20180920

भन त बाबुराम !


८२ बर्से बुढा बा लाई
मन्दिरको मौलो मा बाँधेर
तिम्रै निर्देशनमा
तिम्रै अराजक भीडले
बली चढाइएको   बोकोलाई काटे जस्तै
खुकुरीले छ्याम्म काटेको देख्ने आँखा
अझै फुटेका छैनन् महासय !
भन कसरी तिमीलाई नेता मानुँ म ??
तिमी देशका रक्षक हौ भनेर
कसरी ठानुँ म ??

बुढी आमा जीवनको भिख माग्दै ढल्दा
तिम्रा जल्लादहरुले कुल्चिँदै
तँलाई पनि मारिदिउँ बुढी भन्दै
धम्काउँदै, सँगीनले घोच्दा
लाम लागेर
कहाली लाग्दो दृश्य हेर्ने
लाचार प्राणी हामी
जिउँदैमा मुर्दा जस्ता भएका हामी
बगरेले जस्तै घाँटी रेट्न अर्डर दिने तिमी
तिम्रा ती निर्दयी अनुचरहरु
तिमी जस्ता मानबरुपी दानवहरूलाई
तिमी जस्ता जल्लादहरुलाई
भन कसरी नेता मानुँ म ??
तिमी देशका रक्षक हौ भनेर
कसरी ठानुँ म ??


आँखै अगाडि कैयौँ आमा बिधुवा भए
भाउजूहरूका सिन्दूर पुछिए
दिदी बहिनीहरू सेता वस्त्रदारी भए
कैयौँका कोख भित्रिए
आमा बाबुकै काखबाट
तिम्रै आदेशमा
तिम्रै जल्लादहरुले
जबर्जस्ती खोसेर लागेका
निर्दोष कलिला सन्ततिर
अझै फर्किएका छैनन् महासय !
कयौँ आमा बाबुको रुँदा रुँदै
आँसु सकिएको छ !
खुसी र हाँसो जिन्दगीभरका लागि
तिम्रै कारणले लुटिएको छ !
भन कसरी तिमीलाई नेता मानुँ म ??
तिमी देशका रक्षक हौ भनेर
कसरी ठानुँ म ??

तिमीले आगो झोँसिदिएको घर
आँखै अगाडी खरानी खरानी भएको
धन सम्पत्ति अन्नपात लुटेर लगेको
दाइ भाइ बेपत्ता पारेको
दिदी बहिनीलाई रुवाउँदै रुवाउँदै झारेको
कयौँलाई जिउँदै खाडलमा पुरी मारेको
रुखमा बाँधेर गोली हानी मारेको
यी र यस्ता अपराध गरेको
भन म कसरी भुलुँ ??
भन कसरी तिमीलाई नेता मानुँ म ??
तिमी देशका रक्षक हौ भनेर
कसरी ठानुँ म ??

गोठको दूध दिने गाई काटेर खायौ
लम्ब्याउन ठिक्क परेको भैँसी
आँखै अगाडि बिला लायौ
स्कुले बाल बालिकालाई
बन्दुक बोक्न सिकायौ
के राम्रो गर्‍यौ र बाबुराम ??
आफ्नी छोरी दिल्ली लगेर पढायौ
दुनियाँका छोरा छोरीलाई
अपराधको दुनियाँमा सडायौ !
भन कसरी तिमीलाई नेता मानुँ म ??
तिमी देशका रक्षक हौ भनेर
कसरी ठानुँ म ??

धर्म खायौ
कर्म खायौ
मर्न र मार्न लगायौ
तोडफोड गर्‍यौ
विकासका संरचना ध्वस्त पार्यौ
देशलाई सय वर्ष पछाडि पार् यौ
भन त तिमी आफै
देशलाई के राम्रो गर्‍यौ ??
राक्षस बिर्साउने तिमी
राक्षसी राज बिर्साउने तिमी
लुट्न सिकायौ
कुट्न सिकायौ
फुट्न सिकायौ
मर्न र मार्न सिकायौ
अपहरणमा पार्न सिकायौ
गर्न नहुने सबै सिकायौ !
भन त गर्न हुने के नै सिकायौ ??
त्यसैले,
भन कसरी तिमीलाई नेता मानुँ म बाबुराम ??
तिमी देशका रक्षक हौ भनेर
कसरी ठानुँ म बाबुराम ??

- रामप्रसाद खनाल, सेप्टेम्बर २०, २०१८

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक