20180908

हरेक हरेक बाबुहरुमा समर्पित एउटा कविता



आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन । हरेक बाबुहरुलाई शुभकामना । बाबु जिबितहुनेहरु तपाईंहरु भाग्यशाली हुनुहुन्छ बाबुको मुख हेर्ने मात्र होइन महत्व पनि बुझ्नुहोला । हामी बाबु गुमाएकाहरु फोटोमै बाबुको मुख हेरेर चित्त बुझाउन वाध्य छौं ।
हरेक हरेक बाबुहरुमा समर्पित एउटा कविता आजको शुभ दिनमा ।

आमा आमा मात्रै भन्दै गर्दा 
आमाकै मात्र महिमा गाउँदै गर्दा
घोर अन्याय भोगीरहेका
बिचरा बाबुहरु !
कति छन कति
मन भरी
मुटुभरी
दर्दनाक कथा र ब्यथाहरु
तर ति कथा र ब्यथा
भित्र भित्रै दबाईएका छन
गुन्द्रुक खाँदिए जस्तै
खाँदिएका छन
खसाल्ने नै हो मन मुटु भित्रै भने
हिरोसिमा र नागासाकी
दोहोरिन सक्छ छाती भित्र
उत्तर कोरियाका क्षेप्र्यास्तहरुमा
ईरानका आणबिक भट्टीहरुमा
बिस्फोट हुँदा हुने हलचल 


आगोका ज्वालाहरु
बाबुका मनहरुमा
मुटुहरुमा
दिनहुँ चली रहेछन
बली रहेछन !
तर ति छाती भित्र हुने बिस्फोटहरु
के सुन्थे र आमाहरु
के बुझ्थे र नानी र नानाहरु
तर बाबुहरु
भित्र भित्रै आफु रोएर
श्रीमती छोरा छोरी भन्दै
मन भरी ब्यथाहरु कन्दै
कृतिम हाँसो हाँसीरहेका छन
अटस पटस गर्दै
जिन्दगी बाँचिरहेका छन
गधाले जस्तै भारी बोक्ने बाबु
बाहिरबाट सबै जुटाइदिने बाबु
कमाइले नपुगे ॠण उठाइदिने बाबु
साहुको कमारो हुने बाबु
खुन र पसिना सिँचेर
परिवार पाल्ने बाबु
तर तिनै परिवारले नबुझेर फाल्ने बाबु
आमाको मात्रै बयान गर्दा
भुसुक्कै बिर्सिइएको बाबु
तर उ रुन्चे हाँसो हाँस्छ
आफ्नो लागि होइन
परिवारको लागि बाँच्छ
अभागी बाबु
अपजोसको खानी बाबु
आमा आमा भन्छन
तर बाबुलाई बुझ्दैनन नानीबाबु
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक