20181212

प्रधानमन्त्रीलाई त उद्घाटन र फोटो मोह छ भने !

Image may contain: 6 people, people smiling
Image may contain: 11 people, people smiling, people standing and crowd





- नारायण गाउँले 
उद्घाटनमोहको एउटा उदाहरण हेर्नुहोस् !
- प्रधानमन्त्रीले केही दिनअघि विद्युतीय बसको तामझामसहित उद्घाटन गर्नुभो । थुप्रै मन्त्री, मेयर र नेता उद्घाटनका निम्ति थुप्रिए । अब विद्युतीय युग सुरु भएको उद्घोष गर्नुभो । घरघरमा ग्यास होइन, अब बिजुली चुल्हो बल्ने भाषण भयो । यस्तो लाग्यो, सरकार साँच्चिकै विद्युतीय युगमा अघि बढ्ने भो ।

तर न ती बस सडकमा चल्न थाले, न घरघरमा विजुली चुल्होका लागि अनुदान या अभियानको कुनै समाचार आयो । उद्घाटन  सकिएपछि ती बस ग्यारेजमा थन्किए । न त्यो बस सरकारले किनेको थियो, न काठमाडौंका लागि ती बस आएका थिए । इन्सुरेन्ससम्म नभएको र कुनै रुट परमिट पनि नबनेको बसको उद्घाटन भयो । कानुनत: त्यस्तो बस सार्वजनिक सड़कमा चलाउन नमिल्ने थियो । कहाँ चलाउने भन्ने पनि निर्क्योल नभएको अनि चार्ज स्टेशन र प्राविधिक टोलीजस्तो बेसिक पूर्वाधारसम्म नहुँदै एउटा बसको उद्घटान गर्न प्रधानमन्त्रीदेखि मन्त्री र मेयरसम्म किन हतारिएको र फुर्सदिलो देखिएको होला ? केही महिना पहिले गोबरग्यास उद्घाटन गर्न उहाँ जम्बो टोली लिएर पुग्नुभएको थियो र घरघरमा पाइपलाइनको भाषण दोहोऱ्याउनुभएको थियो । त्यो पनि बन्द भयो भन्ने सुनियो । ठीक त्यति नै बेलातिर चाइनिज राष्ट्रपतिले संसारकै लामो समुद्री पुलको उद्घटान गरे । त्यो नियमित चलिरहेछ । देशमा सयौं सांसद र स्थानीय जनप्रतिनिधि छन् । गोबरग्यास या बसको उद्घाटनका निम्ति प्रधानमन्त्री नै किन चाहिन्थ्यो र ?
के केही महिना पर्खेर, पूर्वाधार सम्पन्न गरेर र अब नियमित सञ्चालन हुन्छ भन्ने सुनिश्चित गरेर उद्घाटन गर्न मिल्दैन ? जम्मा बीस सिट क्षमताको एउटा बस उद्घाटन गर्न प्रम नै पुग्नुपर्छ ? त्यो पनि आफै बनाएको होइन, अर्कैले अर्कै संस्थालाई दिएको । त्यो पनि चल्ने-नचल्ने या कहाँ चल्ने भन्ने निश्चित नभएको । फेरि यो नयाँ विषय पनि होइन । विद्युतीय ट्याम्पु र ई-रिक्सा बर्सौंदेखि देशमा चलेकै छन् ।
मन्त्रीस्तरीय सुविधा र तलब खाने दर्जन जति सचिब र सल्लाहकार छन् । तिनले के सल्लाह दिँदा हुन् ? के प्रधानमन्त्रीले नै उद्घाटन गरिसकेपछि सामान्य कागजी प्रक्रिया एकदुई दिनमैं पूरा गरेर ती बस सड़कमा चलाउन मिल्दैनथ्यो ?
प्रधानमन्त्रीलाई त उद्घाटन र फोटो मोह छ भने केशव स्थापितले १२ सयको साइनबोर्ड उद्घाटन गर्न लाख खर्चिनु कुन ठूलो कुरो भो र ?
Image may contain: 3 people, people standing and text

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक