20181005

विश्व मुटुरोग दिवसको अवसरमा लायन्स क्लब अफ लर्ड वुद्ध काठमाडौंले गुल्मी जिल्लाको तम्घासमा त्रिदिवसीय कार्यक्रम आयोजना

Image may contain: 6 people, people standing and outdoorगुल्मी / विश्व मुटुरोग दिवसको अवसरमा लायन्स क्लब अफ लर्ड वुद्ध काठमाडौंले गुल्मी जिल्लाको तम्घासमा त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । गुल्मीको तम्घासमा आयोजिक बृहत स्वाथ्य शिविरमा २ हजार भन्दा धेरैले मुटु परिक्षण गरेका छन् । लर्ड बुद्ध काठमाडौँको आयोजना र हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको सह
आयोजनामा सञ्चालित शिविरमा बाग्लुङ, अर्घाखाँची लगायत आसपासका जिल्लाका सर्वसधारण आएका थिए । 

विकासोन्मुख देशहरुमा मुटु रोग निकै ठूलो समस्याका रुपमा देखा पर्न थालेको छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । विश्व स्वास्थ्य संठनले पनि सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ । लर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारी आफ्नो जन्म जिल्लामा समाजसेवा गर्न पाएकोमा आफुलाई खुुसी लागेको बताए ।
सात जना बिशेषज्ञ डाक्टर मेडिकल डाक्टर ५ जना, अन्य गरी ३० जना स्वास्थ्यकर्मी रहेको यस शिविर गुल्मीमा सबै भन्दा बृहत भएको सह आयोजक गुल्मी शाखाका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताए । वीर अस्पतालका वरिष्ठ मुटु रोग बिषेज्ञ डाक्टर तथा प्रकाश राज रेग्मी, बरिष्ठ फिजिशियन तथा लिवर, आन्द्रा मधुमेह रोग विशेषज्ञ डाक्टर दिनेशचन्द्र पोखरेल, प्रसुती तथा स्त्री रोग बिशेषत्र सौजन्य कमचार्य, वरिष्ठ फिजिसियन डाक्टर रोशनकुमार झा, हाड जोर्नी बिशेषज्ञ डाक्टर आदित्य आनन्द लगायत आएका थिए ।
No automatic alt text available.
 ११ असोजमा मुटुरोग अभिमुखीकरण तालिम जनप्रतिनिधी र कार्यलय प्रमुखलाई दिएर सुरु गरिएको थियो । सोही दिन १६ जना डाक्टरसहित २२ जना स्वास्थ्यकर्मीलाई मुटुरोग सम्बन्धी तालिम प्रा।डा.प्रकाशराज रेग्मीले दिएका थिए ।

१२ असोज र १३ असोजमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा २ हजार २ सय १५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भने १ सय ५६ जनाको इको -मुटुको एक्सरे- गरिएको थियो ।

यस्तै, २ सय ८८ जनाको इसीजी, २ सय २२ जनाको पेटको भिडियो एक्सरे र २२ जनाको इण्डोस्कोपी, ३ सय ५९ जनाको पाठेघरको मुखको क्यान्सरको स्केनिङ गरिएको थियो भने ४ सय ५२ जनालाई प्याथोलोजी सम्बन्धी सेवा दिइएको थियो ।
Image may contain: 6 people, people standing and outdoor
औषधी पनि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक प्रदीप पोख्रेलले जानकारी दिए ।

उक्त शिविरको नेतृत्व बरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी र बरिष्ठ फिजिसियन एण्ड इन्टेरोलोजिष्ट डा. दिनेशचन्द्र पोखरेलले गरेका थिए । उक्त स्वास्थ्य शिविरमा ७ जना बरिष्ठ डाक्टरसहित ३१ जनाको मेडिकल टिम संलग्न थियो ।

लायन्स क्बलका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी गृहमन्त्री रामबहादुर थापा र बिशिष्ट अतिथीका रुपमा सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल उपस्थिती थिए ।
Image may contain: 15 people, including Arjun Gyawali, people smiling, outdoor
Image may contain: 8 people, people standing, crowd and outdoor
Image may contain: 5 people, people smiling
Image may contain: 24 people, including Arjun Gyawali, people smiling, people standing and outdoor
Image may contain: 8 people, including Yamuna Bhandari, outdoor
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 11 people, people smiling, people standing, wedding and outdoor
Image may contain: one or more people, people standing and outdoor
Image may contain: 4 people, including Yamuna Bhandari, people smiling, people standing
Image may contain: 5 people
Image may contain: 5 people
Image may contain: 13 people, including Mohan Jnawali, people standing, sky and outdoor
Image may contain: 10 people, people standing
Image may contain: 6 people

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक