(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20181129

पत्रकारितासमेत कि माफियाहरुको मुठ्ठीमा, कि राजनीतिक पार्टीको मुठ्ठीमा परिसकेको छ !

Image may contain: 2 people, including Pushkar Lal Shrestha, people smiling-पुष्करलाल श्रेष्ठ
नेताहरुले मुलुकका लागि केही काम गरेनन् । त्यसैले यो मुलुक बन्न नसकेको हो भनेर हामीले धेरै लेखिसक्यौं, बोलिसक्यौं । तर, यसको उत्तर खोज्दै जाँदा हामीले चाहिँ आफ्नो तर्पmबाट मुलुकका लागि आजसम्म के गरेका छौं त ? अनि हामीचाहिँ कस्ता छौं त ? कसैलाई सोधिरहनै पर्दैन । त्यो त हामीले हाँक्ने मोटरसाइकलको हँकाइबाटै सबै कुरा प्रस्ट हुन्छ ।
पाएसम्म सडकको नियम मिच्छौं, त्यतिले पनि धित मरेन भने पैदल यात्रीका लागि छुट्याएको पेटीबाटै बाइक हुइँक्याउँछौंैं । दुईजना मान्छे नछिर्ने गल्लीमा मोटरसाइकल हुइँक्याउन नपाए कानै खाने गरी हर्न बजाएर हिँडिरहेका मान्छेलाई तर्साउँछौं । त्यतिले पनि मान्छेले बाटो नछोडे, खाउँलाझैँ हेर्छौं । मिलेसम्म सडकमै बाइक पार्क गर्छौं । बायाँतिरबाट ओभरटेक गरेर बाइक हुँइक्याउनु त हाम्रो अधिकारजस्तै भइसक्यो । तैपनि हामी प्रधानमन्त्री ओलीले केही काम गर्दैनन् भन्न छाड्दैनौं ।

हामीमध्ये धेरैलाई कुकुर पाल्ने सोख छ । जनावरमध्ये कुकुर मानिसका लागि सबैभन्दा असल र गुणी साथी मानिन्छ । त्यसैले कुकुरका लागि हामी धेरै खर्च पनि गर्छौंं । हैसियतले भ्याएसम्म महँगो कुकुर किनेर पाल्ने हाम्रो चाहना हुन्छ । मर्निङ वाकमा जाँदा सकेसम्म कुकुरलाई सँगै लिएर हिँड्न मन पराउँछौं । कुकुरको एउटै खराब बानी भनेको दिसा–पिसाब च्याप्यो नभनीकनै जहाँ मन लाग्यो त्यहीँ गरिदिने हो । आफ्नो कुकुरले बाटोमा गरेको दिसा सोहोरेर पन्छाइदिन हामीलाई मन पर्दैन । अझ आपूmले पालेका कुकुरले दिसा–पिसाब फेर्ने समय थाहा पाएमा हत्त न पत्त आफ्नो कम्पाउन्डबाहिर लगेर मिलेसम्म छिमेकीको घरवरिपरि कुकुरलाई छोडिदिन्छौं ।
फोहोर त सबैको घरमा दिनहुँ उत्पादन हुने कुरा हो । यो त भनिरहनै पर्दैन । तर, त्यो फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हामी नेपालीलाई जति अरु मुलुकका मानिसलाई थाहा होलाजस्तो लाग्दैन । दिनभरिको फोहोर प्लास्टिकको झोलामा हालेर अलि एकान्ततिर घर भए साँझ ७ बजेतिरै र अलि शहर वा बाक्लो बस्तीतिर घर परे बेलुकी १० बजेसम्ममा यसो दायाँ–बायाँ हेर्दै सडक वा कुनातिर फ्याँकेर घरभित्र कुलेलाम ठोक्छौं । बाहिर कतै जाँदा बीचबाटोमै पिसाबले च्यापेमा रुख वा बिजुलीको खम्बामा छेलिएर भित्तामा खोलै बगाइदिन्छौं । अनि सुरुवालको इँजार वा पाइन्टको फसनर मिलाउँदै नेपाल सरकारलाई गाली गर्छौं ।
सबैतिरबाट पीडित भई आवाजविहीन बन्न पुगेकाहरुको आवाज बन्नुपर्ने पत्रकारितासमेत कि माफियाहरुको मुठ्ठीमा, कि राजनीतिक पार्टीको मुठ्ठीमा परिसकेको छ । अरु त अरु, यी सबैलाई खबरदारी गर्दै हिँड्नुपर्ने नेपाली समाज याने कि बहुमत जनता नै देशको झन्डा नबोकी, राजनीतिक पार्टीको झन्डा बोकी आफ्नो कर्तव्य बिर्सेर खाली अधिकार मात्र खोज्दै हिँड्छन् भने कसरी बन्छ नेपाल ?
उता सडकमा ट्राफिक नियन्त्रण गर्न बसेका प्रहरी बर्दी लगाएर उभिएपछि आपूm नागरिकका साथी हौं भन्ने कुरा पनि बिर्सन्छन् कि के हो, अधिकांश ट्राफिक प्रहरी आपूmलाई सडकको राजा नै सम्झेर सवारीचालकहरुसँग व्यवहार गरिरहेका देखिन्छन् । केही अपवादमा देखिएका बाहेक अधिकांश ट्राफिकहरु सवारीचालकहरुलाई हप्किदप्कीको भाषामा व्यवहार गरिरहेका हुन्छन् । यो समस्या ट्राफिक प्रहरीमा मात्र होइन, अधिकांश पेसाकर्मीहरुको रोग नै बनेको छ ।
अदालततिर पस्दा वकिल र न्यायाधीशहरु आफूहरुबाहेक दुनियाँमा अरु कोही मनुष्य कानुनका ज्ञाता नै हुँदैनन् जस्तो गरी अर्ति–उपदेश दिइरहेका भेटिन्छन् । सरकारी कर्मचारीहरु त झन् छोई नसक्नु नै हुने रहेछन् । लामो समयदेखि सरकारी कर्मचारीहरुको हप्किदप्कीबाट निराश बनेर बसेकी एकजना भान्जीको नागरिकता सच्याउनुपर्ने भएर केही समयअघि काठमाडौं जिल्ला प्रशासनमा उनीसँगै सहयोगी बनेर जाँदा नागरिकता फाँटमा बस्ने एकजना सहायक सीडीओको हर्कत देख्दा जिल्लै परियो ।
उस्तै कमजोर मान्छे भए त मानसिक सन्तुलन नै गुमाएर फर्कनुपर्ने स्थिति थियो । उनको जङ्गली व्यवहार र चुरिफुरि हेर्दा उनी आपूmलाई स्थायी सरकारको पनि राजा नै सम्झेर बसेको भान हुन्थ्यो । सरकारी अस्पतालहरुका चिकित्सक–नर्सहरुको व्यवहारबाट आजित नहुने मुस्किलले कोही भेटे अर्कै कुरा भो ।
सार्वजनिक यातायातमा यात्रा गर्नुअघि लाइनमा बसेर सभ्य बन्दै गाडी चढ्नुपर्छ भन्ने कुरासमेत हामीलाई थाहा छैन । वृद्धवृद्धाहरुलाई समेत घचेट्दै ठेलमठेल गरेर सिटमा बसिसकेपछि ठूलै युद्ध जितेजस्तै गरी गमक्क पर्ने हाम्रो बानी नै परिसकेको छ । आफ्नो अगाडि थरथर काँपेर उभिरहेकी ८०–९० वर्षकी वृद्धालाई समेत नदेखेजस्तो गर्ने तर हुलमा कुनै तरुनी उभिरहेको देखेपछि भने ती वृद्धालाई ‘आमा बस्नुस्’ भन्दै आफू बिस्तारै तरुनीछेउ उभिन पुग्ने गर्छौं । यो लेख लेख्नुअघि बसभित्रको प्रत्यक्ष अनुभव गर्न काठमाडौंको रत्नपार्कबाट थानकोट जाँदा बसभित्र टेक्ने ठाउँ पनि थिएन । तर, सवारीचालकसँगैको एउटा सिट भने खालि रहेछ । सँगै उभिइरहेकी एकजना वृद्धालाई त्यहाँ ठाउँ दिन अनुरोध गर्दा चालकले खाऊँलाभैmँ गरी झन्डै गाडीबाट ओरालेको ! एकछिन्पछि सोल्टीमोडमा गाडी रोक्दा त्यहाँबाट चढेकी एउटी तरुनीलाई ठाउँ दिन पो त्यो सिट खालि राखिएको रहेछ । कुन बस स्टेसनमा कतिखेर राम्री केटी गाडीमा चढ्छन् भन्ने कुरा लोकल बसका चालकहरुलाई कण्ठै हुने रहेछ कि क्या हो ? अहिले चलिरहेको ‘मी टु’ अभियानले उनीहरुलाई कतिको सजग गराएको होला, त्यो भने थाहा हुन सकेन ।
सार्वजनिक यातायात व्यवसायीबारे उल्लिखित कुरा पढेपछि ट्याक्सी ड्राइभर, ठेकेदार, म्यानपावर व्यवसायीहरुले देखाउने व्यवहारबारे धेरै शब्दहरु खर्च गरिरहनु आवश्यक पर्लाजस्तो लाग्दैन । इन्जिनियर, डाक्टर, प्राध्यापकजस्ता पढेलेखेका बौद्धिक व्यक्तित्वहरुबाट त आजकाल राम्रो व्यवहारको अपेक्षा गर्न सकिँदैन भने अन्य पेसाकर्मीको त झन् कुरै भएन । समाजमा डरलाग्दोरुपमा पैmलिँदै गइरहेका यस्ता नकारात्मक व्यवहार र क्रियाकलापहरुलाई समयमै रोक्न सकेनौं भने भविष्यमा यसले मुलुकलाई तबाह गर्न बेर लगाउँदैन । अरु त अरु, मीठो कुरा गरेर तालुखुइले ग्राहकलाई समेत काँगियो बेच्नुपर्ने व्यापारीहरुले पनि आजकाल ‘खाए खा नखाए घिच्’ जस्तो व्यवहार गरिरहेका हुन्छन् भने अरुको के कुरा गर्ने ?
के उसो भए, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र हुने बेथितिहरुलाई इमानदारितापूर्वक उजागर गर्ने जिम्मेवारी बोकेका हामी पत्रकारहरु मात्र हाम्रो समाजका असल नागरिक हौं त ? यो लेख लेखिरहँदा एउटा पुरानो सम्झना याद आयो । ‘पत्रकार आफ्नो पेसामा इमानदार र असल भइदिएका भए आज मुलुकका व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाजस्ता तीनवटै अंग यसरी पंगु हुन्थे त?’ भनेर नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास पुस्तकका लेखक स्वर्गीय ग्रीष्मबहादुर देवकोटाले यस स्तम्भकारसँग आपूm बित्नु केही समयअघि प्रश्न गरेका थिए । उनी बितेको धेरै वर्ष व्यतीत भइसक्यो । तर, आजका दिनसम्म आपैंm पत्रकार भएर पनि यसको सही उत्तर खोजेर केही लेख्न सकिएको छैन ।
हामीले आजसम्म मुलकको राजनीति र वातावरण प्रदूषित भइरहेको कुरा मात्र देख्यौं, लेख्यौं । तर, हामी आफैंभित्र पैmलिरहेको प्रदूषणका बारे कहिल्यै बोलेनौं, लेखेनौं । अहिले हरेक व्यक्तिमा बढेको लोभलालच, मोह तथा व्यक्तिगत स्वार्थ, सुख–सुविधा, भोगका कारण सिंगो मुलुककोे समाज प्रदूषित भइसकेको छ । आपूmलाई फाइदा हुने वा आफ्नो स्वार्थ पूरा हुने भो भने हामी आफ्नै श्रीमतीलाई पनि धोक्का दिन पछि पर्दैनौं ।
आफ्नै श्रीमान्लाई पनि गुमराहमा राख्न हिचकिचाउँदैनौं । वृद्ध बाबा–आमालाई सन्तानले वृद्धाश्रममा लगेर राख्ने कुरा त फेसनजस्तो भइसकेको छ भने आफ्नो सन्ततिको भविष्यको बारेमा समेत हामीलाई चिन्ता हुन छाडिसक्यो । यति भएपछि समाजले के भन्छ, कसलाई के मतलब ? देख्छु, मान्छे भौतिक सुखका लागि बिहानदेखि पैसाको पछि लागेको लाग्यै छन् । असल र राम्रा कुरामा हैन, सम्पत्तिमा प्रतिस्पर्धा हुन थालेको छ, चाहे त्यो धन–सम्पत्तिको आर्जन गलत धन्दाबाट नै किन नहोस् । धन–सम्पत्ति मात्र पाउन पाए हामीलाई आफ्नै इज्जत–प्रतिष्ठाको समेत कुनै मतलब नहुने भइसक्यो ।
यी त भए जनताका कुरा ! त्यागी बनेर मुलुक र जनताको सेवामा समर्पित हुनुपर्ने अधिकांश नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । आँखामा पट्टी बाँघेर न्याय–निसाफ दिनुपर्ने न्यायमूर्ति बिचौलियाको इशारामा न्याय–निसाफ दिन तम्सिन्छन् । सेनामा समेत भ्रष्टाचारका कुराहरु आइरहेका छन् । राष्ट्रको सेवक बनेर सेवाग्राहीको सेवा गर्नुपर्ने कर्मचारीहरुलाई २१ औं शताब्दीमा पनि सरकारले ‘म भ्रष्टाचार गर्दिनँ’ भनी किरिया ख्वाइरहनुपर्ने हो र ?
सबैतिरबाट पीडित भई आवाजविहीन बन्न पुगेकाहरुको आवाज बन्नुपर्ने पत्रकारितासमेत कि माफियाहरुको मुठ्ठीमा, कि राजनीतिक पार्टीको मुठ्ठीमा परिसकेको छ । अरु त अरु, यी सबैलाई खबरदारी गर्दै हिँड्नुपर्ने नेपाली समाज याने कि बहुमत जनता नै देशको झन्डा नबोकी, राजनीतिक पार्टीको झन्डा बोकी आफ्नो कर्तव्य बिर्सेर खाली अधिकार मात्र खोज्दै हिँड्छन् भने कसरी बन्छ नेपाल ?

GO TO HOME PAGE



Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक