिन्न ३ वटा समुहलाई एक गरी सर्ब सम्मत रुपमा सबै पदमा निर्बिरोध बनाउँदै अनेसासलाई सबैको अनेसास, राम्रो र सबल अनेसास बनाउन पहल मात्र भएन । केही दिन अघि तीनवटै पक्षका चरण चरणका कल कन्फ्रेन्स बैठकहरु पनि सम्पन्न भए । यति सम्म कि अध्यक्ष, महा-सचिब पद देखी सबै पदमा निर्बिरोधको बातावरण बन्यो तर एकादुई ब्यक्तिको चरम महत्वाकाँक्षाका कारण सर्ब सम्मती र निर्बिरोध बातावरण धमिलियो । एकाएक सहमतिबाट गोबर्धन पूजा पछाडि हटेपछि फरक फरक ढङ्गबाट उम्मेदवारी घोषणा हुँदै गएको हो ।

अगस्त १२ तारिख उम्मेदवारी दर्ताको अन्तिम दिन अध्यक्ष, अमेरिका उपाध्यक्ष, महा-सचिब र सचिब चार पदमा दुबै समुहबाट अलग अलग उम्मेदवारी दर्ता भए पनि अझै पनि उम्मेदवारले नाम फिर्ता लिने समय  बाँकी  भएकाले निर्बिरोध हुने सम्भावना भने टरेको छैन ।

यदी निर्वाचन भएमा सबै भन्दा बढी आजिबन सदस्य / मतदाता भएको वाशिङटन डिसी मेट्रो कमिटी र नेपाल शाखाको निर्णायक भूमिका देखिन्छ । तसर्थ अध्यक्षमा राधेश्याम लेकाली, महासचिबमा रामप्रसाद खनाल, अमेरिका उपाध्यक्षमा प्रकाश नेपाल, र सचिबमा लाल गोपाल सुबेदीको जित सुनिस्चित जस्तै देखिन्छ ।

लेकाली, खनाल, नेपाल र सुबेदीलाई अनेसासका विश्वभर छरिएर रहेका प्राय सबै शाखाहरुको समर्थन रहेको छ भने केन्द्रिय समिति, बोर्ड अफ ट्रस्टिज, सल्लाहकार, संस्थापकहरु र आजिबन सदस्यहरुको ठूलो हिस्साको साथ र सहयोग हुने देखिएको छ । त्यसैले अत्यधिक मतका साथ लेकाली, खनाल, नेपाल र सुबेदी बिजयी हुने सम्भावना सर्बेक्षणहरुले देखाएका छन ।

निर्वाचनमा सबैलाई मिलाएर जाने प्रयास गरियो तर अन्तिम अवस्थामा सबै पदमा निर्बिरोध गराउने प्रयास सफल हुन सकेन भन्दै आफुहरुलाई निर्वाचनमा सहयोग गर्न अध्यक्ष उम्मेदवार राधेश्याम लेकालीले सम्बध्द सबैलाई आग्रह गर्नुभएको छ ।

महासचिब उम्मेदवार राम प्रसाद खनालले   " म जहाँ रहुँ - सबैभन्दा पहिला नेपाली हुँ । नेपाली भाषा, साहित्य, गीत, संगीत, कला र संस्कृतिको जगेर्ना र विकास मेरो धर्म हो, मेरो कर्म हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा सबैलाई समेटेर, राम्रो र सर्वसम्मत केन्द्रीय कार्य समिति बनाउने मेरो र साथीहरूको प्रयास एकादुई साथीहरूको असहयोगका कारण पूर्ण सफल हुन सकेन । सम्पूर्ण पदमा निर्विरोध र सर्वसम्मत भएको अवस्था अन्तिममा आएर तुहाउने साथीहरूलाई पनि हाम्रो आग्रह छ - मित्रहरू स्वस्थ ढङ्गले चुनावमा प्रतिस्पर्धा गरौँ अब । कोही कसै प्रति हाम्रो वाशिङटन डिसी मेट्रो कमिटी र म बायस छैन, हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दछौँ र हाम्रो प्रतिबद्धता अनुसार अनेसासलाई सबैको अनेसास बनाउन कुनै कसर बाँकी राखिने छैन । न त कसैलाई काखा, न त पाखा गरिने छ । सबैको, सबल अनेसास बनाउन हाम्रो प्रयास हुने छ । महा-सचिव पदमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै साथ र सहयोगका लागि सबै सँग आग्रह गर्दछु" भन्नुभएको छ ।

खनालले आफुहरु बिचमा सहमति र सहकार्य भएको भन्दै अध्यक्षमा राधेश्याम लेकाली, महासचिबमा आफु रामप्रसाद खनाल, अमेरिका उपाध्यक्षमा प्रकाश नेपाल, र सचिबमा लाल गोपाल सुबेदीलाई समेत मत माग्दै सबै सँग सहयोगको आह्वान गर्नुभएको छ ।
 
"हालको विधान अनुसार केन्द्रीय समितिमा जम्मा १२ जना मात्र रहने व्यवस्था भएकोले सबै देश, शाखा, साथीहरूलाई अहिले नै समेट्न सकिएन तर विश्वास गर्नुस् - हामी निर्वाचित भए लगत्तै तुरुन्तै विशेष निर्णय र व्यवस्था गरेर छुट हुनुभएका साथीहरू, शाखाहरू सबैलाई सके सम्म समेट्न कुनै कसर बाँकी राखिने छैन । यसो गर्छु, त्यसो गर्छु भनेर म लामो घोषणा-पत्र जारी गर्ने होइन निर्वाचित भए पछि सबैलाई समेट्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना र विकासका लागि अहिलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लाई "हाम्रो अनेसास, राम्रो अनेसास" बनाउन हर सम्भव प्रयास गरिने छ" भन्दै महासचिब उम्मेदवार रामप्रसाद खनालले "अनेसासका सम्पूर्ण आजीवन सदस्य अग्रजहरू, मित्रहरू, संस्थापकहरू देखी सबैलाई साथ र सहयोगका लागि विनम्रता पूर्वक अनुरोध गर्दछु । मेरो यो अनेसास सबल बनाउने प्रयासमा साथ दिने हरेक हरेक अग्रज र साथीहरू प्रति म नमन गर्न चाहन्छु । तपाईँ हामी सबैको जय होस । अनेसासको जय होस" खनालले भन्नुभएको छ ।

स्मरण रहोस - सहमति र सहकार्य गरी जाने भए पछि अर्की अध्यक्ष उउम्मेदवार भारती गौतमले निर्वाचनबाट आफु पछि हटेको घोषणा गर्नुभएको छ । वहाँले भन्नुभएको छ - "साहित्यिक संस्थाहरुमा राजनीति र त्यस प्रकारको वातावरण हुनु हुदैन भन्ने मेरो मान्यता हो। त्यसो हुंदा हुंदै पनि अनेसासको वर्तमान प्रवृत्ति र त्यसभित्रका केहि अव्यवस्थाहरु वारे साहित्यप्रेमी र अनेसासप्रति आस्था राख्नेहरुको ध्यान आकर्षण गराउने आवाजको प्रतिनिधित्व गर्दै मैले उम्मेद्वारी दिएकी थिएं। थाहा छैन यो आवाज कति सम्म सुनियो। केन्द्रीय समितिका कुनै पदमा नरहि पनि संस्था प्रतिको आस्था र यसको गरिमा वढाउने तर्फ मेरो सद्भाव र सेवा निरन्तर नै रहने छ।
आफैंसंगको चिन्तन मनन एवं मेरा धेरै निकटका साथीसंगी र अग्रजहरु को सल्लाहको आदर गर्दै उम्मेद्वारको मेरो यात्रा यही समाप्त गर्छु। यस विचमा मलाई साथदिने सवै प्रति कृतज्ञता व्यक्त गर्दै मेरो यो निर्णय वाट कसैलाई कुनै गुनासो छ भने म विनम्र क्षमा याचना गर्छु। अनेसासलाई जसले नेतृत्व गरे पनि संस्थामा अहिले सम्म देखिएका अनि देखिन वाकी सबै त्रुटीहरु सम्हालिदै जाने छन् भन्ने मेरो आशा छ।"

- Enepalese.com बाट साभार 


लेकाली समुह र टिमको पोस्टर यस्तो छ :  



******


जहाँ रहुँ - सबैभन्दा पहिला नेपाली हुँ म। नेपाली भाषा, साहित्य, गीत, संगीत, कला र संस्कृतिको जगेर्ना र विकास मेरो धर्म हो, मेरो कर्म हो । नैतिकता, विश्वाश, अनुशासन, मर्यादा, कुनै पनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिने सेवा भाव मेरा माता पिताले देखाएको बाटो हो, सिकाएको पाठ हो, आदर्श हो । यो भन्दा बाहिर गएर म कसै सँग कुनै पनि कुरामा सम्झौता गर्न पनि सक्दिन र गर्ने पनि छैन । विश्वाश गर्ने वा नगर्ने तपाईंहरुकै जिम्मा ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक