20180815

किरण केसीले गरे ‘दाल भात तरकारी’ को घोषणा, मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्ने

Image may contain: 2 people, including Shivahari Paudyalहास्यअभिनेताहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीले गतवर्ष चलचित्र ’शत्रु गते’ हिट भएपछि नयाँ हास्य प्रधान चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने भएका छन् । यो चलचित्रको बुधबार काठमाडौंमा एक समाराेहबीच निर्माण घोषणा गरियो ।
मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, टिमकै अघिल्लो फिल्म ’शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम
गरेका थिए ।
यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरी पौडेल, किरण केसी, राजाराम पौडेल, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, , शिशिर बाङ्ग्देल, जयनन्द लामालगायतका कलाकारहरुको अभिनय रहनेछ । 
मंसिर पहिलो साताबाट फिल्मको छायाँकन  सुरु हुँदैछ । वर्ष २०७६ साल १३ बैशाखमा प्रदर्शन मिति तोकिएको घोषणा सो कार्यक्रममा गरियो । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने कार्यक्रममा जानकारी गराईयो । फिल्मको कथा, पटकथा, सम्बाद र गीत हरिवंश आचार्यले लेखेका हुन् ।
जसमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहने छ । फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।
नेपालीहरुको दैनिक जीवनसँग दाल भात तरकारी जोडिएकाले फिल्मको नाम पनि दालभात तरकारी नै राखिएको यसका निर्माता एवम् अभिनेता हरिबँश आचार्यले बताए ।
अर्को हास्यव्यँग्य अभिनेता एवम् निर्माता मदनकृष्ण श्रेष्ठले शत्रु गते जस्तै दाल भात तरकारी पनि हास्य प्रधान र सबैलाई मन पर्ने चलचित्र बनाउन कोशिस गर्ने घोषणा समारोहमा बताए । यसका कार्यकारी निर्माता किरण केसीले मौलिक चलचित्र निर्माण गर्न लागेकाले यसको नाम पनि दाल भात तरकारी जुराएका हौं भने ।
बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सफल कलाकारसँगै सफल निर्माता पनि भएको बताए । दाल भात तरकारीको टिम नै राम्रो भएकाले फिल्म पनि राम्रो बन्ने विश्वास उनले व्यक्त गरे ।
Image may contain: 4 people, including Kiran KC
Image may contain: text
Image may contain: 6 people, including Kiran KC, people smiling

Image may contain: 12 people, including Kiran KC, people smiling, people standing
Image may contain: 8 people, including Yaman Shrestha and Kiran KC, people smiling, people standing and outdoor
Image may contain: 3 people, people sitting
Image may contain: 3 people, including Kiran KC, people smiling, text

Image may contain: 2 people, people smiling
Image may contain: 8 people, including Kiran KC, people smiling, people sitting

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक