20181124

बरिष्ठ पत्रकार राजन कार्कीद्वारा लिखित ‘राजा, नव बास्सा’ र शेखर ढुंगेलद्वारा लिखित ‘भैरव दाइको सय रुपैया“ र म’ लोकार्पण

Image may contain: 5 people, including Tirtha Koirala, people smiling, people sitting and indoor

Image may contain: 7 people, people smiling, people sitting and indoor
Image may contain: 5 people, people smiling
२०७५ साल मंसिर ७ गते दुई पुस्तक प्रकाशित भएका छन्– बरिष्ठ पत्रकार राजन कार्कीद्वारा लिखित ‘राजा, नव बास्सा’ र शेखर ढुंगेलद्वारा लिखित ‘भैरव दाइको सय रुपैया“ र म’ । यी दुवै पुस्तकको लोकार्पण नेपाल एकेडेमीको लाइबे्ररी हलमा भएको थियो । लोकार्पण गर्ने व्यक्तित्वहरु थिए– राष्ट्रिय मानवाधिकार आयोग कि प्रवक्ता माननीय मोहना अन्सारी, योगविज्ञापनका धुरन्धर ब्रम्हश्री मित्र, इतिहासविद डा.सुरेन्द्र केसी, सीमाविद बुद्धिनारायण श्रेष्ठ, बरिष्ठ पत्रकार तीर्थ कोइराला, नइ प्रकाशनका सदस्य सचिव तथा साहित्यकार नरेन्द्र प्रसाई र पुस्तक प्रकाशक हीरण्य ताम्राकार ।
निजीक्षेत्रबाट कुनै पनि पुस्तक लोकार्पणमा यति ठूलो जमघट भएको यस कार्यक्रममा धेरै क्षेत्रका, धेरै विज्ञ, विशेषज्ञ, पूर्वप्रशासक, साहित्यकारहरुलगायतको सहभागिता थियो । आमन्त्रित प्रमुख अतिथि र विमोचक व्यक्तित्वहरु अतिथि भनिएको यस कार्यक्रम एभिन्यूजका युवा उद्यमी कार्यक्रमका सञ्चालक विशाल गैरेले सञ्चालन गरेका थिए । पहिलोपल्ट यस कार्यक्रममा हिन्दुराष्ट्र र राजतन्त्रको आवश्यकताका बारेमा चर्चा भएको थियो ।
भैरव रिसालको विशेष सम्मान र शेखर ढुंगेलले सय रुपैया“ फर्काएको यस कार्यक्रममा शेखर ढुंगेल विदेशमा भएका कारण सहभागी थिएनन भने ‘राजा, नवबास्सा’का लेखक राजन कार्कीले यस कार्यक्रममा दिएको अभिव्यक्ति यस्तो थियो–
दाइ आए, बहिनी आइन्, दशैं यही तिहार यही
दुःख सुख बा“ड्ने थलो मन्दिर, मस्जिद विहार यही
यसैगरी बा“च्न पाइयोस्, नेपाली हुँ भन्न पाइयोस्
हामी बा“च्ने आफ्नै थलो मेचीकाली बहार यही ।

जुन दिन नागरिकको मनबाट राष्ट्रियताको भावना विलुप्त हुन्छ, अन्य सबैथोक रहला तर त्यो दिन त्यस राष्ट्रको मृत्य हुन्छ । यही भावनाका साथ मैले निम्तो कार्ड तैयार गरेको थिएँ, समीक्षक हरि अधिकारीले देशभक्तहरूलाई भनेर निम्ता दिएपछि एउटा सामान्य गरीब नेपालीले के गर्ने, जाने कि नजाने ? तपाईहरूले तोकिदिएको देशभक्ती गहुँगो लाग्नसक्छ भनेर टिप्पणी गरिदिनुभयो ।
यसमा मेरो भन्नु यत्ति छ, सबै देशभक्त भइदिएको भए नेपालीले यसरी हुटहुटीमा बा“च्नुपर्ने थिएन ।
त्यही जनभावनाको प्रतिनिधित्व हो ‘राजा, नवबास्सा ।’
यो पुस्तकका सम्बन्धमा मेरो यत्ति भन्नुछ–
हामी सबैको मन कुडिएको छ, घरमा खुशी छैन । समाजमा उच्छृंखलता छ, सहरमा बितृष्णा व्याप्त छ । शासन छ, सुशासन छैन । अदालत छ न्याय छैन । मान्छेको भीडमा मान्छे र मानवता खोज्नुपर्ने स्थिति छ । लाग्छ देश दनदनी कुरिति, कूकर्म, अनैतिकताको आगोमा झुल्सिरहेको छ । बन्दुकले सकेन, अव कलमले समाजलाई हेर्नुपर्छ, पहरेदारी गर्नुपर्छ । साहित्यमा लागेकाले समाज नदेखे कसले देख्ने, समाज नलेखे लेख्ने ? साहित्य समाजको देशको ऐना हो ।
यो पुस्तक देशभित्र व्याप्त बिकृतिविरुद्धको आवाज हो ।
देशभक्त भनेर नै अगुवा छानियो उही देश बिगार्ने भाँड भयो
किन हो किन मान्छे जनावर बन्ने अन्न कुहाएको जाँड भयो
ललाटको लहना, देशको गहनाको मुहार हेर्नोस् कति फोहरी
मिलेर ल्याएको परिवर्तन झिकिदे गाँडभन्दा थपिदे गाँड भयो ।
हाम्रो घर, समाज, देश सुरक्षित छैन । हामीले बनाएको पहरेदार संसद हो, हाम्रो सरकार हो । कञ्चनपुरमा गौतम गोविन्दलाई विदेशीले मा¥यो, सरकार बोलेन । सप्तरीको तिलाठीमा देवनारायणलाई पाता फर्काएर लगियो, जेल कोचियो, सरकार बोलेन । ६० हजार हेक्टर भूमि भारतले खाइसक्यो, अव १० हजार १९ बर्ग किलोमिटर लिम्पियाधुरा, लिपुलेकको जमिन नक्साबाटै हरायो, सरकार जिब्रो तालुमा टाँसेर बसेको छ । अरुले नबोले अव साहित्यफा“ट उठ्नुपर्छ, कलम युद्ध छेड्नुपर्छ ।
जनबललाई भत्ता बनाएर खानेहरुलाई कति मायाँ गर्नु
जनमनलाई सत्ता बनाएर लानेहरुलाई कति दया गर्नु
सुल्टो कुरा गरेर उल्टो काम गर्नेहरुको लर्को नै लाग्यो
टोपीलाई जुत्ता बनाएर जानेहरुलाई कति घृणा गर्नु ?
हामी आफ्नो रक्षा गर्न सक्षम छौं, अरुको विरोध होइन यो, नेपाली आवाज हो, बुझ्नेले बुझुन्–
यो माटो विक्रीमा छैन ।
यो पुस्तक यही हो ।
शान्ति र समानता खोजेको हो बाढी कसैको भित्र हुन्न
बारुद खेलाउनेहरुले बुझ्नुपर्छ आगो कसैको मित्र हुन्न
मर्न त कसलाई मनलाग्छ र खरानी खोजेको कि जीवन
सुनामी रोक्नेले रोकुन, अन्यथा हावाको कुनै चित्र हुन्न ।
स्वर्ग आयो आयो भनियो, के आयो आयो कस्तो आयो
अन्धाले हात्ती छामेजस्तो नाङ्गलो कि रुख जस्तो आयो
अजङ्गको आकार छ रात विहान हामीलाई तर्साइरहन्छ
बागमतीमा बग्ने महारोगको किटाणुभन्दा सस्तो आयो ।
यो पुस्तक यही हो । खबरदारी हो । देशमा फोहर छ, बढार्ने हामीले नै हो । अगुवा बनाएकाहरु बाटोमै फोहर गर्न थाले, तिनलाई सुधार्ने हामीले नै हो । अव पुस्तक सार्वजनिकरण भइसकेको छ । पुस्तक तपाईहरुको हातमा छ । विश्लेषण गर्ने जिम्मा तपाईहरुको ।
घर बहालमा बस्नेहरु मूल्याह परेछन् घरपतिलाई चुस्न थाले
छिमेकी नम्बरी हुल्याह परेछ, तर्साउँदै घरभित्रै पो घुस्न थाले
छाती ओछ्यादिएपछि किन हच्कन्थ्यो कचक्क कुल्चने नै भयो
साँध सतित्व पहिचान अस्तित्व ब्वाँसोले झैं हौसेर लुछ्न थाले ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक